समाजको चरित्र यस्तो रहेछ, जसले कुनै कुरा बिर्सन दिँदैन। रेकर्ड राखिरहन्छ। कोही आफ्ना वा गाउँका मानिसलाई चिनाउँदा पनि ‘चौकीमा सुई लगाउँदा बितेको टिचर थिइन् नि, उनकी छोरी’ भनेर चिनाउने क्रम अझै जारी छ।
गएराति भएको क्वार्टरफाइनलको दोस्रो लेगमा म्यानचेस्टर सिटी र बार्यन म्युनिखले १–१ तथा इन्टर मिलान र बेन्फिकाले ३–३ गोलको बराबरी खेलेका थिए।
मृतकमध्ये अधिकांश अस्पतालमा भर्ना भएका बिरामी रहेको बताइएको छ। ७१ जनाको सकुशल उद्धार गरिएको थियो।
रियलसँग पराजित भएपछि चेल्सीका कप्तान थियागो सिल्भा क्लबको व्यवस्थापनप्रति रूष्ट देखिए। उनले क्लबको यो नतिजको जिम्मेवार खराब ट्रान्सफर रणनीतिले ड्रेसिङ रूममा ल्याएको बेमेल रहेको आरोप लगाए।
प्रधानमन्त्री दाहालले कृषि मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका बेला रासायनिक मल किन्न साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत् अघि बढाइएको ‘फास्ट–ट्रयाक’ प्रक्रिया विवादमा परेको छ।
राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपीए) द्वारा बुधबार सार्वजनिक जनसांख्यिक विवरण अनुसार यसवर्षको मध्यसम्म भारतको जनसंख्या १ अर्ब ४२ करोड ८६ लाख र चीनको १ अर्ब ४२ करोड ५७ लाख हुनेछ।
समस्या भएका सहकारीको सम्पत्ति बिक्री वा व्यवस्थापन गरेर बचतकर्तालाई रकम फिर्ता गर्ने जिम्मा पाएको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई ओरेण्टलका तत्कालीन अध्यक्ष बस्नेतले उल्झनमा राखेका छन्।
बुधबार सम्पन्न समूह 'ए' को पहिलो खेलमा ओमानले कतारलाई ४० रनले पराजित गरेको छ। ओमानले दिएको २५० रनको लक्ष्य पछ्याएको कतारले ४७.२ ओभरमा सबै विकेट गुमाउँदै २०९ रन मात्र बनायो।
यूएईले दिएको ३७२ रनको लक्ष्य पछ्याएको कुवेत ३६.३ ओभरमा सबै विकेट गुमाउँदै २२८ रनमा समेटियो। यूएईलाई विशाल स्कोरमा पुर्याउन वृत्य अरविन्दले १८५ र रोहन मुस्तफाले ११८ रन बनाए।
यार्सा संकलन गर्ने समयअगाडि नै लुकीछिपी पाटन नछिर्न शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जले सर्वसाधारणलाई आग्रह गरेको छ। निकुञ्ज कर्मचारी र सेनाले सो क्षेत्रमा गस्ती गरिरहेका छन्।
नेप्से परिसूचकमा बुधबार दोहोरो अंकले सुधार भएको छ। कालीञ्चोक दर्शन लिमिटेड र मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
एमाले सांसद सुब्बाले पुरानै अवस्थामा कित्ताकाट खोल्ने निर्णयले जमिनको खण्डीकरण बढाउने र कृषिभूमि समाप्त पार्ने बाटो खुल्ने बताएकी छन्।
उम्मेदवारहरूले भानु र व्यास नगरपालिका केन्द्रित अभियान चलाउँदा बन्दीपुर गाउँपालिकामा चुनावी रौनक छैन। बन्दीपुर–३, रामकोटका स्थानीयहरू यसअघि जितेर जानेले पनि बेवास्ता गरेको गुनासो गर्छन्।
फक्स न्युजको मानहानि मुद्दा समाप्त भएको भने छैन। अर्को चुनावी प्राविधिक कम्पनी स्मार्टम्याटिक्सले समेत फक्समाथि मानहानि मुद्दा चलाएको छ।
यूएईका वृत्यले १८५ रनको शतकीय इनिङ्स खेले। उनले १४७ बलमा १७ चौका र ९ छक्का प्रहार गरे। अनुभवी ब्याटर रोहन ११८ रनमा आउट भए। मुस्तफाले १२५ बलमा १० चौका र ४ छक्का प्रहार गरे।
विमानस्थलमा अनलाइन यूपीएस जडान गर्नका लागि आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान बन्द गर्न लागिएको हो।
रुस भ्रमणका क्रममा त्यहाँका दुवै सदनका प्रमुख, सरकारी उच्च अधिकारीसहित नौ जना विशिष्ट व्यक्तित्वसँग भेट हुने अध्यक्ष तिमिल्सिनाले बताएका छन्।
सांगठनिक अपराध र लागूऔषध तस्करीका प्रमुख क्षेत्रलक्षित अनुसन्धानका क्रममा पछिल्लो तीन सातामा इन्टरपोलले २०३ टन कोकिन र अन्य लागूऔषध बदामद गरेको छ।
स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेल मंगलबार बेलुका त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए। चिकित्सकको सल्लाहअनुसार उनलाई थप उपचारका लागि दिल्ली लगिएको हो।
अस्पतालका कलेजो प्रत्यारोपण सर्जन, प्राध्यापक डा. रमेश सिंह भण्डारी नेतृत्वको टोलीले मंगलबार दशौँ प्रत्यारोपण गरेको हो।