भोलि बस्ने प्रतिनिधिसभा बैठकले उपसभामुख चयन गर्ने छ।
नेपालमा अहिले वर्षमा करिब तीन सय मिर्गौला प्रत्यारोण हुँदै आएको छ।
प्रधानमन्त्री दाहाललाई पक्कै थाहा छ सरकारी सेवा सुधार्न उनले दिएका कुनै निर्देशनले पनि काम गर्ने छैन। यी त नागरिकलाई सुनाउन देखावटी रूपमा मात्र गरिएका हुन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले मिटरब्याजी समस्या समाधानका लागि आफूले यथाशीघ्र पहल गर्ने बताएका छन्।
प्रतिनिधिसभाले घिमिरेलाई शुक्रबार सभामुख चयन गरेको थियो। संसद्मा उपस्थित २६८ मध्ये १६७ सांसदले उनलाई मत दिएका थिए।
हाल विमानस्थलको भिजिबिलिटी दुई हजार मिटर पुगेको छ। केही विमानले इन्स्ट्रुमेन्टल फ्लाइट रुल्स लागू गरी अवतरण गरे पनि नियमित उडान हुन सकेको छैन।
गएको नोभेम्बरमा एलन मस्कले ट्विटर टाट पल्टिनसक्ने बताएका थिए। तर यो लिलामी ट्विटर खरिद गर्दा लागेको रकम उठाउने विषयसँग सम्बन्धित नरहेको बताइएको छ।
हिमाली जिल्ला हुम्लामा गए रातिदेखि हिमपात शुरू भएको छ।
बर्दिबास अस्पतालले एकपछि अर्को गर्दै २६ वटा सेवालाई नियमित गरेपछि गुणस्तरीय उपचार सेवा पाउने आश बढेको छ।
अनाथ बालबालिकालाई आश्रय दिन स्थापित नेपाल बाल संगठनको सम्पत्ति हडप्न एउटा व्यापारिक घरानाले गरिरहेको प्रपञ्च र निहित स्वार्थनिम्ति त्यसमा भर्याङ बनिदिएको बाल संगठन नेतृत्वका भ्रष्ट कृत्यको चिरफार:
कर्णाली प्रदेश सरकारले दलित समुदायका लागि विनियोजन गरेको बजेट हरेक आर्थिक वर्षमा न्यून कार्यान्वयन हुने गरेको छ।
धेरैको रोजगारी कटौती भए पनि महत्वपूर्ण पदमा कर्मचारी राख्ने क्रम जारी नै रहने कम्पनीकाे भनाइ छ।
अन्तर्राष्ट्रि क्रिकेट काउन्सिल (आईसीसी)को आयोजनामा हुने टी–२० विश्वकप २०२४ मा भारत-पाकिस्तान भिड्दै छन्। उक्त विश्वकप वेस्ट इन्डिज र अमेरिकामा हुने तय छ।
सत्ता साझेदार दलमध्ये सबैभन्दा ठूलो एमालेले आठ मन्त्रालय पाउँदा पाँच जना खसआर्य छन्। फरक तरिकाको राजनीति गर्ने भन्दै संसद्मा पुगेको स्वतन्त्र पार्टीका सबै चार मन्त्री खसआर्य समुदायकै छन्।
यदि सम्पूर्ण रूपमा समानुपातिक प्रणाली हुन्थ्यो भने त्यसले राज्यको प्रवृत्ति र दिशा बदल्थ्यो। जनयुद्ध या मधेश आन्दोलनको अन्तर्य त्यही नै थियो।
नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले राष्ट्रपति निर्वाचनका लागि समर्थन जुटाउन कांग्रेस आजैदेखि नै लाग्ने बताएका हुन्।
सभामुखमा उपमहासचिव पृथ्वीसुब्बा गुरूङ, सचिव छविलाल विश्वकर्मालगायत नेताले रुचि राखेका थिए। तर एमाले अध्यक्ष केपी ओलीले पहिलोपटक प्रतिनिधिसभाको सांसद निर्वाचित विश्वासपात्र घिमिरेलाई अवसर दिए।
प्रतिनिधिसभाका उपसभामुखको निर्वाचन माघ ७ गते हुने भएको छ।
प्रतिनिधिसभाको सभामुखमा नेकपा (एमाले)बाट सत्ता गठबन्धनका उम्मेदवार देवराज घिमिरे निर्वाचित भएका छन्।
सभामुखको निर्वाचनका लागि मतदान प्रक्रिया शुरू भएको छ।