AnonymousUser

Logout

देशका हिमाली र पहाडी भूभागमा वर्षाको सम्मभावना, तराईमा तातो दिन हुने

नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

एल निनोले फरक–फरक संकट निम्त्याउने डब्लूएमओको प्रक्षेपण

उष्णकटिबन्धीय प्रशान्त क्षेत्रमा उत्पन्न हुने प्राकृतिक वातावरणीय चक्र एल निनोले विश्वव्यापी रूपमा भिन्न–भिन्न प्रभाव पार्ने प्रक्षेपण गर्दै डब्लूएमओले कुनै पनि देशलाई यसको सम्भावित गम्भीरता नजरअन्दाज नगर्न र समयमै पूर्वतयारी अपनाउन अपिल गरेको छ।

स्वर्णिम सकस

प्रधानमन्त्री कार्यालयमै बजेट मस्यौदा भइरहेको भन्ने हल्ला निराधारै देखिए पनि बन्द रहेका सरकारी कारखाना सञ्चालन गर्न प्रधानमन्त्रीमा कायम हुटहुटी शमन गर्न अर्थमन्त्रीलाई सजिलो थिएन।

वीरगन्ज महानगर प्रमुख सिंहलाई धरौटीमा रिहा गर्न आदेश

पर्सा जिल्ला अदालतले वीरगन्ज महानगर प्रमुख राजेशमान सिंहलाई कुल ४ लाख १५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।

नेप्से परिसूचक २२.२१ अंकले बढ्यो, ५ अर्ब २६ करोडको कारोबार

आइतबार नेप्से परिसूचक २२.२१ अंकले बढेर २७७७ को विन्दुमा पुगेको छ भने ५ अर्ब २६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

विपक्षीको लगातार अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिलाई लिएर प्रतिपक्षी दलहरूले संसदमा लगातार विरोध र अवरोध गरेपछि प्रतिनिधिसभाको बैठक कार्यसूचीमै प्रवेश नगरी आगामी सोमबारसम्मका लागि स्थगित भएको छ।

बढ्यो सुनचाँदीको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला चार सय रूपैयाँ बढेको हो।

देशका हिमाली र पहाडी भूभागमा वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी र सुदूरपश्चिम प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल तथा बाँकी भूभागमा आंशिक बादल लागेको छ।

सदनको साख खस्काइरहेका सभामुख

औपचारिक रूपमा दलीय आबद्धता त्यागेका सभामुख डीपी अर्यालले सदनभित्र अंगालेको ‘सत्तापक्षलाई सघाउने, विपक्षीलाई पेल्ने नीति’ले उनी रास्वपा उपसभापतिको धङधङीमै रहेको देखाउँछ।

महानगरमा ६ हजार सहकारी बचतकर्ताको उजुरी, पौने ५ अर्ब फिर्ता गर्न माग

सहकारीहरूमा रकम डुबेपछि काठमाडौँ महानगरपालिकामा ६ हजारभन्दा बढी साना तथा ठूला बचतकर्ताले झन्डै पौने ५ अर्ब रुपैयाँ फिर्ता गराइदिन माग गर्दै उजुरी दिएका छन्।

अमर्यादित व्यवहार गर्ने सांसदमाथि छानबिन गर्न समिति गठन

आइतबारको बैठकमा सांसदहरूले अमर्यादित व्यवहार गर्दै भौतिक क्षति पुर्‍याएपछि सभामुखले सचिव प्रकाश अधिकारीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ।

स्विडेन सरकारले भन्यो– बालबालिकासँग हुँदा फोन टाढा राख्नू

आमाबाबुको मोबाइल प्रयोगले बालबालिकाको व्यवहार र पारिवारिक सम्बन्धमा असर पार्ने भन्दै स्विडेनको जनस्वास्थ्य एजेन्सीले बच्चासँग हुँदा फोन टाढा राख्न नयाँ मार्गनिर्देशन जारी गरेको छ।

पाणिनि तपोभूमिलाई ‘रण-अम्बिका सेवा पुरस्कार’

अर्घाखाँचीको पाणिनि तपोभूमि व्यवस्थापन समितिलाई नगद एक लाख ११ हजार १११ राशिको ‘रण-अम्बिका सेवा पुरस्कार’ प्रदान गरिएको छ।

कार्यसूचीमै प्रवेश नगरी राष्ट्रियसभा बैठक मंगलबारसम्म स्थगित

प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले दिएको अभिव्यक्तिप्रति सांसदहरूले विरोध जनाउँदै अवरोध गरेपछि राष्ट्रियसभाको सोमबारको दोस्रो बैठक कार्यसूचीमै प्रवेश नगरी मंगलबारसम्मका लागि स्थगित भएको छ।

नेप्से परिसूचक २६ अंकले घट्यो

नेप्से परिसूचक २६.७२ अङ्कले घटेर २७५५.३७ को बिन्दुमा सीमित हुँदा पाँच अर्ब ६१ करोड रुपैयाँको शेयर कारोबार भएको छ।

बालगृहका बालिकाहरूको सहयोगार्थ लन्डन–पेरिस साइकल यात्रा

धुलिखेलस्थित बालगृहका बालिकाहरूको सहयोगार्थ नेपाल साइकल क्लब यूकेले आगामी जुन ५ देखि लन्डन–पेरिस परोपकारी साइकल यात्रा आयोजना गर्ने भएको छ।

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला दुई सय रुपैयाँले घटेको हो।

कस्तो रहला आजको मौसम?

नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक रहेको न्यून चापीय रेखाको प्रभाव रहेको छ।

नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनलमा

साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले श्रीलङ्कालाई पराजित गर्दै समूह विजेताका रूपमा सेमिफाइनलमा प्रवेश गरेको छ।

संगीतकार क्षितिज कुलुङको 'म्युजिक एजुकेसन बुक' विमोचन

संगीतकार क्षितिज कुलुङद्वारा लिखित 'म्युजिक एजुकेसन बुक' नामक पुस्तक सार्वजनिक भएको छ।