मन्त्री पौड्यालले आफ्नो भ्रमण रोकिएको विषयलाई विडम्बना भएको बताइन्।
क्यानले कार्यवाहक सचिव नियुक्ति गर्दा क्यानका अध्यक्षले विधान उल्लंघन गरेको दाबी गर्दै राखेपलाई ७ केन्द्रीय सदस्यले पत्र बुझाएका छन्।
सर्वोच्च अदालतले सन्दीप लामिछानले विदेश क्रिकेट खेल्न जान पाउनुपर्ने माग गर्दै दिएको निवेदनमाथिको सुनुवाइ हेर्दाहेर्दैमा राखेको छ।
पानी परेपछि केपी ओली कपअन्तर्गत पहिलो सेमिफाइनलको खेल स्थगित भएको छ।
आइतबार कारोबारमा आएका २६२ कम्पनीको ६५ लाख १५ हजार ८५२ कित्ता सेयर २ अर्ब ५२ करोड ५० लाख ७१ हजार ८०६ रुपैयाँ बराबरको कारोबार भएको छ।
एमाले अध्यक्ष ओली विदेशी शक्तिदेखि देशभित्रकै प्रतिक्रियावादीले आफू र आफ्नो पार्टीलाई खेदिरहेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
प्रतिनिधिसभाबाट गत वर्ष फागुन १५ गते १२ बुँदे व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता अनुमोदन भएको थियो। परियोजना कार्यान्वयनका लागि नेपाल सरकारले गर्नुपर्ने पूर्वतयारीमा नै एक वर्ष खर्च भइसकेको छ।
एमाले अध्यक्ष ओलीले सहयोद्धा र शहीदहरूलाई धोका दिने व्यक्तिबाट आफूले धोका पाउनु कुनै ठूलो विषय नभएको बताएका छन्।
एमाले अध्यक्ष ओलीले जनतामाथि धोका र बेइमानी गर्नेहरूलाई बिस्तारै संसारले चिन्दै जाने बताएका छन्।
जी–२० सम्मेलनमा टर्कीको भूकम्प, न्यून र मध्यम आय भएका देशहरूको ऋण, विश्वको कर प्रणाली र खाद्य सुरक्षा लगायत विषयमा छलफल भएको छ।
ट्रायलमा ७० प्रतिशत ल्याउँदा पास हुने नियम लागू भएपछि दुईपांग्रे सवारीसाधनमा २० प्रतिशतसम्म र चारपांग्रेमा १० प्रतिशतसम्म पास हुने दर बढेको छ।
इमिरेट्स क्रिकेट बोर्डले आइतबार सीपी रिजवानको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ।
सन् २०२४ मा आयोजना हुने पेरिस ओलम्पिक एशियाली छनोटअन्तर्गत महिला फुटबल, समूह 'सी' का खेलहरू नेपालमा आयोजना हुने भएका छन्।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईले सहकारीहरू सक्किए, खत्तम भए भन्ने हल्ला सत्य नभएको बताएका छन्।
हिउँद
काठमाडौँ उपत्यकासहित देशभर लामो समयपछि वर्षा भएको छ। आइतबार दिउँसोदेखि विभिन्न स्थानमा पानी परेको हो। पश्चिमी वायुसँगै भित्रिएको हिउँदे मनसुन ढिलो गरी भित्रिएको हो। आज देशभर विभिन्न स्थानमा वर्षाका साथै उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएको मौसम विभागले जनाएको छ। हिउँदे झरीले तोरी, फापर, गहुँ, उवा लगायतका बालीका लागि फलदायी मानिन्छ। हिउँदे वर्षाले सिँचेको जमिनबाट बिरुवालाई वसन्त ऋतुमा पालुवा पलाउन, राम्ररी हुर्कन र फूल फुल्न चाहिने पोषण प्राप्त हुने बताइन्छ। पर्याप्त हिउँदे वर्षा भएका समयमा बिरुवाहरू हुर्कने र बाली सप्रने गर्छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले ‘जनयुद्धका शहीद'लाई राष्ट्रिय शहीद घोषणा गर्ने प्रतिबद्धता जनाएका छन्।
नुवाकोटको विदुरमा अवस्थित करिब चौध सय वर्षअघि लिच्छवीकालमा निर्माण गरिएको प्रसिद्ध विहार स्वयम्भू/चैत्यको अध्ययन थालिएको छ।
जाडो मौसममा कतिपय मानिसमा निराशा छाउने गर्छ, मान्छेमा दुखी हुने, निन्द्रा नलाग्ने, काममा मन नलाग्नेजस्ता समस्या देखा पर्छन्। जसले गर्दा पछि एङ्जाइटी, डिप्रेसनलगायत समस्या निम्तिन सक्छ।
आज बस्ने राष्ट्रियसभा बैठकले विषयगत समिति सदस्यहरूको मनोनयन गर्नेलगायत कार्यसूची छ।
सहकारी क्षेत्रमा देखिएका विकृति र बचतकर्ताको बचत सुरक्षाका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारीहरूको श्रेस्ता अनुसन्धान थालेको छ।