AnonymousUser

Logout

सरकारले ल्यायो २१ खर्ब २४ अर्बको बजेट

सरकारले चालु आर्थिक वर्षको संशोधित अनुमानको तुलनामा २५ प्रतिशतले आकार बढाएर आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नयाँ बजेट विनियोजन गरेको छ।

नेपाललाई क्षेत्रीय टेक हब बनाइने, एआई कम्प्युटर केन्द्र स्थापना गरिने

सरकारले एआई, स्वच्छ ऊर्जा, डिजिटल पूर्वाधार तथा वित्तीय क्षेत्र सुधारलाई प्राथमिकतामा राख्दै नेपाललाई क्षेत्रीय प्रविधि हबका रूपमा विकास गर्ने रणनीतिक योजना अघि सारेको छ।

भ्याटमा बहुदर प्रणालीको सान्दर्भिकताबारे अध्ययन गर्न समिति गठन गरिने

कर्मचारीतन्त्रलाई उच्च कार्यसम्पादनयुक्त, कुशल र जबाफदेही बनाउने उद्देश्यले निजामती, जंगी, प्रहरी तथा शिक्षक सेवाका सुविधा सम्मानजनक रूपमा निरन्तर वृद्धि गर्ने प्रतिबद्धता सरकारले व्यक्त गरेको छ।

बजेटमा मध्यम वर्गलाई राहत, आयकरको सीमा १० लाख पुर्‍याइयो

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थतन्त्रलाई गतिशील बनाउने उद्देश्यका साथ करका दरमा बृहत् पुनरावलोकन गरिएको बताएका छन्।

बढ्यो सुनचाँदीको मूल्य

नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।

देशका धेरै स्थानमा वर्षाको सम्भावना, तराई र पहाडी भूभागमा हावाहुरी चल्न सक्ने

कोशी प्रदेशका केही स्थान तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा भइरहेको छ।

पर्यटकको दैनिक औसत खर्च १९ प्रतिशतले घट्यो

नेपाल भ्रमणमा आउने पर्यटकको संख्यामा सामान्य वृद्धि भए पनि उनीहरूको दैनिक औसत खर्च गत वर्षको तुलनामा १९ प्रतिशतले घटेको छ।

अन्तर्राष्ट्रिय बजारमा बढ्यो तेलको मूल्य, एशियाली शेयर बजारमा गिरावट

इरानमाथि अमेरिकाको नयाँ सैन्य कारबाहीपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ भने एशियाली शेयर बजारमा गिरावट देखिएको छ।

बसाइँसराइले पहाड र हिमाली क्षेत्रमा पूर्वाधार लागत बढ्यो

ग्रामीण क्षेत्रबाट शहरतर्फ बढ्दो बसाइँसराइले गर्दा पहाड र हिमाली क्षेत्रमा पूर्वाधार निर्माणको प्रतिव्यक्ति लागत बढ्दा तराईमा भने थप लगानीको आवश्यकता देखिएको आर्थिक सर्वेक्षण २०८२/८३ ले औँल्याएको छ ।

मानवअधिकार आयोगको प्रतिवेदन: केपी ओलीसहित उच्च अधिकारीलाई कारबाही गर्न आयोगको सिफारिस

राष्ट्रिय मानव अधिकार आयोगले जेनजी' आन्दोलनमा भएको मानव अधिकार उल्लंघनको घटनामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसहित उच्च राजनीतिक र प्रशासनिक नेतृत्वलाई दोषी ठहर गरेको छ।

नेपाली महिला क्रिकेट टोलीले आज इन्डोनेसियासँग खेल्दै

नेपाली महिला क्रिकेट टोलीले एसियन गेम्स महिला क्रिकेट छनोटअन्तर्गत आज इन्डोनेसियासँग खेल्दैछ।

यस्तो रहनेछ आजको मौसम

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहेको छ।

कुल राजस्वमा संघ सरकारको हिस्सा ९२ प्रतिशत

सरकारले वार्षिक रूपमा संकलन गर्ने राजस्वको ठूलो अंश संघ सरकारबाट उठ्ने गरेको देखिएको छ।

एसियन गेम्स छनोटमा चीनविरुद्ध नेपालको जित

क्वालालम्पुरमा सम्पन्न खेलमा नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १०६ रन मात्रै बनाउन सक्यो।

एसियन गेम्स छनोट : नेपाली महिला टोलीले आज चीनसँग खेल्दै

नेपाली महिला क्रिकेट टोलीले एसियन गेम्स महिला क्रिकेट छनोटअन्तर्गत आज चीनसँग खेल्दैछ।

यी प्रदेशमा आज वर्षाको सम्भावना

सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा तातो दिनको अवस्था रहने अनुमान गरिएको छ।

हिरासतमा थुनुवा मृत्यु प्रकरण: प्रहरी उपरीक्षकसहित १० जनालाई कारबाही सिफारिस

सिन्धुलीको खुर्कोट हिरासत कक्षमा एक थुनुवाको मृत्यु भएको घटनाको छानबिन गर्न गठित समितिले प्रहरी उपरीक्षकदेखि जवानसम्म १० जनालाई कारबाही गर्न सिफारिस गरेको छ।

बेनी–जोमसोम सडक खण्ड पहिरोले अवरुद्ध

मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा पहिरो खस्दा यातायात प्रभावित भएको छ भने बीचमा फसेका यात्रुहरूलाई सुरक्षित स्थानमा सारिएको छ।

अमेरिकी सैन्य कारबाहीले इरान सम्झौता वार्तामा थप्यो जटिलता

इरानसँगको सम्भावित सहमतिको स्वरूप र सर्तहरू अझै अस्पष्ट रहेकै बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भविष्यमा इरान स्वयं पनि 'अब्राहम सम्झौता' मा सहभागी हुन सक्ने सम्भावना औँल्याएका छन्।

नेप्से परिसूचक ९.२४ अंकले घट्यो, चार अर्ब ८५ करोडको कारोबार

मंगलबार नेप्से परिसूचक ९.२४ अंकले ओरालो लागेर दुई हजार ७७७.१० को विन्दुमा कायम भएको छ।