AnonymousUser

Logout

एमाले अध्यक्ष ओलीले भक्तपुरमा गरे मतदान

एमाले अध्यक्ष केपी शर्मा ओलीले भक्तपुर–२ बालकोटस्थित महेन्द्रशान्ति विद्यालय मतदान केन्द्रमा मतदान गरेका छन्।

झापाको कुवाडीदेवीमा मतदान शुरू

झापा गाउँपालिका–२ को कुवाडीदेवी विद्यालय मतदान केन्द्रमा बम विष्फोट भएपछि मतदान केहीबेर अवरुद्ध भएको थियाे।

गुल्मीमा ५४ मत बदर गरेर पुनः मतदान

छापहिले मतदान केन्द्र 'क' मा प्रतिनिधिसभाकाे ठाउँमा प्रदेशसभाको मतपत्र दिएको पाइएपछि खसिसकेकाे ५४ मत बदर गरेर मतदान शुरू गरिएकाे प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए।

मधेस प्रदेशमा १३ लाख ३२ हजारभन्दा बढी मतदाताले मतदान गर्दै

निर्वाचनका लागि मधेस प्रदेशमा दुई हजार एक सय ५६ मतदानस्थलमा चार हजार दुई सय ३५ मतदान केन्द्र निर्धारण गरिएको छ।

बर्दियामा सुतली बम विस्फोट भएपछि मतदान रोकियो

विस्फोटबाट कुनै क्षति भने भएको छैन।

मोरङको धनपालथान पिण्डेश्वर केन्द्रमा दुई सय मत खस्यो

माेरङकाे धनपालथान गाउँपालिका–६ पिण्डेश्वर मतदान केन्द्रमा सात सय मतदाता रहेका छन्।

म्याग्दीमा १०७ वर्षीय वृद्धले गरे मतदान

मालिका गाउँपालिका–२ रुमका १०७ वर्षीय जसमनी कामीले मतदान गरेका हुन्।

बाजुराका विभिन्न स्थानमा झडप भएपछि २७ राउन्ड हवाई फायर

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गिहेन्द्र बोगटीले स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर गरिएको जानकारी दिए।

प्रधानमन्त्री देउवाले गरे मतदान

उनले डडेल्धुरा गन्यापधुरा गाउँपालिका-१ को अशिग्राम मावि रूवाखोला केन्द्रबाट मतदान गरेका हुन्।

तनहुँको घिरिङमा मतदान शुरू

शनिबार बेलुका पक्राउ परेका कार्यकर्ता रिहाईको माग गर्दै एमालेले मतदान शुरू गर्न दिएको थिएन।

चितवनमा नेकपाका कार्यकर्ताले मतपेटिका जलाउने प्रयास गरेपछि हवाई फायर

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले मतपेटिका जलाउने प्रयास गरेपछि प्रहरीले हवाई फायर गरेको हो।

मतदान गर्न नपाएपछि चित्रबहादुरको गुनासो– कानूनमै त्रुटि भयो

बागलुङको मतदाता नामावलीमा नाम नभएपछि केसीले मतदान गर्न नपाएका हुन्। उनी रुपन्देही बस्न थालेपछि आफ्नो नाम पनि उतैको मतदाता नामावलीमा सारेका थिए।

मतपेटिका खोसाखोस हुनथालेपछि सिरहामा गोली चल्यो

जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताबीच मतपेटिका खोसाखोस हुनथालेपछि प्रहरीले ३ राउन्ड गोली चलाएको सिरहाका डीएसपी सुवास बुढाथोकीले बताए।

एकीकृत समाजवादीका अध्यक्ष नेपालद्वारा मतदान

माधवकुमार नेपालले रौतहटको रामजानकी कन्या आधारभूत विद्यालय मतदान केन्द्रबाट मतदान गरेका हुन्। 

काठमाडौं–४ को परिणामले मुलुक कसले हाँक्ने भनेर निर्णय गर्छ : गगन थापा

कांग्रेस महामन्त्री गगनकुमार थापाले मूलधारको राजनीतिक दलभित्र परिर्वतन कसरी सम्भव छ भनेर काठमाडौं–४ का मतदातालाई हेक्का रहेकाे बताएका छन्।

मतदान केन्द्र बाहिर हुलहुज्जत भएपछि रौतहटमा प्रहरीद्वारा हवाई फायर

गठबन्धन र एमाले नेतृत्वको गठबन्धनका कार्यकर्ताले हुलहुज्जत गरेपछि प्रहरीले हवाई फायर गरेको हो।

पूर्वमन्त्री किरण गुरुङले गरे मतदान

उनले भिमाद नगरपालिका–९ चिहानडाडाँमा अवस्थित भिमाद सामुदायिक भवनबाट मतदान गरेका हुन्।

एमाले प्रतिनिधि नआउँदा तनहुँको एक केन्द्रमा मतदान शुरू भएन

एमाले र कांग्रेसका कार्यकर्ताबीच शनिबार झडप भएपछि प्रहरीले एमालेका दुईजना कार्यकर्तालाई पक्राउ गरेको थियो। त्पही विषयमा विवाद भएपछि एमाले प्रतिनिधि नगएका हुन्।

काठमाडाैँमा सवारी चेकजाँचमा कडाइ (तस्वीरहरू)

मापदण्ड विपरीत सवारी साधन प्रयोग गरेको पाइए सुरक्षा निकाय तथा सुरक्षाकर्मीले त्यस्तो सवारीसाधन नियन्त्रणमा लिएर आवश्यक कानूनी कारवाही गर्ने निर्वाचन आयोगले जनाएको छ।

यसरी हुँदैछ मतदान (तस्वीरसहित)

यसपटकको निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदातालाई मताधिकार छ।