स्थानीयले मानवबस्ती नजिक निर्माण हुन लागेको सबस्टेसनले बस्ती नै जोखिममा पर्नसक्ने भन्दै विरोध थालेका हुन्। तर प्राधिकरणले सबस्टेसन बनाउँदा बस्तीलाई कुनै जोखिम नहुने जनाएको छ।
नेकपा एकीकृत समाजवादी पूर्व एमाले नेता घनश्याम भुसाललाई पार्टीमा सहभागी भएर कम्युनिस्ट आन्दोलन पुनर्गठनको सारथि भइदिन आग्रह गरेको छ।
साझा प्रकाशनले पुस १७ गतेदेखि साझा प्रकाशनको केन्द्रीय कार्यालय पुल्चोक र देशभरका साझा बिक्री कक्षहरूमा बृहत पुस्तक प्रदर्शनी गरिरहेको छ।
सत्तासाझेदार दलको बैठकअघि प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष ओलीबीच मन्त्रालयको भागबन्डा लगायतका विषयमा छलफल भएको छ।
बिहीबार नेप्से परिसूचक ४१.०४ अंकले घटेर २ हजार १ सय ४९ दशमलव ३९ अंकमा ओर्लिएको छ।
भारतीय अभिनेत्री फेसन रनवे शोमा सहभागी हुने मलाइका अरोरा काठमाडौँमा आइपुगेकी छन्।
थापाथलीस्थित बागमती नदी किनारका सुकुमबासीहरूले सरकारले अन्यत्र बसोबासको विकल्प दिए अहिलेको स्थान छाड्न तयार रहेको बताएका छन्।
अमेरिकाको सबैभन्दा बढी जनसंख्या रहेको राज्य क्यालिफोर्नियामा आँधीका कारण १७ जनाको ज्यान गएको र केही भौतिक संरचनामा क्षति पुगेको बताइएको छ।
लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री लीला गिरीसहित दुई बिनाविभागीय मन्त्रीले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन्।
प्रहरी प्रधान कार्यालयले सातवटै प्रदेशका प्रहरी प्रमुखको अर्को आदेश नभएसम्मका लागि काज सरुवा गरिएको जनाएको छ।
हालै प्रकाशनमा आएको राजकुमार ह्यारीको आत्मकथा ‘स्पेयर’मा उनले व्यक्तिगत तथा बेलायती राजपरिवारबारे अनेकौँ खुलासा गरेका छन्।
हालै प्रकाशनमा आएको राजकुमार ह्यारीको आत्मकथा ‘स्पेयर’मा उनले व्यक्तिगत र बेलायती राजपरिवारबारे अनेकौँ खुलासा गरेका छन्।
अस्ट्रेलियाले तालिबान सरकारले शिक्षा, खेलकुद लगायतका क्षेत्रमा महिलालाई लगाएको प्रतिबन्धको विरोध गर्दै एकदिवसीय शृंखला नखेल्ने निर्णय गरेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि जर्मन राजदूत थोमस प्रिन्सबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भेटवार्ता भएको छ।
निजामती सेवामा रहेर २०७१ सालमा सेवा निवृत्त भएका डा. बद्री पोखरेलले १० वर्ष लगाएर १८ वटै पुराणको नेपाली भाषामा अध्यायगत सारांश लेखेर प्रकाशित गरेका छन्।
सरकारी जग्गा गैरकानूनी रूपमा बिक्री गर्ने तत्कालीन बाँसबारी छाला तथा जुत्ता कारखाना सञ्चालक समिति, अर्थ मन्त्रालयका कर्मचारी र जग्गा कब्जा गरी सेयरसमेत हत्याउने चौधरी ग्रुपलाई पनि दण्डित गर्नुपर्छ।
बिहीबार छापावाल सुन प्रतिताेला १ लाख ३ हजार ४०० र तेजाबी सुन १ लाख २ हजार ९०० रुपैयाँमा काराेबार भइरहेकाे छ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्रीहरूले बिहीबार शपथ लिने भएका छन्।
प्रदेश १ को सभामुखमा माओवादीका बाबुराम गौतमको मात्रै उम्मेदवारी परेकाले प्रदेशसभा बैठकले निर्विरोध निर्वाचित भएको घोषणा गरेको छ।
भेटी, महायज्ञबाट संकलन तथा तीर्थयात्रीले दिएको दानबाट पछिल्लो १२ वर्षमा १० करोड रुपैयाँ लागतमा विभिन्न पूर्वाधार निर्माण भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ।