सोनाम ल्होछारका अवसरमा आइतबार नेपाल तामाङ घेदुङलगायत संस्थाले काठमाडौँको टुँडिखेलसहित देशभर विविध कार्यक्रम आयोजना गरेका छन्।
मकाउमा विश्वभरबाट जुवा खेल्नका लागि धनाढ्य र सौखिनहरू पुग्ने गरेका छन्। तर कोरोना महामारीका कारण क्यासिनो उद्योग निकै प्रभावित भएको छ।
“दूधको बजार धेरै राम्रो छ। तर, उत्पादन बढ्न सकेको छैन”, गुल्मीकी शारदा भुसाल भन्छिन्, “पालिकाले यसमा ध्यान दिनुपर्छ।”
पछिल्लो एक हप्तायता खुम्बुको तापक्रम घटेर माइनस १० डिग्री सेल्सियससम्म पुग्ने गरेको छ।
सुर्खेतको छिन्चुबाट वीरेन्द्रनगरतर्फ आउँदै गरेको हाईलक्स आइतबार बिहान साढे २ बजे रत्न राजमार्गको भेरी पुलनजिक दुर्घटनामा परेको छ।
राजनीतिमा वाद र दर्शन आवश्यक हुन्छ भन्ने ज्ञान प्राप्तिका लागि करिब १५ वर्ष लाग्यो।
तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा र लेप्चा जातिहरूले आआफ्नै शैली र परम्पराअनुसार सोनाम ल्होछार मनाउने गर्छन्।
गृहमन्त्री रवि लामिछानेले गठबन्धनबाट सहमति भएमा उपप्रधानमन्त्री हटाउन तयार रहेको बताएका छन्।
उपसभामुख रानामगरले संविधानले दिएको अधिकारभित्र रहेर संसद्को कामलाई प्रभावकारी, मर्यादित र सुसंस्कृत बनाउन आफूले पहल गर्ने बताएकी छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले तिलगंगा आँखा केन्द्रलाई मानिक विश्वविद्यालयको रूपमा विकास गर्न प्रतिबद्धता जनाएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले भक्तपुरको कमलबिनायकस्थित बिजुक्छेँ निवासमा पुगेर नारायणमान बिजुक्छेँसँग भेटवार्ता गरेकी छन्।
नयाँ सडक र पिपलबोटसँग जोडिएको साहित्यिक, राजनीतिक, सामाजिकलगायत विविध प्रसंगको रोचक इतिहास समेटिएको प्रकाश गुरागाईंको पुस्तक 'जङ्क्सन पिपलबोट' लोकार्पण भएको छ।
काठमाडौँ शहरबासीका लागि रातिको ८ बजे बासस्थानतिर लाग्ने निर्णायक घण्टी हो। सडकमा सवारीको चाप घट्दै जान्छ। पसलका सटरहरू बिस्तारै ओर्लन्छन्। बाटो रित्तो हुन्छ। र, शहर सुत्ने तयारीमा जुट्छ।
कांग्रेस प्रवक्ता महतले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटनको कुरालाई प्रमुख रूपमा संसद्मा उठाइरहेको भन्दै पुनः संविधानमाथि खतरा पैदा हुन शुरू भएको बताए।
इन्दिरा रानामगरलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६६ मत प्राप्त भएको थियो भने विपक्षमा ९७ मत परेको थियो।
प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रदेश–१ लाई ६ विकेटले हराउँदै सुदूरपश्चिम च्याम्पियन बनेको छ।
आफूमा आएको परिवर्तन, नकारात्मक भाव र शारीरिक समस्यालाई लुकाएर बस्नुको साट्टा स्वास्थ्य परीक्षण गर्नु उचित हुन्छ। स्वास्थ्य जीवनशैली र चिकित्सकको परामर्शमा रहेर आफ्नो ध्यान दिनुपर्छ।
अस्ट्रेलियामा भेटिएको भ्यागुतोले विश्व रेकर्ड तोड्ने अनुमान गरिएको छ। यसअघिको गिनिज वर्ल्ड रेकर्डमा २ किलो ६५ ग्रामको प्रिन्सेन नामक भ्यागुतोकाे नाममा छ।
गभर्नर अधिकारीले व्यवसायी वा उद्यमीले लिएको कर्जा नतिर्दा समग्र वित्तीय क्षेत्रको विश्वसनीयता तथा वित्तीय स्थायित्वमा समस्या आउने बताए।
दोस्रो राष्ट्रिय खेलकुदमा जे भयो, त्यो इतिहासमा लेखियो। लोकबहादुर प्रतियोगिताकै ‘सरप्राइजिङ’ खेलाडी बने। तर उनले भारतीय सेनाको जागिर त्याग्न सकेनन् र भारतका अन्तर्राष्ट्रिय खेलाडी भए।