चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा वितरणतर्फको विद्युत् चुहावट घटेर करिब साढे ७ प्रतिशतमा झरेको छ।
सन् २०१७ मा ३७ वर्षको उमेरमा न्यूजिल्यान्डको प्रधानमन्त्री बनेकी आर्डन विश्वकै कम उमेरकी सरकार प्रमुख बनेकी थिइन्। प्रधानमन्त्रीबाट राजीनामा दिएपछि आगामी निर्वाचन पनि नलड्ने उनको घोषणा छ।
प्रहरीले गोङ्गबुस्थित दुईवटा होटलबाट सात सय ३१ थान राहदानीसहित ३ जनालाई पक्राउ गरेको छ।
प्रहरीमा क्रिकेट विज्ञ नहुँदा स्पट फिक्सिङको अनुसन्धान थालेको सीआईबी ठोस निष्कर्षमा पुग्न सकेको छैन। मैदानभित्रको घटनामा पहुँच नहुँदा पनि अनुसन्धानले गति लिन नसकेको सीआईबी अधिकारी बताउँछन्।
सांसद विश्वप्रकाश शर्माले सत्तापक्षको सरकार र प्रतिपक्षको संसद् भन्ने मान्यतालाई अघि बढाउन सभामुख आफ्नो पार्टीले पाउनुपर्ने दावी गरेका छन्।
महामन्त्री शर्माले सत्तापक्षको सरकार र प्रतिपक्षको संसद् भन्ने मान्यतालाई अघि बढाउन सभामुख आफ्नो पार्टीले पाउनुपर्ने दावी गरेका छन्।
गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालय आफ्नो विधि र पद्धति भन्दा बाहिर नजाने प्रतिबद्धता व्यक्त गरे।
प्रधानमन्त्री दाहालले महाराजगन्जस्थित टिचिङ अस्पताल पुगी विमान दुर्घटनामा ज्यान गुमाएका यात्रुका परिवारसँग भेट गरी आवश्यक सहयोग गर्ने आश्वासन दिएका छन्।
सभामुखका लागि सत्ता गठबन्धनबाट नेकपा एमालेका सांसद देवराज घिमिरेले उम्मेदवारी दिएका छन् भने नेपाली कांग्रेससहितका केही दलले कांग्रेस सांसद ईश्वरीदेवी न्यौपानेलाई अघि सारेका छन्।
काठमाडौँ उपत्यकाको आजको न्यूनतम तापक्रम चार दशमलव दुई डिग्री र अधिकमत तापक्रम १५ दशमलव सात डिग्री सेल्सियस छ।
भारतमा अर्बपतिहरूको संख्या १०२ बाट बढेर सन् २०२२ मा १६६ पुगेको छ। भारतका सबैभन्दा धनी १०० जना मानिसको कूल सम्पत्ति ५४ लाख करोड भारतीय रुपैयाँ रहेको पाइएको छ।
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण बिहीबार र शुक्रबार सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा मौसम बदली भएर सामान्य वर्षा तथा हिमपातको सम्भावना छ।
भ्रष्टाचारमा संलग्नहरू खुलेआम घुमिरहेका मात्र छैनन्, राज्य संयन्त्रको दोहन गरी पुनः निर्वाचन जिती सरकारी पदमा पुगेका छन्। पार्टीमा समेत तिनैको हालीमुहाली छ।
अमलाले रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै कपाल र छाला सुन्दर बनाउँछ। दैनिक बिहान २० मिलिलिटर अमलाको जुस पिउँदा मोटोपन कम हुने चिकित्सकहरू बताउँछन्।
उखु किसानलाई सरकारले दिने अनुदान यथावत् राखिएको छ।
सरकार सत्तापक्ष, संसद् प्रतिपक्षको भन्ने मान्यता संसदीय अभ्यास भएका भएपनि नेपालमा सभामुखले त्यसअनुरूप भूमिका निर्वाह नगरेको भन्दै आलोचना हुने गरेको छ।
नेपाल विप्रेषणमा निर्भर भएको र यसबाट तत्काल हटाउन नसकेपनि दीर्घकालीन योजना बनाउनुपर्नेमा वाग्लेले जोड दिए।
डा. सन्दुक रुइतले आफ्नो सीमा र प्राथमिकता राम्ररी बुझेको भन्दै राष्ट्रपति पदमा रुचि नभएको बताएका छन्।
प्रतिनिधिसभाको सभामुखका लागि प्रमुख २ दल नेपाली कांग्रेस र नेकपा एमालेले उम्मेदवारी दिएका छन्।
युरोपेली प्रतिबन्ध फुकुवा गर्ने प्रयास अन्तिम चरणमा पुगेको बेला यती एअरलाइन्सको विमान दुर्घटनाले नेपालको हवाई सुरक्षा र यसलाई नियमन गर्ने नागरिक उड्डयन प्राधिकरणबारे नयाँ प्रश्न उब्जाएको छ।