एक महिनाअघि भन्सारबाट पाम नट घोषणा गरेर छुटाइएको २८ टन सामग्रीमा शंका लागेर भन्सार विभागले परीक्षण गर्न प्रयोगशालामा पठाएको थियो। प्रयोगशालाले सुपारी भएको पुष्टि गरेपछि विभागले अनुसन्धान अघि बढाएको छ।
भारतको पूर्वोत्तर तीन राज्यमा भएको विधानसभा निर्वाचनमा भाजपा त्रिपुरा र नागाल्यान्डमा बहुमत सिटसहित विजयी भएको छ भने मेघालयमा एपीपीले बहुमत ल्याएको छ।
वैदेशिक ऋण र आन्तरिक स्रोतबाट बनाइएका केही ठूला पूर्वाधारले सञ्चालन खर्च पनि उठाउन मुस्किल देखिएको छ। आवश्यक अध्ययन तथा प्राथमिकता निर्धारणबिना बनाइएका यी आयोजना ‘सेतो हात्ती’ बन्ने जोखिम छ।
क्यानले यू–१९ टोलीका सदस्यलाई जनही एक लाख रुपैयाँ दिने भएको छ।
यूएईले दिएको २०८ रनको लक्ष्य पछ्याएको नेपाल ३१.५ ओभरमा सबै विकेट गुमाउँदै १३९ रनमा समेटियो।
मधेश प्रदेश प्रमुख मिश्रले बालबालिकामाथि हुने हिंसा रोक्न सबैले आ-आफ्नो क्षेत्रबाट कानून कार्यान्वयन गर्न/गराउन लाग्नु पर्ने बताए।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ठूला चूनौतीहरूको सामना गर्न विश्वका शासकीय प्रणालीहरू असफल बनेको बताएका छन्।
एशियाली छनोट प्रतियोगिताअन्तर्गत बिहीबार सम्पन्न अन्तिम खेलमा आयोजक यूएईलाई ७ रनले पराजित गर्दै नेपाल ८ वर्षपछि आईसीसी यू–१९ विश्वकपमा छनोट भएको छ।
अमेरिका, रुस र यूएईका ४ जना अन्तरिक्षयात्री ६ महिनाका अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा रहनेछन्।
प्रधानमन्त्री दाहालले एमाले अध्यक्ष ओलीले पुस २६ गतेको प्रतिनिधिसभा बैठकमा संसद् विघटन ठीक थियो भनेपछि आफूहरूले नयाँ विकल्प खोजे बताएका छन्।
कारोबार भएका १३ वटै उपसमूहको सेयर मूल्यमा गिरावट आएको छ।
रास्वपा महामन्त्री ढकालले राष्ट्रपति निर्वाचनमा कसलाई मत दिने भन्ने विषयमा पुस १० गते भएको सहमतिलाई मध्यनजर गर्दै पार्टीले निर्णय लिने बताएका छन्।
आईसीसी क्रिकेट विश्वकप लिग-२ मा यूएईले नेपाललाई २०८ रनको लक्ष्य दिएको छ।
माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले माओवादी स्थिर बसेर देशको विकास सम्भव नरहेको बताएका छन्।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले नयाँ केन्द्र स्थापना गरी राष्ट्रिय परिचयपत्रको आवेदन र वितरणको प्रक्रियालाई सहज बनाएको छ।
राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमाले पार्टीको मात्रै राष्ट्रपति भएको आरोप लगाएकी छन्।
नेपाल पर्यटन बोर्डले नेपाल भ्रमणका क्रममा विदेशी पर्यटकका लागि पथप्रदर्शक अनिवार्य गरेको छ।
ललितपुर गोदावरी-११ स्थित चिभाः लाछीमा रहेको चैत्यबाट बुद्धको मूर्ति चोरी भएको छ।
परिश्रम धेरै गर्नुपर्ने तर मूल्य कम पाइने भएकाले माटाको भाँडा बनाउने पेशा धान्न मुस्किल परेको कुस्मा नगरपालिका–८ का भीमबहादुर कुमालको भनाइ छ।
आफ्नै छोरीको हत्या गरेको आरोपमा बागलुङ जैमिनी–४ सर्कुवा बस्ने सायर दिन पक्राउ परेका छन्।