रास्वपाको संसदीय दलको उपनेतामा विराजभक्त श्रेष्ठ र प्रमुख सचेतकमा सन्तोष परियार चयन भएका छन्।
क्यानले यू–१९ क्रिकेट विश्वकपको एशियाली छनोटका लागि नेपाली टोलीको घोषणा गरेको छ।
प्रदेश–१ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वसहमतिका आधारमा नामकरणको प्रयास गरिने अन्यथा प्रक्रियामा गएर टुंग्याइने बताए।
गत आर्थिक वर्षको तुलनामा पहिलो ६ महिनामा राजस्व घटेको छ। सरकारले गरेको समग्र आम्दानीभन्दा खर्च बढी भएको कारण आन्तरिक वित्त व्यवस्थापन असन्तुलित भई संकटमा फस्न सक्ने विज्ञहरूको भनाइ छ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रविधिको उपलब्धताले मानिसमा परनिर्भरता बढ्दै गएको बताएका छन्।
एल्ड्रिनले आफ्नो ९३ औँ जन्मदिनमा ६३ वर्षीया डा. एन्का फाउरसँग विवाह गरेका छन्।
अमेरिकाको क्यालिफोर्नियास्थित एक डान्स स्टुडियोमा भएको अन्धाधुन्ध गोली प्रहारबाट १० जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।
विद्युत् खपत बढाउन विद्युतीय सवारी प्रयोग बढाउने र आयातित पेट्रोलियम पदार्थलाई नेपालमै उत्पादित विद्युत्ले प्रतिस्थापन गर्ने सरकारको नीति भए पनि त्यसका लागि आवश्यक पूर्वाधार तयार हुन सकेको छैन।
माओवादीले पार्टीको संगठन सम्बन्धी छलफल, भावी कार्ययोजना र पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न स्थायी कमिटीको बैठक बोलाएको छ।
माघ १ गते काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान अवतरण गर्ने क्रममा पोखरा विमानस्थल नजिकै दुर्घटनाग्रस्त हुँदा ७२ जनाको मृत्यु भएको थियो।
प्रधानमन्त्री दाहालले उत्पीडित जातिलाई भाषिक, सांस्कृतिक र राजनीतिक अधिकार दिलाउन आफूहरूले ठूलो लडाइँ गरेको बताए।
अमेरिकी डिपार्टमेन्ट अफ जस्टिसका अधिकारीले राष्ट्रपति बाइडेनको घरमा १३ घण्टा खानतलासी गर्दा थप ६ वटा वर्गीकृत दस्ताबेज बरामद गरेका छन्।
धनुषा प्रहरी प्रवक्ता प्रदीपबहादुर क्षेत्रीले हत्यामा संलग्न भएको आशंकामा तीन भारतीय र दुई जना नेपालीलाई पक्राउ गरेर अनुसन्धान भइरहेको बताए।
धुर्मुस–सुन्तली फाउन्डेसनले रंगशाला निर्माणका लागि ५७ करोडभन्दा बढी खर्च भएको र झन्डै साढे १८ करोड तिर्न बाँकी रहेको जनाएको छ। तर यो ऋण फाउन्डेसनले चुक्ता नगरेसम्म भरतपुर महानगरले जिम्मा नलिने भएको छ।
कांग्रेस संस्थापन इतर समूहले पार्टीले स्पष्ट दृष्टिकोण राख्न नसकेको निष्कर्ष निकालेको छ।
रेमिट्यान्सबाट उत्पादन, निर्माण र रोजगारीका क्षेत्रमा नयाँ अवसर सिर्जना गर्न सकिने भन्दै अर्थमन्त्री पौडेलले त्यसका लागि नीतिगत र कानूनी समस्यालाई परिमार्जन र सुधार गर्दै जाने बताए।
धरान उपमहानगरपालिकाले वडा नं ५ देउरालीस्थित अँधेरीखोला अतिक्रमण गरेर बनाइएको घर आइतबार डोजर लगाएर भत्काएको छ।
कांग्रेस संस्थापन इतर समूहको बैठकले पछिल्लो राजनीतिक घटनाक्रम, पार्टीभित्रको आन्तरिक राजनीति र राष्ट्रिय राजनीतिबारे सामूहिक धारणा बनाउने छ।
ल्होछार
काठमाडौँ– तामाङ समुदायले विभिन्न कार्यक्रमको आयोजना गरी सोनाम ल्होछार पर्व मनाएका छन्। काठमाडौँ उपत्यकासहित तामाङ समुदायको ठूलो बस्ती रहेका स्थानमा हर्षोल्लासपूर्ण रूपमा सोनाम ल्होछार मनाएका हुन्। ल्होछारको अवसरमा काठमाडौँको टुँडिखेलमा पनि विशेष महोत्सव र मेलाको आयोजना गरिएको थियो। तीन दिनसम्म टुँडिखेलमा तामाङ समुदायले ल्होछार पर्वको अवसरमा आफ्ना सांस्कृतिक, धार्मिक नाचगान एवं झाँकीसमेत प्रदर्शन गरिएको छ। आजको दिन तामाङ समुदायको बसोबास रहेका स्थानमा मेला, महोत्सव लाग्ने गर्छ। आजको दिनलाई यो समुदायले नयाँ वर्षका रूपमा मनाउने गर्दछन्। मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५९ औँ वर्ष शुरू भएको छ। आजदेखि गाई वर्ष पूरा गरी बाघ वर्ष शुरू भएको छ। हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होछार मनाउने गरिन्छ।
भोजपुरका विभिन्न उद्योगमा भोजपुरे, सिरुपाते, बाँसपाते, चित्लाङे, कोचिमुडा, पानवाला, धारखोले, बोखिमेलगायतका खुकुरी बन्ने गरेका छन्।