कालोसूचीमा परेका निर्माण व्यवसायी, आपूर्तिकर्ता कम्पनी र परामर्शदाता कम्पनीले सो अवधिभर कुनै पनि सरकारी खरिद अनुगमन कार्यमा सहभागी हुन पाउने छैनन्।
सञ्चारमन्त्री रेखा शर्माले संसद्मा महिलाहरूले निभाएको भूमिकाको उचित मूल्यांकन हुन नसकेको गुनासो गरेकी छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन्।
जसपाले रामसहायप्रसाद यादवलाई उपराष्ट्रपतिको आधिकारिक उम्मेदवार बनाएसँगै प्रमिला कुमारी यादवले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेकी हुन्।
सोमबार सम्पन्न खेलमा पपुवा न्यू गिनीलाई ९ विकेटले पराजित गर्दै नेपालले विश्वकप छनोट सिधै खेल्ने सम्भावना कायम राखेको छ।
आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडीआई सिरिज अन्तर्गत पीएनजीले नेपालसामु ९६ रनको लक्ष्य प्रस्तुत गरेको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत नेताले माओवादीको तत्कालीन सशस्त्र संघर्षबारे नकारात्मक टिप्पणी गरिरहँदा त्यहाँ रहेका पूर्वमाओवादी नेता असन्तुष्ट छन्। तर कसैले पनि खुलेर बोल्न सकेका छैनन्।
आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडीआई सिरिजमा नेपालविरुद्ध ब्याटिङ गरिरहेको पपुवा न्यू गिनी संकटमा देखिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले अहिलेको परिस्थितिको मूल्यांकन गरिरहेको भन्दै तत्काल सरकारमा सहभागी नहुने बताएका छन्।
कोसी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश सरकारले पहिलो कार्यकालमै गाउँगाउँमा विकास पुर्याएको बताएका छन्।
आरआरआर फिल्मको नाटू-नाटू गीतले अस्करमा बेस्ट ओरिजनल सङको उपाधि जितेको छ।
गोदावरीस्थित चिभा लाछिःमा रहेको चैत्यबाट २ वटा मूर्ति चोरी भएका छन्। यसअघि पनि सोही चैत्यबाट एउटा मूर्ति चोरी भएको थियो।
पाल्पा रामपुरस्थित सीताराम माध्यमिक विद्यालयले माना, पाथी, हलो, जुवाँ, डोको, नाम्लो, ठेका, ठेकीलगायतका पुराना सामग्री संग्रहित गर्न थालेको छ।
शपथ समारोह
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले शपथ लिएका छन्। पौडेलले सोमबार राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित शपथ समारोहमा कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबाट शपथ लिएका हुन्।
हामीसँगै कृषि स्नातक गर्नुभएका लगभग ७० प्रतिशत साथीहरू अध्ययनका क्रममा अमेरिका पुगेका छन्। धेरैले विद्यावारिधि सम्पन्न गरेर अमेरिकी कृषि विकासमा राम्रो योगदान गरेका छन्।
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार (आज) कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबाट पद तथा गोपनीयताको शपथ लिँदैछन्।
सोमबार देशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली भई केही स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मोन्टी देसाईले प्रशिक्षण सम्हालेयता खेलेका १० खेलमध्ये ९ खेलमा नेपाल विजयी भएको छ। कप्तान रोहित पौडेल प्रशिक्षकले फ्रिडम दिँदा ब्याटिङ सुधारिएको बताउँछन्।
आइतबार सम्पन्न अन्तिम खेलमा नर्दन मारियाना आइल्यान्डलाई ६-० गोल अन्तरले पराजित गर्दै नेपाल समूह 'बी' को विजेता बनेको छ।
काठमाडौँ महानगरपालिका उपप्रमुख सुनिता डंगोलले नेपालभाषाको पाठ्यक्रम भाषा पढाउन नभई काठमाडौँको मौलिकता बुझाउन लागू गरिएको बताएकी छन्।