नेपालको जितमा आशिफ शेख, ज्ञानेन्द्र मल्ल र कुशल मल्लले अर्धशतकीय पारी खेले।
प्रहरी उपरीक्षक सीताराम रिजालले आगजानी र तोडफोडमा संलग्न २९ र मोबाइल लुटपाटमा संलग्न ११ जनालाई पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिए।
सिलिन्डर ग्यास लिक भएर गम्भीर घाइते भएका सांसद भण्डारीको भारतको मुम्बईमा उपचार भइरहेको छ।
कोषले यस पटकको महाशिवरात्रिमा झन्डै २० लाख दर्शनार्थीले पशुपतिको दर्शन गर्ने अनुमान गरेको छ।
'बेलुन घटना'पछि चीन-अमेरिका सम्बन्ध थप चिसिएको छ। अमेरिकी राष्ट्रपति बाइडेनले यही घटनाबारे चिनियाँ राष्ट्रपति सी चिनफिङसँग कुराकानी गर्ने भएका छन्।
महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा पाँच हजारभन्दा बढी साधुसन्त आएका छन्।
नामिबियाका लागि जान ग्रीनले अविजित ७५ रन बनाए। ग्रीनले ६३ बलमा ११ चौका र १ छक्का प्रहार गरे।
हाल १३ शान्ति मिसनमा ५४९ महिलासहित छ हजार ५९ नेपाली शान्ति सैनिक परिचालित छन्। शान्ति स्थापनाका लागि धेरै सेना खटाउने मुलुकको सूचीमा नेपाल दोस्रो स्थानमा छ।
नेपाली सेना दिवस
काठमाडौँ– नेपाली सेना दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा युद्धकला, शिवरात्रि परेड, तोप बढाइँ, कवाज र आतसबाजी प्रदर्शन गरिएको छ। नेपाली सेनाले शनिबार मुलुकभर विविध कार्यक्रम गरी २६०औँ स्थापना दिवस मनाएको हो। महाशिवरात्रि तथा सेना दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाले विशेष कला प्रदर्शनी गरेका थियो। हेलिकोप्टरबाट राष्ट्रिय झण्डासहित सेना दिवसको ब्यानर प्रदर्शनी र पुष्पवृष्टि गरिएको थियो। सेना दिवसका अवसरमा सैनिक मञ्चमा परेड शस्त्राभ्यास तथा तोप बढाइँ, कवाजलगायत विविध सैनिक कला र सांस्कृतिक कार्यक्रम सञ्चालन भएका थिए।
'साइबर सुरक्षा', 'डिजिटल सुरक्षा' तथा 'जलवायु सुरक्षा'लगायत नयाँ चुनौतीहरूलाई सम्बोधन गर्ने गरी समयसापेक्ष उपकरण र प्रविधिले सुसज्जित गर्दै सेनाको आकार घटाउन सकिन्छ।
गुल्मी जिल्ला अस्पतालमै विशेषज्ञ डाक्टर आएपछि हाडजोर्नी तथा नशासम्बन्धी सामान्य समस्या हुँदासमेत पाल्पा, बुटवल र काठमाडौँ जानुपर्ने बाध्यता हटेको छ।
ज्येष्ठ नागरिक र अशक्तले पशुपतिनाथको दर्शन गर्न लाइनमा बस्नु नपर्ने गरी व्यवस्था मिलाइएको छ।
दुर्घटनामा जिप चालक केआईसिंह–१ डुम्राकोटका गोविन्द शाही र वडा नं २ जारीमभाडीका धनबहादुर तिरुवाको घटनास्थलमै मृत्यु भएको छ।
आज १० लाख भन्दा बढी दर्शनार्थीले पशुपति दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरिएको छ।
आजका विश्वमा स्टालीनजस्ता तानाशाह वा इदि अमीनजस्ता मानव संहारक छैनन्। बरू उल्टो मायावी नेताहरू तानाशाहका रूपमा उदित छन्। उनीहरूको प्रमुख माध्यम सूचनाको हेराफेरी र देखावटी लोकतन्त्र हो।
दिउँसो प्रदेश १ मा आंशिक बदली हुने र बाँकी स्थानको मौसम सफा रहने छ।
चौथो नम्बरमा ब्याटिङ गर्न आएका बायाँ हाते कुशल मल्ल नेपालको जितमा महत्त्वपूर्ण साबित भए। उनले ६७ बलमा ९ चौका र ४ छक्कासहित ८१ रनको इनिङ्स खेले।
राष्ट्रपतिबाट पुष्कर गौतम, सांसद अरुणकुमार चौधरीसहित १४ जनाको सजाय माफी भएको छ।
राष्ट्रपति भण्डारीले स्थानीय तहमा उम्मेदवारी दिएकाहरूको जरिबाना रकम माफी मिनाहा गरिदिएको राष्ट्रपति कार्यालयले जनाएको छ।
एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग चिनियाँ राजदूत चेन सोङले बालकोट पुगेर शिष्टाचार भेटवार्ता गरेका छन्।