यस्ता अनुभव आदान प्रदान कार्यक्रमहरूले मित्रराष्ट्रका सेनाबीच रही आएको सैनिक सम्बन्ध अझ प्रगाढ हुने सेनाले विश्वास लिएको छ।
उनीहरूले एनपीएलमा सहभागी खेलाडीलाई स्पोन्सर गर्छाैँ भन्दै ह्वाट्सएप र इन्स्टाग्राममार्फत सम्पर्क गरी खेलको हारजित प्रभावित पार्न आर्थिक प्रलोभन देखाउने गरेका प्रहरीले जनाएको छ।
मतदातामा पुरानाहरू प्रति आक्रोश हेर्दा नयाँहरू मिलेर चुनावमा गए कम्तीमा आसन्न चुनावमा चाहिँ बिहारमा पीकेले पाएको भन्दा उल्टो नतिजा नयाँहरूको हात लाग्नसक्छ। धूल चटाइ पुरानाहरूको हुनसक्छ।
आज नेप्से परिसूचक ४.९८ अंकले घटेर २,५६१.०८ को बिन्दुमा कायम भएको हो।
डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार १४ महिनामा काम सम्पन्न गर्नेगरी पुनः ठेक्का आह्वान गरी निर्माण कम्पनीसँग सम्झौता गरिएको हो।
स्थानीयले दुई जिल्लाको सीमा ढाँडेस्थित सडकमा बसेर फोहर विसर्जन गर्न पुगेका गाडीलाई प्रवेश नदिई अवरोध जारी राखेका छन्।
आँखा शिविरमा १ हजार ६०० भन्दा बढीले परीक्षण तथा उपचार सेवा पाएका छन्। तीमध्ये २०५ जनाको मोतियाबिन्दु र चार जनाको साधारण शल्यक्रिया गरिएको हो।
एमाले महासचिव शंकर पोखरेल, पोलिटब्युरो सदस्य तथा युवा संघ इन्चार्ज महेश बस्नेतलगायत नेता सिमरा आउन लागेको थाहा पाएपछि जेन–जीको समूह उनीहरूलाई रोक्न विमानस्थल पुगेको थियो।
डा. अभिषेक राज सिंह संयोजक रहेको कार्यदलमा डा. घनश्याम पाण्डे सदस्य र खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्रका प्रशासकीय अधिकृत दोवे तामाङ सचिव रहेका छन्।
वर्षभरि जात्रा र बाजाले गुञ्जायमान हुने ललितपुर महानगरलाई युनेस्कोले ‘युनेस्को रचनात्मक सांगीतिक शहर’का रूपमा पहिचान गरेको छ। युनेस्को रचनात्मक सांगीतिक शहर के हो र महानगरको योजना कस्तो छ?
विनियोजित बजेटमध्ये सबैभन्दा बढी प्रदेशसभा सचिवालयले २७ प्रतिशत र कम संस्कृति तथा पर्यटन मन्त्रालयले १.१४ प्रतिशत बजेट खर्च गरेको छ।
आगलागीबाट स्थानीय विष्णुप्रसाद साँवा, राजकुमार साँवा, अनिल साँवा र इन्द्रकुमार साँवाको घर जलेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईंले जानकारी दिए।
शिक्षामा एआई समावेश गर्ने विषय बृहत् र जटिल छ। शिक्षण–सिकाइको हरेक तहमा एआई उपयोगी भए पनि यसको संरचना, घटक, कार्यक्षमता र उद्देश्य बुझ्नुपर्ने आवश्यकता झनै बढेको छ।
सुदूरपश्चिममा साल्ट ट्रडिङ कर्पोरेसनले ३० प्रतिशत र कृषि सामग्री केन्द्र लिमिटेड धनगढीले ७० प्रतिशत मल वितरण गर्दै आएका छन्। तर, दुवै निकायबाट किसानले पर्याप्त मल पाउन सकेका छैनन्।
दिउँसो कोशी, बागमती, गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिक बदली रहनेछ।
नापी कार्यालय वीरगन्जमा कार्यरत सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्याय एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्।
अदालतले नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्ने प्रक्रियामा अवलम्बन गरिने संसदीय प्रक्रियाको मूल्यमान्यताविपरीत कुनै पनि कार्य नगर्नसमेत भनेको छ।
एनपीएलको तेस्रो खेलमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई ५३ रनको अन्तरले पराजित गरेको छ।
छिटो राहदानी बनाइदिने भन्दै विश्वासमा पारी अतिरिक्त रकम असुल्ने र हैरानी दिने तथा कर्मचारीको कामकाजमा समेत अवरोध पुर्याएको भन्दै प्रहरीले आठ जना विचौलियालाई पक्राउ गरेको छ।
गोरखामा खेत जोत्ने क्रममा ट्र्याक्टर दुर्घटना एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।