बाँठपाला आधारभूत विद्यालय ३५ वर्षअघि स्थापना भएको हो। स्थापनाकालका १० विद्यार्थीमध्ये वीरबहादुर सार्की र मोती सार्कीले एसएलसी पास गरेका थिए। अहिले दुवै जना सरकारी सेवामा आबद्ध छन्।
पीएसजीका लागि पाँचौँ मिनेटमा इकिटिकेले गोल गरे। ७२औँ मिनेटमा लियोनल मेसीले गोल गर्दै अग्रता दोब्बर पारे।
चिसोले खेतमा लगाएको हिउँदे बाली, दलहन, तेलहन र तरकारी कुहिन थालेको जलेश्वरका स्थानीय किसान राजेश सदाले बताए।
सभामुखका लागि सत्ता गठबन्धनबाट माओवादीका भीमबहादुर भण्डारी र कांग्रेसका मानबहादुर रावलको उम्मेदवारी छ।
कतिपय राजनीतिक दलका नेताहरू निजी स्कुल र कलेजमा लगानीकर्ता छन्। आफ्नो लगानी सुरक्षित बनाउने विषय नै उनीहरूको पहिलो प्राथमिकतामा पर्छ।
हिमपात, बाक्लो हुस्सु तथा कुहिरोले जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको आग्रह छ।
सरकारले विश्वासको मत पाएछि सत्तासाझेदार दलहरूले मन्त्रिपरिषद्लाई पूर्णता दिने गृहकार्य शुरू गरेका छन्।
सूर्यकुमारले आफ्नो टी-२० आई फर्मलाई अहिल्यकै लयमा राखे उनी एकदिवसीयमा पनि भारतको म्याचविनर बन्न सक्ने गम्भीर बताउँछन्।
हरि नामक पात्र कसरी ह्यारी बन्छ र जीवनको सपना पूरा गर्छ भन्ने संघर्षलाई फिल्ममा देखाइएको निर्देशक डा. कपिल रिजालले बताए।
शक्ति र अपराधका आडमा सञ्चालन भइरहेका र दशकौँदेखि व्यवस्थित हुन नसकेका अवैध क्रसर उद्योगमा हात हालेर गृहमन्त्री लामिछानेले आफूलाई अग्निपरीक्षामा उतारेका छन्।
मास्टर्स डिग्री नै झण्डै १८ उपलब्ध गराउन सक्ने ठाउँ काठमाडौंबाहेक नेपालमा अन्यत्र कहीँ छ भने त्यो पोखरा नै हो।
अमेरिकी वायुसेवा कम्पनीहरूले एफएएको कम्प्युटरमा आएको प्राविधिक समस्यापछि उडानमा ढिलाइ भएको सूचना जारी गरेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत पाएसँगै सत्तारूढ गठबन्धनको ध्यान मन्त्रिपरिषद् विस्तारतर्फ सोझिएको छ।
बालोन डी’ओर उपाधिका लागि दुई फुटबल स्टार मेस्सी र एम्बाप्पेबीच प्रतिस्पर्धा भइरहेको छ। विश्वकप र पीएसजीमा गरेको प्रदर्शनका कारण दुवै उपाधिको दौडमा छन्।
विश्व बैंकको अघिल्लो प्रक्षेपणको तुलनामा नयाँ प्रक्षेपणले नेपालको मात्र नभई विश्व आर्थिक वृद्धिदरमा समेत संकुचन आउने देखाएको छ।
सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले प्रदेशको मुख्यमन्त्री पदमा एमालेका राजेन्द्रसिंह रावललाई नियुक्त गरेका छन्।
कर्णाली प्रदेश प्रमुख तिलक परियारले माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलका नेता राजकुमार शर्मालाई मुख्यमन्त्री पदमा नियुक्त गरेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रको प्रगति र योगदान आवश्यक भएको बताएका छन्।
नेपालमा क्रिकेटको विकास र विस्तारको सपनासहित शुरू भएको नेपाल टी-२० लिग विवादैविवादमा सकिएको छ।
नवलपुरतर्फको चितवन राष्ट्रिय निकुञ्ज र नारायणी नदी तथा सिमसार क्षेत्रमा चार समूह बनाएर चरा गणना गरिएको थियो।