काठमाडौँबाट १०ः३३ मा उडेको एटीआर ७२ विमान अवतरण गर्ने क्रममा दुर्घटना भएको हो।
विमानमा आगो लागेको र उद्दार कार्य चलिरहेको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए।
पोखराको घारीपाटनमा रहेको सीताराम पुलमा विमान खसेको हो। प्रारम्भिक जानकारीअनुसार विमानमा ६८ यात्रु थिए। जमिनमा खसेपछि विमानमा आगो लागेको छ।
पन्ध्रौँ पञ्चवर्षीय योजना कार्यान्वयनको करिब तीन वर्ष बितिसकेको छ। सरकारले २०७६ फागुनमा यो आवधिक योजना लागू गरेको थियो।
आगलागी बारुणयन्त्र, प्रहरी तथा स्थानीयवासीको प्रयासमा करिब तीन घण्टापछि नियन्त्रणमा आएको थियो।
सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारू समुदायको नयाँ वर्ष अर्थात् माघीपर्व पर्दछ। यो पर्वलाई ठाउँअनुसार विभिन्न नाम पनि दिने गरिएको छ।
गत पुस २० गते गृहमन्त्रालयले मापदण्डविपरीतका क्रसर उद्योग बन्द गर्न निर्देशन दिएसँगै दाङका सबै क्रसर बन्द भएका छन्।
आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम तीन दशमलव आठ डिग्री र अधिकमत तापक्रम १९ दशमलव दुई डिग्री सेल्सियस रहेको छ।
श्रीमान्–श्रीमती मिलेर सञ्चालन गरेको कृषि फार्मको आम्दानी देखेर छिमेकीहरू पनि उनीहरूको सिको गर्न थालेका छन्।
संघीयतावाला संविधान लागू भएको ७ वर्षसम्म त राम्रोसँग संक्रमणकाल व्यवस्थापन गर्न नसकेका हामीले प्रदेश संरचना पूर्णतया हटाउने वा स्वरूपमा अत्यधिक परिवर्तन गर्न खोज्दा अर्को संक्रमणकालको जोखिममा छिर्छौं।
कृतिमा ३० वर्षमा २८ सरकार गठन र विघटनसम्बन्धी प्रमुख राजनीतिक घटनाको नालीबेली समेटिएको छ।
प्रधानमन्त्रीलाई विश्वासको मत दिएर कांग्रेसले सत्तागठबन्धनभित्र खेल्न खोजेको निर्क्योलमा पुगेको गठबन्धनको प्रमुख घटक एमाले त्यसबाट सशंकित मात्र छैन, नेताहरूका भनाइमा ‘सचेत’ पनि बनेको छ।
पुलिससँग उपाधि भेट पक्का गर्ने क्रममा न्यु डायमन्डले त्रिभुवन आर्मी क्लबविरुद्ध उत्कृष्ट पुनरागमन गर्दै ३–१ को सेटमा जित निकालेको थियो।
गृहमन्त्री रवि लामिछानेले निर्मला कुर्मी र नकुन्नी धोबीको घटनाबारे सत्यतथ्य छानबिन हुने, त्यसमा कैफियत देखिए पदबाट राजीनामा दिन तयार रहेको बताएका छन्।
गठबन्धनका उम्मेदवार धिताललाई नेकपा एमालेका २१, माओवादी केन्द्रका आठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र स्वतन्त्र एक प्रदेशसभा सदस्यको साथ रहेको थियो।
कांग्रेस महामन्त्री गगन थापाले मंसिर ४ गतेको निर्वाचनपछि नेपाली राजनीति पूर्वप्रधानमन्त्रीहरू एकले अर्कोलाई छक्क्याउने, ढाल्ने विषयमा मात्रै केन्द्रित भएको बताए।
जापानको सत्तारूढ दल ‘लिबरल डेमोक्राटिक’का सांसद ताईरा मासाकीसँगको भेटमा प्रधानमन्त्री दाहालले जापानी व्यवसायीलाई नेपालमा लगानी गर्न आउने गरी वातावरण तयार गरिदिन आग्रह गरेका छन्।
शिवपुरी राष्ट्रिय निकुञ्जमा पर्ने हिले भञ्ज्याङमा शिव चिया बेच्छन्। यहाँबाट चिसापानी, धाप ड्याम, हैबुङ, नगरकोट र मुलखर्क जाने फरक–फरक बाटा छन्। पैदलयात्रा गर्ने प्रायले उनलाई बाटो सोधेकै हुन्छन्।
अकबरीमाथि लगाइएको आरोप र मृत्युदण्डको सजायलाई अमेरिकाले ‘राजनीतिक रूपमा प्रेरित’ भन्दै हिरासतमा यातना दिएर आरोप स्वीकार गर्न बाध्य पारिएका खबरले चिन्तित तुल्याएको बताएको छ।