AnonymousUser

Logout

इन्डोनेसियामा भूकम्प, ५६ जनाको मृत्यु

इन्डोनेसियाको जाभामा ५.६ म्याग्निच्युडको भूकम्प जाँदा ५६ जनाको मृत्यु भएको छ भने ७०० जना घाइते भएका छन्।

उदयपुर–१ मा नारायण खड्कालाई पछ्याउँदै मञ्जु चौधरी

नारायण खड्कालाई नेकपा एमालेका मञ्जुकुमारी चौधरीले ३८७ मतले पछ्याइरहेकी छन्।

उदयपुर–१ मा नारायण खड्कालाई पछ्याउँदै मञ्जु चौधरी

नारायण खड्कालाई नेकपा एमालेका मञ्जुकुमारी चौधरीले ३८७ मतसहित पछ्याइरहेकी छन्।

बर्दिया-२ मा स्वतन्त्र उम्मेदवार लालवीरको अग्रता

बर्दिया-२ स्वतन्त्र उम्मेदवार लालवीर चौधरी ३ हजार ४३६ मतसहित अग्रता लिएका हुन्।

मुस्ताङका सबै क्षेत्रमा कांग्रेसका उम्मेदवार विजयी

मुस्ताङको प्रतिनिधिसभा र प्रदेशसभाका तीनवटै क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।

काठमाडौँ–८ मा सुमन सायमिको अग्रता कायमै

काठमाडौँ–८ मा सुमन सायमिको अग्रता कायमै राखेका छन्। उनलाई विराजभक्त श्रेष्ठले पछ्याइरहेका छन्।

चितवन–३ मा दिनेश काेइरालाको अग्रता

चितवन ३ मा दिनेश कोइरालाले अग्रता लिएका छन्। उनलाई राप्रपाका विक्रम पाण्डेले पछ्याइरहेका छन्।

जुम्लामा ज्ञानेद्र शाहीलाई प्रारम्भिक अग्रता

राप्रपाका ज्ञानेन्द्र शाही ६९ मतसहित अग्रता लिँदा ने‍कपा माओवादी केन्द्रकी गोमा गौतम २० मतसहित पछ्याइरहेकी छन्।

एमाले अध्यक्ष ओली गठबन्धनभन्दा दोब्बर मतले अगाडि

६ हजार २२५ मत गणना हुँदा ओलीले ३ हजार २१२ मत प्राप्त गरेका छन्।

बैतडीमा पनि मतगणना थालियो

मतगणना कार्य सोमबार अपराह्न साढे ४ बजेदेखि शुरु भएको मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले बताए।

डडेलधुरामा देउवाको शुरूआती अग्रता, सागर तेस्रोमा

डडेलधुरामा नेपाली कांग्रेसका शेरबहादुरले शुरुआती अग्रता लिएका छन्। उनलाई कर्ण मल्लले पछ्याइरहेका छन्।

काठमाडौँ-१ मा रवीन्द्र मिश्रले लिए अग्रता, पछ्याउँदै प्रकाशमान

काठमाडौँ-१ मा राप्रपाका रवीन्द्र मिश्रले अग्रता लिएका छन्, उनलाई नेपाली कांग्रेसका प्रकाशमान सिंहले पछ्याइरहेका छन्।

दाङ–१ मा मेटमणिको अग्रता कायमै, पछ्याउँदै शान्ता चौधरी

दाङ १ मा नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरीले अग्रता लिँदा नेकपा एमालेकी शान्ता चौधरीले पछ्याइरहेकी छन्।

कैलाली–३ मा नागरिक उन्मुक्तिको शुरूआती अग्रता

केलाली– ३ मा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरीले ६०० मतसहित अग्रता लिएका छन्।

८ वर्षपछि विश्वकपमा फर्केको नेदरल्यान्ड्स र मानेबिनाको सेनेगल : लक्ष्य पहिलो जित

विश्वकपको समूह ‘ए’ मा रहेको सेनेगल अफ्रिकी च्याम्पियन राष्ट्र हो भने त्यही समूहको नेदरल्यान्ड्स तीन पटकको विश्वकप उपविजेता हो। यी दुई देश मैदान उत्रिँदा दुवैको लक्ष्य पहिलो जित हासिल गर्ने नै हुनेछ।

प्रारम्भिक मत गणनामा पछि परे विष्णु पौडेल

रूपन्देही–२ को प्रारम्भिक मतगणनामा एमाले उपाध्यक्ष विष्णु पौडेल पछि परेका छन्। 

मुस्ताङ प्रदेशसभा (१) मा कांग्रेसका नम्डु गुरुङ विजयी

मुस्ताङको प्रदेशसभा (१) मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नम्डु गुरुङ विजयी भएका छन्

दाङ–२ मा रेखा शर्माको अग्रता, शंकर पोखरेल पछ्याउँदै

२७ सय ८० मतगणना हुँदा रेखा शर्माले १४ सय ५० मत ल्याएकी छन्। 

काठमाडौँ–२ मा शोबिताको शुरूआती अग्रता, ओनसरी तेस्रोमा

काठमाडौँ–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी शोबिता गौतमले प्राम्भिक अग्रता लिएकी छन्। उनलाई एमालेका मणिराम फुयाँलले पछ्याइरहेका छन्।

संखुवासभाका तीन मतदानस्थलका मतपेटिका हेलिकप्टरमा ल्याइयो

चीनको सीमावर्ती किमाथाङ्का, थुदाम र रिदाक मतदान केन्द्रका मतपेटिका सेनाको हेलिकप्टरमार्फत ल्याइएको हो।