गत १ जनवरीमा उद्घाटन गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अहिलेसम्म अन्तर्राष्ट्रिय उडान शुरू हुन सकेको छैन।
राष्ट्रपति भण्डारीले देशको विरासतलाई भावी पुस्तामा हस्तान्तरण गर्न बुढानीलकण्ठ स्कुलजस्ता शैक्षिक संस्थाले अग्रणी भूमिका खेल्न सक्ने बताएकी छन्।
शुक्रबार भएको खेलमा स्कटल्यान्डले दिएको ठूलो लक्ष्य पछ्याउँदै नेपालले तीन विकेटको जित हात पारेको छ।
राष्ट्रपति निर्वाचनको विषयलाई लिएर एमाले र माओवादीबीच सहमति जुट्न सकेको छैन।
मन्त्रिपरिषद् बैठकले 'जनयुद्ध दिवस' र पृथ्वी जयन्तीको बिदा थप गरेर आगामी वर्षका लागि सार्वजनिक बिदा स्वीकृत गरेको छ।
प्रधानमन्त्री दाहालले जनगुनासो नआउने गरी सेवा प्रवाहलाई चुस्तदुरुस्त बनाउन सरकारी अस्पताललाई आग्रह गरेका छन्।
सबैभन्दा ठूलो दल बनेर सत्ता बाहिर बस्नु कांग्रेसका लागि विडम्बनाको विषय भएको प्रवक्ता महतको भनाइ छ।
पशुपति
महाशिवरात्रिका लागि सम्पूर्ण तयारी पूरा भएको छ। पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रि पर्वका लागि सबै तयारी पूरा भएको जनाएको हो। शुक्रबार कोषका कोषाध्यक्ष नारायण सुवेदीले महाशिवरात्रि भक्तजनलाई पूजा आराधनाका लागि शनिबार बिहान ३ बजेदेखि ४ वटै ढोका खुला गर्ने बताए। उनले वृद्धवृद्धाका लागि लाइनमा बस्नु नपर्ने व्यवस्था मिलाएको र एक जना आफन्तले वृद्धवृद्धालाई मन्दिरमा दर्शनका लागि लैजान पाउने व्यवस्था गरेको बताए। महाशिवरात्रिको पूर्वसन्ध्याबाट नै पशुपतिनाथमा भक्तजनहरूको घुइँचो लागि सकेको छ।
नेपालको कूटनीतिक सम्बन्ध रहेका देशको संख्या १७८ पुगेको छ।
स्कटल्यान्डका माइकल लीस्कले अविजित रहँदै सर्वाधिक १०७ बनाए। उनले ८५ बलमा ३ चौका र ९ छक्का प्रहार गरे।
रास्वपाका १९ सांसदमध्ये चार जना मात्र केन्द्रीय सदस्य छन् भने एक जना उपसभामुख छिन्। फागुन १ गते १६ जना थप गरेर केन्द्रीय समिति ४० सदस्यीय बनाइँदा बाँकी कोही पनि सांसदले अवसर पाएनन्।
शिक्षा र स्वास्थ्यमा भइरहेको व्यापारका कारण आर्थिक स्थिति कमजोर रहेका अधिकांश नेपाली छोराछोरीलाई पढाउन नसक्ने अवस्थामा पुगेको कार्कीको भनाइ छ।
नेपाली सेनाको स्थापना दिवस समारोहमा भाग लिन भारतीय सेनाका चार जना पूर्व प्रमुखहरू काठमाडौँ आइपुगेका छन्।
पर्वत जिल्ला अस्पतालमा सेवा नपाएपछि बिरामीहरू पोखरा र काठमाडौँसम्म पुग्न बाध्य छन्।
जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको नेतृत्वमा बालुवाटार पुगेको टोलीले राष्ट्रियता, संघीयता र जनजीविकाका सवालहरू समेटेर प्रधानमन्त्री दाहाललाई ज्ञापनपत्र बुझाएको छ।
डेनमार्कमा अविवाहित व्यक्तिलाई विशेष गरि २५औँ जन्मोत्सव मनाउने क्रममा दालचिनीको धुलो शरीरमा खन्याइदिएर रमाइलो गर्ने चलन छ।
विरोध
व्यवसायीप्रति सरकारको विभेद तथा वित्तीय सस्थाले आतंकित पारेको भन्दै विरोध प्रदर्शन गरिएको छ। शुक्रबार माइतीघर मण्डलमा आयोजित विरोध प्रदर्शनमा काठमाडौँस्थित विभिन्न व्यवसायी महासंघका प्रतिनिधिहरूको उपस्थितति थियो। बैंक र सरकारविरुद्ध विभिन्न प्लेकार्ड बोकेर व्यवसायीहरू माइतीघरदेखि बानेश्वरसम्म विरोध प्रदर्शन गरेका थिए।
भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत सांसद भण्डारीको आज दुई वटा सामान्य शल्यक्रिया गर्ने तयारी छ।
फागुन सात गतेसम्म चल्ने उत्सवमा विभिन्न क्षेत्रका ६० जना वक्ताले बोल्ने कार्यक्रम छ।
शिक्षामा सुधारका लागि दुई किसिमको हस्तक्षेपको आवश्यकता देखिन्छ। पहिलो– कमजोर विद्यार्थीको ज्ञानस्तर बढाउन गरिने हस्तक्षेप, दोस्रो– विद्यार्थीको उपलब्धिको औसतदरलाई माथि उकास्ने क्रियाकलाप।