AnonymousUser

Logout

रुबी खानसहितका अधिकारकर्मी बबरमहलबाट पक्राउ

बाँकेकी निर्मला कुर्मीको न्यायका लागि आन्दोलित रुबी खानसहितका अधिकारकर्मी बबरमहलबाट पक्राउ परेका छन्।

सुस्तापारिका उखु किसान भन्छन्– हाम्रा लागि सरकार छैन

सुस्तापारि कुनै चिनी मिल छैन। नारायणीपारिका चिनी मिललाई उखु बेच्न ढुवानीकै समस्या छ। नारायणी तारेर लगे पनि चिनी मिलले समयमै भुक्तानी नदिने हुँदा स्थानीय क्रसरलाई किसानले सस्तोमै उखु बेच्ने गरेका छन्।

हरेक दिन विमानको रिपोर्ट पेस गर्न नेवानिलाई मन्त्री किराँतीको निर्देशन

मन्त्री किराँतीले विमानको अवस्थाबारे हरेक दिन रिपोर्ट दिन र निगमको समस्या समाधान हुने गरी बिजनेस प्लान बनाएर पेस गर्न नेवानिका पदाधिकारीलाई निर्देशन दिएका छन्।

भारतीय महिलाले लाउँछन् २४ हजार टन सुन

विश्व सुन महासंघका अनुसार भारतीय महिलाले विश्वको कूल सुन भण्डारको ११ प्रतिशत हिस्सा आभूषणका रूपमा लगाउने गरेका छन्।

राष्ट्रपतिको ५ बर्से कार्यकाल पूरा भएकै दिन नयाँ राष्ट्रपति बहाली हुनुपर्ने कांग्रेसको माग

नेपाली कांग्रेस पार्टी पदाधिकारी बैठकले राष्ट्रपतिको ५ बर्से कार्यकाल पूरा भएकै दिन नयाँ राष्ट्रपति पद बहाली हुने गरी निर्वाचनको तयारी थालिनुपर्ने माग निर्वाचन आयोग र सरकार समक्ष गरेको छ।

योजना आयोगको उपाध्यक्षमा श्रेष्ठ नियुक्त

श्रेष्ठले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन्।

प्रधानमन्त्री दाहालको प्रमुख सल्लाहकारमा हरिबोल गजुरेल नियुक्त

सांसदको टिकट नपाएपछि असन्तुष्ट रहेका गजुरेललाई प्रधानमन्त्री दाहालले प्रमुख सल्लाहकार बनाएका छन्।

महिना दिनभित्र अनलाइन टिकटको व्यवस्था गर्न निगमलाई पर्यटनमन्त्रीकाे निर्देशन

सोमबार नेपाल वायु सेवा निगमको कार्यालय निरीक्षण गर्दै पर्यटनमन्त्री सुदन किराँतीले एक सेकेन्डको पनि ठुलो महत्त्व हुने भएकाले तोकिएको समयमै जहाज उडाउन निर्देशन दिएका छन्।

क्रिकेटर महबुब आलम र आदिल अन्सारी स्पट फिक्सिङको आरोपमा पक्राउ

सीआईबीले नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी आदिल अन्सारी र पूर्व खेलाडी महबुब आलमलाई पक्राउ गरेको छ।

स्टार्टअप कार्यविधि र परियोजना कर्जा छिट्टै कार्यान्वयन हुन्छः अर्थमन्त्री

साना तथा मझौला उद्यम सम्मेलनमा बोल्दै अर्थमन्त्री पौडेलले लामो समयदेखि बन्न नसकेको स्टार्टअप कार्यविधि तयार पार्न आफूले पहल गर्ने बताए।

प्रदेशहरू स्वायत्त हुन्, केन्द्रले हस्तक्षेप गर्दैन: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेशमा कुल सांसदको १० प्रतिशत मात्र मन्त्री बन्न पाउने निर्णय गरेको बताएका छन्। 

प्रतितोला ३०० रुपैयाँले बढ्यो सुनको मूल्य

सोमबार नेपाली बजारमा सुन प्रतितोला ३०० र चाँदी ५ रुपैयाँले बढेको छ।

रानी जमरा सिँचाइ आयोजना: ११ वर्षमा ३० प्रतिशत काम

रानी जमरा कुलारिया सिँचाइ आयोजनाको काममा ढिलासुस्ती भएको भन्दै विश्व बैंकले लगानीबाट हात झिक्ने बताएको छ। 

निर्मला कुर्मी

निर्मलाको न्यायका लागि नाटक प्रदर्शन

काठमाडौँ– बाँकेकी निर्मला कुर्मीको न्यायका लागि बृहत् नागरिक आन्दोलनले नाटक प्रदर्शन गरेको छ। सोमबार दिउँसो बृहत् नागरिक आन्दोलनले माइतीघर मण्डलमा निर्मलाको न्यायका लागि सरकारलाई दबाब दिन नाटक प्रदर्शन गरेको हो। बाँकेबाट आएका रुबी खान नेतृत्वको अधिकारकर्मीको समूहले माइतीघर मण्डलमै निर्मलाको न्यायका लागि अनिश्चितकालीन धर्ना दिइरहेको छ। उनीहरूको समर्थन गर्दै बृहत् नागरिक आन्दोलनले विशेष प्रदर्शन गरेको हो। निर्मलाको २०७६ चैतमा शंकास्पद मृत्यु भएको थियो। सरकारले सो घटनाको सत्यतथ्य छानबिन नगरेको अधिकारकर्मीको आरोप छ। तस्वीरहरू : अमित मचामसी

प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच भेटवार्ता

बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच समसामयिक विषयमा छलफल भएको छ। 

इंग्लिस प्रिमियर लिग: आर्सनलद्वारा युनाईटेड पराजित 

आर्सनल १९ खेलबाट ५० अंक जोड्दै शीर्षस्थानमा यथावत् छ। २० खेलमा ३९ अंक बनाएको युनाईटेड चौथो स्थानमा छ।

गौचरन भयो काँगेलडाँडा विमानस्थल, ७ वर्षयता उडान ठप्प

प्राविधिक हिसाबले विमानस्थल निर्माण नै त्रुटिपूर्ण रहेकाले सञ्चालन गर्ननसक्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

नेपालको कृषि रूपान्तरण गर्ने ‘फिलिपिन्स मोडल’

सबै परिवारलाई खाद्यान्न उपलब्ध गराउने र तत्काल खाद्य सुरक्षाबारे राष्ट्रिय स्तरमा बहस चलाउनुपर्ने आवश्यकता छ।

पश्चिमी निम्नचापीय प्रणाली नेपाल प्रवेश गर्दै, रातिदेखि वर्षाको सम्भावना

तराईमा बिहानीपख हुस्सु र कुहिरो लागेर जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाको अनुरोध छ। 

सोमबारदेखि देशभर वर्षा हुने

यसपालिको हिउँदमा बितेको ३० वर्षयताकै सबैभन्दा कम वर्षा भएको छ। विभागको तथ्यांकअनुसार सन् १९९१ पछि यो वर्षको हिउँदमा सबैभन्दा कम पानी परेको हो।