घरनजिकै खाल्डोमा पुरिएको अवस्थामा रहेको शव उत्खनन गरेर निकालिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कुसुमबहादुर नायकले जानकारी दिए।
प्रदेश १ को उपसभामुखमा नेकपा एमालेकी सिर्जना दनुवार निर्वाचित भएकी छन्। उनको पक्षमा ५७ विपक्षमा ३३ मत परेको छ।
एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले शुक्रबार पार्टीमा समाहित भएका घनश्याम भुसाललाई सचिवालय सदस्य मनोनीत गर्ने निर्णय भएको बताए।
दुई नेताबीच प्रधानमन्त्रीलाई दिएको विश्वासको मत, सभामुख र राष्ट्रपति निर्वाचन लगायत विषयमा छलफल भएको छ।
सिन्धुलीबाट पहिलोपल्ट जनकपुर आउँदा समथल मधेश देख्दा 'पहाड नभएको पनि ठाउँ हुँदो रहेछ' भन्दै अचम्भित भएको मलाई पारि किनारा नदेखिने जलाशय पनि हुँदो रहेछ भन्ने कुराले बेग्लै रोमाञ्चकता दियो।
काठमाडौँ महानगरले दुई वटा गाडीलाई मर्मत गरेर भौतिक पूर्वाधार एम्बुलेन्स सञ्चालनमा ल्याएको थियो। शुरूमा दुवैलाई काम भ्याउन मुस्किल थियो। अहिले एउटा बिग्रिएको छ। भएको एउटाले पनि काम पाउन सकेको छैन।
देवघाटको बेनीमा बिहान बाँसको लिङ्गो ठड्याएर माघे सङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा शनिबार बिहान भएको भेटमा मन्त्रीपरिषद् विस्तार, सभामुखको निर्वाचनलगायत विषयमा छलफल भएको छ।
‘नन–जेरो–सम गेम’ अवसरवादीहरूको खेल हो। किनभने प्रतिस्पर्धी समूहहरू परस्पर अन्तर्विरोधी र परिपुरकीय दुवै खालका स्वार्थहरूबाट निर्देशित हुन्छन्।
कञ्चनपुरका पूरणसिंह धामी रोजगारीको सिलसिलामा भारतमा रहेका बेला दुर्घटनामा परे। आफै हिँडडुल गर्न नसक्ने भए। त्यसपछि नेपाल फर्किएका उनले गाउँमै ‘सुदूरपश्चिम मसला उद्योग’ खोलेका छन्।
त्रिवि शिक्षण अस्पतालमा अहिलेसम्म गरिएका सबै कलेजो प्रत्यारोपण सफल भएका छन्।
भक्तपुरको थिमिस्थित गणेश चाकु वासमा माघे सङ्क्रान्तिका बेला दैनिक २०० किलोसम्म चाकु बिक्री हुने गरेको छ। भारत, अमेरिका, जापानलगायतका देशबाट पनि चाकुको माग आउन थालेको सञ्चालक सुदीप श्रेष्ठले बताए।
आलेखको शीर्षक हेरेरै तपाईं मलाई ‘तिमी चाहिँ किन बन्न नसकेको त पी साइनाथ?’ भन्न सक्नुहुन्छ। यो प्रश्न सोध्ने तपाईंको हकको म सम्मान गर्छु। तर दुर्भाग्य, यो प्रश्न आयो भने त्यसको जवाफ मसँग हुने छैन।
दिउँसो कर्णाली, गण्डकी र प्रदेश १ का पहाडी भागमा आंशिक बदली रहने छ। तर, हिमपात हुने सम्भावना भने नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
प्रहरीका अनुसार आगलागीबाट एउटा घर जलेर पूर्ण रूपमा नष्ट भएको छ। अन्य चार घरमा आंशिक क्षति भएको छ।
अर्थमन्त्री विष्णु पौडेलले सरकारले व्यवसायीको माग र सुझावलाई तत्काल समाधान गर्न नसके पनि छलफल र संवादका माध्यमबाट बिस्तारै सम्बोधन गर्ने प्रतिबद्धता जनाए।
प्रस्तावको पक्षमा ५९ मत परेको थियो। प्रस्तावको विपक्षमा नेपाली कांग्रेसका २८ र नेकपा एकीकृत समाजवादीको चार गरी ३२ मत परेको थियो। कांग्रेसका प्रदेशसभा सदस्य प्रदीप सुनुवार अनुपस्थित थिए।
युक्रेनले रुसी दाबीलाई अस्वीकार गर्दै युद्धको केन्द्रबिन्दु बनेको सोलेदार शहरमा ‘गम्भीर संघर्ष’ जारी रहेको बताएको छ।
गण्डकी प्रदेशको सभामुख चयनका लागि प्रदेशसभाको बैठक शनिबार अपराह्न ३ बजे बोलाइएको छ।
कतिले ‘एउटै घरबाट चार वटा ठेला निस्कन्छ, त्यसकारण ठेला बन्द गर्नुपर्छ’ भन्छन्। बेरोजगार भएरै सिंगो परिवार घामपानी र धुलो सहेर सडकमा ठेला ठेल्न आइपुग्छन्। अन्य कामको अवसर नभएरै नाङ्लो पसल खोल्ने हो।