AnonymousUser

Logout

राष्ट्रिय महिला क्लब भलिबल: आर्मी सेमिफाइनलमा

बुधबारकाे जितसँगै आर्मीले दुई खेलबाट ६ अंक जोडेको छ।  गण्डकीको भने यो लगातार दोस्रो हार हो।

माघ ९ सम्म काठमाडौँ नछाड्न सांसदलाई कांग्रेसको ह्विप

जतिबेला पनि सांसदहरूसँग छलफल गर्नुपर्ने अवस्था आउनसक्ने भन्दै कांग्रेसले काठमाडौँ नछाड्न ह्विप जारी गरेको छ। 

राष्ट्रपति भण्डारीद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण (तस्वीर)

पृथ्वीजयन्तीका अवसरमा राष्ट्रपति भण्डारीले सिंहदरबार अगाडिको गेटमा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी हुन्।

सरोजकुमार यादव मधेशको मुख्यमन्त्री नियुक्त

६३ जना प्रदेशसभा सदस्यको समर्थनसहित दाबी पेस गरेका जसपाका सराेज यादवलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले मुख्यमन्त्री नियुक्त गरेका छन्।

खाना नबनाएको भन्दै झापामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

भोजपुरको अरुण गाउँपालिका घर भई झापाको अर्जुनधारा बस्दै आएका विश्वराज घिसिङले श्रीमती प्रमीला भुजेल घिसिङको हत्या गरेका छन्। 

तीन सयले घट्यो सुनको मूल्य, चाँदीको स्थिर

बुधबार सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला रु तीन सयले घटेर एक लाख तीन हजार दुई सयमा पुगेको छ।

पूर्वसदस्यसचिव युवराज लामा भन्छन्– राखेपकै कारण तेक्वान्दो विवादमा फस्यो

संघ खारेज गर्ने प्रकृया त्यति सजिलो छैन, राखेपसँग पर्याप्त आधारहरू हुनुपर्छ। उहाँहरूलाई लाग्यो, संघ खारेज गर्दिनुभयो। विवाद अदालतसम्म पुग्यो। राखेप प्रकृयागतरूपमा नचल्दाको परिणाम हो यो।

ताप्लेजुङको हिमाली क्षेत्रमा चिसो अत्यधिक बढ्यो, जनजीवन कष्टकर

चिसोका कारण ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५, पापुङको तोक्पेगोला बस्तीनै रित्तो भएको छ।

कर्णालीमा नयाँ सरकार गठन हुँदै, माओवादीका शर्मा मुख्यमन्त्री  

४० सदस्यीय कर्णाली प्रदेशसभामा माओवादीका १३, एमालेका १० र राप्रपाका १ गरी २४ सदस्य पुग्छ। जुन सरकार गठनका लागि पर्याप्त हुन्छ।

पृथ्वी जयन्तीमा बिदा : १६ वर्षअघि सिटौलाको पहलमा खारेज, प्रचण्डले फेरि ब्युँताए

तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौलाको पहलमा पुस २७ को सार्वजनिक बिदा २०६३ सालदेखि खारेज भएको थियो। २०७४ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले पुनः दिएको बिदा २०७५ बाट केपी ओलीले हटाएका थिए।

तिला गाउँपालिकामा महिलालाई आत्मनिर्भर बनाउने अभियान 

तिला गाउँपालिकाले नौवटै वडाका महिलालाई च्याउखेती, खरायोको टोपी र सिलाइकटाइ तालिम दिएको छ। तालिम लिएपछि महिलाहरू आफै व्यवसाय सञ्चालन गर्ने योजनामा छन्। 

पृथ्वीनारायण शाहका उपदेश अहिले पनि उत्तिकै सान्दर्भिक: राष्ट्रपति भण्डारी  

३०१औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शाहको एकीकरण अभियानको आधारभूमिमा उभिएरै लोकतान्त्रिक गणतन्त्र नेपालसम्मको यात्रा तय गर्न सफल भएको उल्लेख गरेकी छन्।

पृथ्वीनारायण शाहका छोरी-ज्वाइँमाथि भीमसेन थापाको अत्याचार

भीमसेन थापाले आफू शक्तिशाली भएको बेला एउटा सानो निहुँमा विलासकुमारीले पाएको दाइजो बिर्ता मात्रै खोसेनन्, सल्यानी राजा रणभीम शाहलाई राज्यच्यूत गरी राज्यको प्रशासन सिधै केन्द्रबाट सञ्चालन गरे।

तराईमा आज पनि बाक्लो हुस्सु, यातायातसमेत प्रभावित हुनसक्ने

तराईमा बिहानैदेखि बाक्लो हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

रिडी पावर कम्पनीका अध्यक्ष गुरु न्यौपानेलाई धितोपत्र बोर्डले गर्‍यो कारबाही

बोर्डले न्यौपानेलाई धितोपत्रसम्बन्धी ऐनअनुसार ७५ हजार रुपैयाँ जरिबाना र कुनै पनि पब्लिक कम्पनीको सञ्चालक, महाप्रबन्धक वा सोसरह पद धारण गर्न १० वर्षसम्म अयोग्य रहने गरी कारबाही गरेको छ।

ओली–दाहाल दरारमा देउवाले देखेको 'मुकाम'

आफूलाई ‘धोका दिएका’ प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएर प्रतिपक्षको स्थान छाड्नसमेत नहिचकिचाएको कांग्रेसको नजर कहाँसम्म छ, त्यसले नै अबको राजनीतिक परिदृश्य निर्क्योल गर्नेछ।

नेपाली कविताको उर्दु अनुवाद संग्रह 'नेपालकी आवाज' प्रकाशन

पाकिस्तानको राष्ट्रभाषामा कविताहरू अनुवाद हुँदा नेपाली साहित्यकारहरूको रचना र पहिचान विस्तार हुने पाकिस्तानस्थित नेपाली राजदूतावासले जनाएको छ।

बिहारबाट आउने बिजुली रोकियो, ठूला उद्योगमा लोड कटौती

बिहारको विद्युत् आपूर्ति प्रणालीमा सोमबार दिउँसोदेखि प्राविधिक समस्या देखिएपछि त्यसको असर नेपालमा देखिएको प्राधिकरणले जनाएको छ।

पेरुका राष्ट्रपतिको राजीनामा माग्दै भएको प्रदर्शनमा १७ जनाको मृत्यु

नयाँ चुनावका लागि आह्वान र हिरासतमा राखिएका पूर्वराष्ट्रपति पेड्रो कास्टिलोको रिहाइ प्रदर्शनकारीको मुख्य माग छ।

अपार विश्वासले सरकारले गरेका प्रतिबद्धता पूरा गर्ने ऊर्जा मिल्यो : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत पाएपछि ठूलो जिम्मेवारी र चुनौती थपिएको महसुस गरेको बताएका छन्।