AnonymousUser

Logout

प्रधानन्यायाधीशको सिफारिस हुन सकेन, संवैधानिक परिषद् बैठक निष्कर्षविहीन

बुधबार बिहान सिंहदरबारमा बसेको बैठकमा प्रधानन्यायाधीश नियुक्तिका बारेमा छलफल भए पनि कुनै निर्णय भने नभएको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बताएका छन्।

प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक परिषद्को बैठक जारी

यसअघि एमाले अध्यक्ष ओली निवास बालकोटमा प्रधानमन्त्री दाहाल, ओली र देउवाबीच भएको छलफलमा प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अगाडि बढाउने सहमति भएको थियो। 

राष्ट्रपति पौडेलको स्वास्थ्यमा समस्या, उपचारका लागि दिल्ली लगिँदै

पेटको समस्यामा सुधार नआएपछि चिकित्सकको सल्लाहअनुसार राष्ट्रपति पौडेललाई नयाँदिल्ली लैजान लागिएको उनको सचिवालयले जनाएको छ। 

काठमाडौँ महानगरभित्र पूर्वाधार निर्माण गर्दा ७ सर्त अनिवार्य

निर्माण कार्य गर्दा तोकिएको सर्त पालना नगरे पाँच हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना गरिने र अनधिकृत रूपमा राखिएका सामान उठाएर लगिने महानगरले जनाएको छ। 

सुशासन कायममा स्थानीय सरकारको भूमिका

प्रणाली स्थापना गर्न खोज्ने केही सदाचारी कर्मचारीहरू हुँदै नभएका भने होइनन्। मरुभूमिमा पानीका थोपाझैँ देखिन्छ तिनको हैसियत।

सुडानमा युद्धविरामका बाबजुद हिंसा जारी, २०० सर्वसाधारणको मृत्यु

सेना र अर्धसैनिक बल दुवै पक्षले आ–आफ्नो नेतृत्वमा सरकार चलाउने अडान लिएसँगै सुडानमा हिंसा चर्किएको छ।

रियल मड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा, चेल्सी पराजित

रियल मड्रिड क्वार्टरफाइनलको दुवै लेगमा इंग्लिस क्लब चेल्सीलाई पराजित गर्दै समग्रमा ४–० को नतिजासहित च्याम्पियन्स लिगको अन्तिम चारमा पुगेको छ।

बलियो प्रतिस्पर्धीमाझ आत्मविश्वासी नेपाली टोली

“हाम्रो समूहको बलियो टोली ओमान नै हो। त्यो खेल जित्यौँ भने समूह चरणको शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुग्ने सम्भावना बलियो हुन्छ। त्यसैले बेस्ट दिन्छौँ,” कप्तान रोहित भन्छन्।

उपनिर्वाचन प्रचारप्रसारमा हेलिकप्टर प्रयोग गर्न नपाइने

निर्वाचन आचारसंहिताको पूर्ण कार्यान्वयनका लागि सरकारी निकाय तथा निजी हेलिकप्टर सेवा प्रदायकलाई आयोगको सहमतिविना निर्वाचन प्रचारप्रसारको कार्यमा हेलिकप्टर सेवा उपलब्ध नगराउन आयोगले आग्रह गरेको छ।

प्रदूषणले घटाउँदै छ आयु

डढेलो र धुवाँ फाल्ने पुराना सवारी मात्र नियन्त्रण गर्दा काठमाडौँ उपत्यका श्वास लिनलायक बन्ने विज्ञहरू बताउँछन्। यति काम पनि नगर्दा बढ्दो प्रदूषण आयु छोट्याउने कारण बन्दैछ।

चितवन–२ को भरतपुरबाट स्थलगत : रविको ‘क्रेज’बीच मतदाता फर्काउने प्रयासमा कांग्रेस र एमाले

मंसिर ४ को निर्वाचनमा भरतपुर क्षेत्रबाट रवि लामिछानेले अत्यधिक मत पाएका थिए। यसपटक कांग्रेस, एमालेसहित तीनै दलले चुनावी अभियानलाई भरतपुरमै केन्द्रित गरेका छन्।

रवि लामिछाने गृहमन्त्री हुँदा गरेको राष्ट्रिय परिचयपत्रसम्बन्धी निर्णय मन्त्रिपरिषद्‍बाट खारेज

मन्त्री शर्माले मन्त्रिपरिषद् बैठकले लामो समयदेखि रोकिएको जग्गा कित्ताकाट खुला गर्ने निर्णय गरे‍को जानकारी दिइन्।

अन्नपूर्ण हिमालमा एक आरोहीको मृत्यु

अन्नपूर्ण हिमाल आरोहणका क्रममा एक आरोहीको मृत्यु भएको छ भने एक जना हराइरहेका छन्। 

चक्रपथको दोस्रो खण्ड पछि भत्काउन नपर्ने गरी निर्माण गरिँदै

आगामी दिनमा सरकारले चाहँदा चक्रपथमा मेट्रो रेल,  मोनो रेल वा अरू कुनै संरचना बनाउन सकिने गरी केन्द्रमा कम्तीमा तीन मिटरको खाली ठाउँ राखिने गरी छलफल भइरहेको सडक विभागले जनाएको छ।

मिटरब्याज पीडित

मिटरब्याज पीडितको धर्ना

प्रहरीले अमानवीय व्यवहार गरेको भन्दै मिटरब्याज पीडितले धर्ना जारी राखेका छन्। राज्यबाटै आफूहरूको आन्दोलन भड्काउने, उत्तेजित पार्ने काम भएको उनीहरूको गुनासो छ। सोमबार शान्तिवाटिकाबाट सिंहदरबारतर्फ गइरहेको शान्तिपूर्ण जुलुसमा प्रहरीले ज्येष्ठ नागरिक, अशक्त तथा बिरामीमाथि कुटपिट गरेको, महिलामाथि पुरुष प्रहरीले आक्रमण तथा दुर्व्यवहार गरेको मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर संघर्ष समितिले जनाएको छ।

‘ए’ डिभिजन लिग : एनआरटीसँग खुमलटार पराजित

एनआरटीलाई जित दिलाउन सरोज तामाङ, सञ्जीव विष्ट र मोहित गुरुङले समान एक/एक गोल गरे। खुमलटारका श्याम मुर्मूले एक गोल फर्काए।

प्रश्न उठेपछि राष्ट्रपतिले फिर्ता गरे पूर्वसभामुखका रूपमा लिएको गाडी

सार्वजनिक रूपमा प्रश्न उठेपछि राष्ट्रपति पौडेलले पूर्वसभामुखका रूपमा प्रयोग गरिरहेको गाडी संसद् सचिवालयमा फिर्ता गरेका छन्।

नेप्सेमा कारोबार रकम ८७ करोडमा खुम्चियो

मंगलबार २६६ वटा कम्पनीका २९ लाख ७५ हजार ९२० कित्ता शेयर ८७ करोड चार लाख ४८ हजार बराबरको कारोबार भएका छन्।

कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु, थपिए १७१ संक्रमित

मंगलबार देशभर ३९७ जना सक्रिय संक्रमित छन् भने ८५ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्।

भारतमा खुल्यो एप्पलको पहिलो स्टोर, सीईओ टिम कुकले गरे उद्घाटन

भारतको मुम्बईमा पहिलो पटक एप्पलको औपचारिक खुद्रा स्टोर खुला गरिएको छ। स्टोरमा ५० प्रतिशत महिला कर्मचारी हुने र स्टोरको नेतृत्व पनि महिलाकै हातमा रहने बताइएको छ।