कानुनले वर्जित गरेका फोहोर साइटमा पुर्याएकाले सुनौलो नेपाललाई ५० हजार रुपैयाँ जरिबाना गरिएको महानगरका वातावरण तथा कृषि विभागका प्रमुख रविनमान श्रेष्ठले बताए।
दबारमार्ग विकास बोर्ड सचिव उद्धव ढकाल पार्किङ हटाउँदा दरबारमार्गको व्यापार ६० प्रतिशतले घटेकाले विरोध प्रदर्शनमा उत्रिनुपरेको बताउँछन्।
जितसँगै नेपालले २९ खेलबाट २८ अंक बनाएको छ। नेपाल अंक तालिकामा छैटौँ स्थानमा यथावत् छ।
आयोजक केपी एफसीलाई पराजित गर्दै मछिन्द्र फुटबल क्लब केपी ओली कपको फाइनलमा पुगेको छ।
क्यानले सन्दीप लामिछानेलाई आईसीसी लिग-२ खेल्न यूएई पठाउने प्रक्रिया अघि बढाएको छ।
मुद्दा चलाउनुपर्ने निकाय कमजोर छ र त्यही कमजोर निकायले ‘मुद्दा चलाउन सकिन्नँ’ भनेको भरमा हामीले सबै सम्पत्तिमा कर उठाएर ‘ल, ओके’ भन्नु सरासर गलत हो।
सर्वोच्च अदालतले सन्दीप लामिछानलाई विदेशमा क्रिकेट खेल्न जान अनुमति दिएको छ।
प्रज्ञाप्रतिष्ठानका आजीवन सदस्यले मासिक ५१ हजार चार सय ४७ रुपैयाँ पारिश्रमिक/सुविधा पाउने गरेका छन्।
रंगको पर्व
होली पर्व प्रारम्भ भएको जानकारीस्वरूप काठमाडौँको वसन्तपुरमा सोमबार बिहान विधिपूर्वक चीर ठड्याइएको छ। फागुन शुक्ल अष्टमीमा चीर ठड्याएपछि काठमाडौँ उपत्यकासहित देशैभर होली शुरू भएको मानिन्छ।
होटल तथा पर्यटन, म्युचुअल फन्ड, निर्जीवन बिमा, व्यापार र अन्य समूहको उपसूचक बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ।
हङकङले दिएको १२१ रनको लक्ष्य पछ्याएको नेपालले २२.१ ओभरमा १ विकेट गुमाउँदै १२६ रन बनायो।
नेकपा एमालेका मन्त्रीहरूले प्रधानमन्त्री दाहाललाई राजनीमा बुझाएका छन्। एमाले ६४ दिनमै सरकारबाट बाहिरिएको छ।
पूर्वराष्ट्रपति डा रामवरण यादवले राज्यकोषबाट २५ लाख तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले २० लाख रुपैयाँ लिएका छन्।
दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा पहिला ब्याटिङ थालेको पपुवा न्यू गिनीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २०३ रन बनाएको छ।
खानेपानीमन्त्री अब्दुल खानले खानीपानी संस्थाहरूमा राजनीति नगर्न कर्मचारीहरूलाई चेतावनी दिएका छन्।
कोरोना महामारीपछि चिनियाँ पर्यटक नआउँदा तंग्रिन मुस्किल बनेको पोखराको पर्यटनलाई विमान दुर्घटनाले झनै खुम्च्याएको छ। पोखरा सुरक्षित रहेको सन्देश दिन अहिले पर्यटन बोर्डले अनेक कार्यक्रम चलाउन थालेको छ।
राष्ट्रियसभा बैठकमा बोल्दै परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले परराष्ट्र नीति पुनरावलोकन अन्तिम चरणमा पुगेको बताएकी छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको छ।
त्रिभुवन आर्मी क्लबलाई ६–५ गोल अन्तरले हराउँदै सातदोबाटो उपाधि नजिक पुगेको हो।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठकमा प्रचण्डलाई कहिल्यै सुध्रिन नसक्ने व्यक्ति भएको टिप्पणी गरेका छन्।