AnonymousUser

Logout

लेक चढ्न थाले भेडी गोठ

पहिला लेकतिर हजारौँ भेडाबाख्रा हुने गरे पनि,पछिल्लो समय गोठ राख्ने चलन हराउँदै गएको भेडा गोठाला बताउँछन्। युवापुस्ता लेकमा बस्न छाडेको हुँदा धेरैले घरैमा खोर बनाएर भेडाबाख्रा पाल्न थालेका छन्।

पहाडी भूभागमा वर्षा र पूर्वी तराईमा हावाहुरीको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले देशका अधिकांश पहाडी भूभागमा वर्षा र कोशीको तराई भूभाग र मधेश प्रदेशका केही स्थानमा हावाहुरीको सम्भावना रहेको जनाएको छ।

वातावरणीय न्यायका लागि छुट्टै न्यायाधिकरणको बहस

सरकार आफैँ निजगढको ठूलो प्राकृतिक जंगल मासेर निजगढ विमानस्थल बनाउन कस्सिएको छ, जसको प्राकृतिक भरण पोषण प्राय: असम्भव छ।

११ सय वर्ष पुरानो हिब्रु बाइबल ३ करोड ८० लाख डलरमा लिलामी

पुरानोमध्येको एक मानिएको हिब्रु बाइबलको पाण्डुलिपि एक जना बैंकर तथा कला संग्रहकर्ताले बेचेकी हुन्। खरिदकर्ता रोमानियाका लागि अमेरिकाका पूर्वराजदूतले यो बाइबल तेल अभिभको संग्रहालयलाई राख्न दिनेछन्।

सजायमा छुट दिने मागदाबीसम्बन्धी निर्देशिकाप्रति प्रहरी र बार असन्तुष्ट

महान्यायाधिवक्ताको कार्यालयबाट जारी भएको सजायमा छुट दिने मागदाबीसम्बन्धी निर्देशिकाका व्यवस्था अनुसन्धानकर्मी र पीडित पक्षको हितमा नभएको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्।

युक्रेनी शहर बखमुत रुसको कब्जामा गइसकेको छैन : जेलेन्स्की

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बखमुत शहर रुसको नियन्त्रणमा गइनसकेको बताएका छन्।

सजायमा छुट दिने मागदाबीसम्बन्धी निर्देशिकाप्रति महानिरीक्षक कुँवर असन्तुष्ट

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर पीडकको मागदाबीलाई धेरै स्थान दिँदा अनुसन्धान गर्ने निकाय र पीडित पक्ष झनै अन्यायमा पर्नसक्ने बताउँछन्।

संक्रमणकालीन न्यायसम्बन्धी बाँकी काम २ वर्षभित्रै टुंग्याउने प्रधानमन्त्रीको प्रतिबद्धता

प्रधानमन्त्री पुष्पकमल दाहालले केही दिनभित्रै संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसद्बाट पारित हुने बताएका छन्।

एनआरटीसँगको दोस्रो खेलमा मछिन्द्रलाई ३ अंक

‘ए’ डिभिजन लिगमा साबिक विजेता मछिन्द्रले एनआरटीलाई पराजित गरेको छ। ओलाओले अफिज र शौरभ लिम्बूले गोल गर्दै मछिन्द्रलाई जित दिलाए।

लगातार ६ खेलमा जितविहीन मनाङ

लगातार ६ खेलमा पराजय बेहोरेपछि मनाङका प्रशिक्षक किरण श्रेष्ठले राजीनामा दिए। त्यसपछिका चार खेल प्रशिक्षविहीन खेलेको मनाङले पछिल्लो पटक आर्मीविरुद्ध जित हात पारेको थियो।

व्यापार घाटा १२ खर्ब नाघ्यो

भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि वैशाखसम्म १३ खर्ब ३५ अर्ब ३२ करोड रुपैयाँ बराबरको वस्तु तथा सामग्री आयात भएको छ।

किमिचलाई भित्र्याउने होडमा बार्सिलोना

बार्सिलोनाले सर्जियो बुस्केट्सको स्थानमा जर्मन मिडफिल्डर जोसुवा किमिच भित्र्याउने इच्छा देखाएको छ। उनको बजार मूल्य करिब ८० मिलियन युरो छ।

नक्कली भुटानी शरणार्थी प्रकरण : प्रहरीले अनुसन्धान प्रतिवेदन सोमबार मात्र बुझाउने

आवश्यक तयारी पूरा नभएपछि प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई सोमबार बुझाउने भएको छ।

उच्च अदालतले सुनायो पृथ्वी मल्ललाई ४ वर्ष कैद सजाय

उच्च अदालत पाटनले पृथ्वी मल्लले लापरबाहीपूर्वक सवारी चलाएर दुर्घटना गराउँदा पीडितको ज्यान गरेको ठहर गर्दै उनलाई चार वर्ष कैद सजाय सुनाएको छ।

माओवादी केन्द्रको प्रष्टीकरण : लडाकु शिविरमा अनियमितता भएको छैन

माओवादी केन्द्रले तत्कालीन लडाकु शिविरमा कुनै पनि आर्थिक अनियमितता नभएको स्पष्टीकरण दिएको छ।

सन्दीपविरुद्धको मुद्दामा किशोरीको जन्मदर्ताको सक्कल झिकाउन आदेश

सन्दीप लामिछानेविरुद्धको मुद्दामा पीडित किशोरीको दुई वटा जन्ममिति देखिएपछि काठमाडौँ जिल्ला अदालतले प्रमाण बुझ्न उनको जन्मदर्ताको सक्कल झिकाउन आदेश दिएको छ।

रातो मत्स्येन्द्रनाथको रथ बांगिदा गुठी संस्थान र समुदायबीच एकअर्कालाई दोषारोपण 

२०३१ सालमा पुल्चोकमा रथ ढल्दा ३१ जना घाइते भए, एक जनाको ज्यान गयो। २०६१ सालमा सुन्धारामा रथ पल्टिएर ४१ जना घाइते भए। भविष्यमा दुर्घटनाबाट जोगिन सावधानी अपनाउनुपर्ने विगतका घटनाहरूले देखाएका छन्। 

बागमतीका नवनियुक्त मन्त्रीले लिए शपथ

बागमती प्रदेशमा नवनियुक्त ६ जना मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।

नीति तथा कार्यक्रममाथि राष्ट्रियसभा सदस्यको मिश्रित प्रतिक्रिया

राष्ट्रियसभाको बैठकमा सत्तापक्षका सांसदहरूले नीति तथा कार्यक्रमको समर्थन गरेका छन् भने प्रतिपक्षका सांसदले असहमति प्रकट गरेको छन्।

बेरुजु फर्स्योट प्राथमिकतामा परेन, अडिटरले निकाल्ने काम मात्रै हो भन्नेजस्तो भयो : महालेखापरीक्षक शर्मा

महालेखापरीक्षक टंकमणि शर्मा दंगालले बेरुजु फर्स्योट प्राथमिकतामा नपरेको बताएका छन्। बेरुजु भनेको अडिटरले निकाल्ने काम मात्रै हो भनेजस्तो भएको उनको भनाइ छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।