संघीय मामिला मन्त्रालयले सबै मन्त्रालय, आयोग र सचिवालयहरूलाई १५ दिनभित्र आफ्नो कार्यालयअन्तर्गत कार्यरत स्थायी कर्मचारीको दरबन्दी पठाउन पत्राचार गरेको छ।
मंगलबारको कारोबारमा २२ वटा कम्पनीको मूल्य मात्रै घटेको छ भने अरू सबै कम्पनीको बढेको छ। नेप्सेका सबै समूहको उपसूचक हरियो देखिएको छ।
बेलायतको नटिंघममा भएको आक्रमणमा तीनको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्। घटनामा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन्।
पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिव डा. मिलनकुमार थापाले जलहरीमा १० केजी सुन नपुगे आफू फाँसीको सजाय भोग्न तयार रहेको बताएका छन्।
छाती दुख्ने समस्या देखिएपछि राष्ट्रपति पौडेललाई मंगलबार काठमाडौँको बाँसबारीस्थित शहीद गंगालाल हृदयरोग केन्द्रमा भर्ना गरिएको छ।
कला प्रदर्शनी
राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ अन्तर्गत नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले आयोजना प्रदर्शनी मंगलबार सम्पन्न भएको छ। जेठ २५ गतेबाट शुरू भएको प्रदर्शनी मंगलबार रास्वपा सभापति रवि लामिछानेले अवलोकन गरेपछि सम्पन्न भएको हो। यसअघि पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, अर्थमन्त्री प्रकाशशरण महत, संस्कृति पर्यटनमन्त्री सुदन किराँती, नेतृ हिसिला यमि लगायतका नेताहरूका साथै केही कलाकारले पनि प्रदर्शनीको अवलोकन गरेका थिए। प्रदर्शनीमा राजनीतिक व्यंग्यदेखि समसामयिक चित्रकला, हस्तकला, वास्तुकला राखिएको थियो। महिलाका मुद्दा, बालबालिकाको मानसिकता, जलवायु परिवर्तनले पृथ्वीमा परेको असर, बसाइँसराइ लगायतका विषयमा कला कुँदिएका थिए। ६१६ जना कलाकारको ६७९ वटा कलाकृतिहरू प्रदर्शनीमा राखिएका थिए। प्रदर्शनीमा अहिलेसम्म ललितकलाका विविध पुरस्कार जित्न सफल कला पनि राखिएको थियो। तस्वीर : कृष्पा श्रेष्ठ/उकालो
नेपाली राष्ट्रिय टोलीको लागि सर्वाधिक गोलकर्ता रहेकी उनले अन्तर्राष्ट्रिय खेलमा ४२ गोल गरिसकेकी छन्।
बैरागी काइँलाले सरकारले आयकर लगाउने नियमित आम्दानीमा भएको भन्दै पुरस्कारमा कर लगाउन नहुने जिकिर गरे।
आर्थिक सूचकअनुसार मन्दीको प्रभाव बजार र सर्वसाधारणको जीवनस्तरमा परिरेहेको बेला आएको नयाँ बजेटले चालु आर्थिक वर्षको तुलनामा करको दर र दायरा दुवै बिस्तार गरेको छ।
लामो समयदेखि पाठ्यपुस्तकको मूल्यवृद्धि नभएको र कच्चापदार्थको भाउ दोब्बर भएकाले तत्काल मूल्य पुनर्विचारका लागि पहल गर्नसमेत संगठनले माग गरेको छ।
निगमलाई व्यावसायिक रूपमा सञ्चालन गर्न र दुर्गमका जनतालाई समेत सेवा प्रदान गर्न नयाँ जहाज किन्नुपर्ने आवश्यकता रहेको पर्यटनमन्त्री किराँतीले बताएका छन्।
यातायात व्यवस्था विभागले ट्याक्सीको आकार, यान्त्रिक क्षमता तथा उपलब्ध सुविधाका हिसाबले वर्गीकरण गर्ने तयारी गरेको छ।
तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले समय गुजारेर थाँती राखेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडलले जेठ १७ गते प्रमाणीकरण गरेका थिए।
नेपाली बजारमा छापावाल सुन प्रतितोला एक लाख १२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।
८८ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ७८ रनमात्रै बनाउन सक्यो। नेपालका लागि ओपनर कविता कुँवरले सर्वाधिक २० रन जोडिन्।
चितवनको इच्छाकामना गाउँपालिकाको पहाडी दुर्गम बस्तीका स्थानीयले अझै विद्युत् उपयोग गर्न पाएका छैनन्। वडा नं १ र २ मा विद्युतीकरणका लागि चार वर्षअघि ठेक्का लागे पनि ठेकेदारले काम नगरेपछि ढिलो भएको हो।
देशभर ३०० निजी, २१८ सामुदायिक र २१ आंगिक क्याम्पसमा १०० जनाभन्दा कम विद्यार्थी रहेको विश्वविद्यालय अनुदान आयोगले जनाएको छ।
हिउँदयाममा खेतीबाली लगाउन समस्या परेपछि 'लिफ्टिङ' प्रविधि अपनाइएको हो। अब समयमा नै धानको ब्याड राख्न पाइने र मकै सुकेर क्षति ब्यहोर्नुपर्ने समस्या हट्ने स्थानीयको अपेक्षा छ।
पहिलो सेट २१–२५ ले गुमाएको गणतान्त्रिक त्यसपछि लगातार तीन सेटमा २५–२०, २५–१९ र २५–२२ ले विजयी भयो। आयोजक ओमश्रृजनसिल समाजलाई पाखा लगाउँदै न्युटन एकेडेमी तेस्रो बन्यो।
नयाँ पुस्ताले पुरानो राष्ट्रवादको अवधारणाभन्दा देशप्रेमको अवधारणा बोक्नुपर्छ। पहाडी–शाहवंशीय–हिन्दू–ब्राम्हण–क्षेत्रीभित्रको पनि धनी वर्ग मात्रै अट्ने राष्ट्रवादले हाम्रो हित गर्दैन।