सेती नदीमा बाँध निर्माण गरी छ हजार ४०० मिटर लामो भूमिगत पाइपमार्फत पानी ल्याएर १८७ मिटर उचाइबाट पावर हाउसमा खसालेर विद्युत् उत्पादन गर्ने योजना छ।
छिमेकमा चलेको धार्मिक राजनीतिको हावाको प्रभावले होला, समाजले विद्यमान जातीय खाडलको दूरीलाई अझ मलजल गर्ने र फैलाउने दुस्साहस गर्दै छ।
दुर्घटनामा गुल्मी मालिका गाउँपालिका–४ अर्खवाङका सुजन अर्याल र मालिका–८ सिमलटारीका प्रकाश पन्थीको मृत्यु भएको छ।
वेम्बली स्टेडियम लन्डनमा भएको फाइनलमा सिटीले म्यानचेस्टर युनाइटेडलाई २–१ ले पराजित गर्दै उपाधि जितेको हो। सिटीका लागि दुवै गोल इल्केए गुन्डोगानले गरे।
नेपाली कांग्रेसले नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक संकट टार्दै राष्ट्रिय एकताको रक्षा गरेको बताएको छ।
प्रधानमन्त्री दाहालले भारत भ्रमणका क्रममा इपीजीको विषयलाई उचालेर आर्थिक र दुई पक्षीय सहयोगको क्षेत्र विस्तारको परिणाममुखी वातावरण बिगार्न नचाहेको बताएका छन्।
‘ए’ डिभिजन लिगमा थ्री स्टारले एपीएफसँग बराबरी खेल्दा अर्को खेलमा आर्मीलाई सातदोबाटोले पराजित गरेको छ।
इन्द्रचोकको चोखाछेँ गल्लीभित्रको साँगुरो चोकमा दिनैभरिजसो भीड लाग्छ, महिलाहरूले चलाएको खाजा पसलमा ग्राहकहरू विशेषगरी योमरी, बारा, र चिया खान पुग्छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमण सफल र परिणाममुखी रहेको दाबी गरेका छन्।
एमाले संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणका क्रममा गैरजिम्मेवार र राष्ट्र हितविपरीत अभिव्यक्ति दिएको भन्दै संसद्मा जवाफ माग गर्ने निर्णय गरेको छ।
दक्षिणपूर्वी रेलवेका अनुसार घाइते यात्रुहरूलाई राज्यको गोपालपुर, खन्तपारा, बालासोर, भद्रक र सोरोका अस्पताल भर्ना गरिएको छ।
भारतको औपचारिक भ्रमण सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्किएका छन्।
सरकारले सहकारीमा राखेको बचत फिर्ता गरिदिनुपर्ने माग राख्दै बचतकर्ताहरूले शनिबार काठमाडौँको माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका छन्।
सर्वसाधारणले कला बुझ्दैनन् वा बुझ्न सक्तैन भन्ने मानसिकता चिर्न भित्तेचित्र अभियान चलाइरहेका कलाकार लक्ष्मण श्रेष्ठ भन्छन्– घरका भित्ता तथा पर्खाल सार्वजनिक हुन्, चित्र कोर्न पाउनुपर्छ।
गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले थालेको अनुसन्धानलाई खेर जान नदिने बताएका छन्।
तराई/मधेशको पर्यावरणीय सन्तुलनका लागि आँपको वृक्षारोपणले योगदान गर्न सक्छ। सँगै, एउटा पुस्ताले लगाएको आँपबाट त्यसपछिका पुस्ताले व्यावसायिक लाभ पनि लिन सक्नेछन्।
नेपाली कांग्रेसका सभापति देउवाले कसैको विरोध गरेर पार्टी ठूलो नबन्ने बताएका छन्। अब युवा पुस्ता मिलेर कांग्रेसलाई बलियो बनाउनुपर्ने उनको भनाइ छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र मेरा बीचमा खुलेर जसरी कुरा भयो, एउटा विश्वासको राम्रो वातावरण बन्यो। त्यो स्तरमा विगतमा खुलेर कुराकानी त्यति हुने गर्दैनथ्यो।
गाडीबाट खसेर घाइते भएकी महिलाको सल्लाघारीस्थित डा. इवामुरा मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु हो। उनको परिचय खुल्न सकेको छैन।
शनिबार भएको खेलमा घरेलु टोली मलेसियाले नेपाललाई ४ विकेटले पराजित गरेको छ। योसँगै पाँच खेलको सिरिज २/२ को अवस्थामा पुगेको छ।