भेनेजुएलामा गएको विनाशकारी भूकम्पका कारण दशौँ हजार नागरिक सुरक्षित आश्रयस्थलविहीन भएको संयुक्त राष्ट्रसंघीय सहायता एजेन्सीहरूले जनाएका छन्।
भेनेजुएलामा गएका दुईवटा विनाशकारी भूकम्पका कारण दशौँ हजार नागरिक सुरक्षित आश्रयस्थलविहीन भएको संयुक्त राष्ट्रसंघीय सहायता एजेन्सीहरूले पुष्टि गरेका छन्।
संयुक्त राष्ट्रसंघीय शरणार्थी एजेन्सी (यूएनएचसीआर)ले विज्ञप्ति जारी गरी दिनप्रतिदिन मृतकको संख्या बढ्दै गएको उल्लेख गरेको छ। अधिकारीहरूका अनुसार हालसम्म लगभग दुई हजार जनाको मृत्यु भएको पुष्टि भएको छ भने छ हजार ४०० भन्दा बढी मानिसलाई सुरक्षित उद्धार गरिएको छ।
युएनएचसीआरका अनुसार संयुक्त राष्ट्रसंघीय एजेन्सीहरूले प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यलाई निरन्तरता दिएका छन्। संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) ले एक लाख मानिसका लागि तीन महिना पुग्ने गरी पर्याप्त राहत सामग्री आपूर्ति गरेको छ भने युएनएचसीआरले विस्थापितहरूलाई आश्रय प्रदान गरेको छ।
मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसङ्घीय कार्यालय (ओसिएचए)ले प्रभावित क्षेत्रमा खटिएका दर्जनौँ अन्तर्राष्ट्रिय खोजी तथा उद्धार टोलीहरूसँग समन्वय गरिरहेको छ। त्यस्तै, संयुक्त राष्ट्रसंघीय विपद् मूल्याङ्कन तथा समन्वय टोली (यूएनडिएसी) ले सबैभन्दा बढी प्रभावित समुदायहरूमा तत्काल आवश्यक पर्ने सामग्रीहरूको आकलन गरिरहेको छ।
संयुक्त राष्ट्रसङ्घका अनुसार भूकम्पले अस्पतालहरूका साथै ४०० भन्दा बढी विद्यालय र खानेपानी सञ्जालका संरचनासहित एक हजारभन्दा बढी भवनहरू क्षतिग्रस्त वा पूर्ण रूपमा नष्ट पारेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
