AnonymousUser

Logout

संसद्‌मा सुमना श्रेष्ठको प्रश्न– जेपी स्कूल अतिक्रमण गर्नेलाई कसले संरक्षण गरिरहेको छ?

सरकारले नै सामुदायिक विद्यालयको स्तर खस्काएर महँगो प्राइभेट स्कुलमा पढाउन बाध्य पारेको श्रेष्ठको भनाइ थियो। 

ग्रीसमा डुंगा दुर्घटना: मृत्यु हुनेको संख्या ७९ पुग्यो, १०० भन्दा बढी बेपत्ता

ग्रीसको सरकारले यो सबैभन्दा ठूलो आप्रवासी त्रासदीमध्ये एक भएको जनाउँदै तीन दिन शोकको घोषणा गरेको छ। 

वैकुण्ठ अर्याललाई मुख्य सचिव बनाउने सरकारको निर्णय, वैरागी राष्ट्रिय सुरक्षा सल्लाहकार

असार ३ मा पाँच वर्षे कार्यकाल सकिएर अवकाशमा जान लागेका अर्याललाई सरकारले कार्यकाल सकिनु चार दिनअघि मुख्य सचिव नियुक्त गरेको छ। 

यस्तो छ प्रस्तावित प्रधानन्यायाधीश कार्कीको कार्ययोजना 

कार्कीले अदालतमा हुन सक्ने अनियमितता र भ्रष्टाचारजन्य कार्यप्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्ने, अनुगमन तथा निगरानीमूलक संयन्त्रलाई क्रियाशील बनाउनेलगायत कार्ययोजना प्रस्तुत गरेका छन्। 

प्रस्तावित प्रधानन्यायाधीश कार्कीको सुनुवाइ जारी

सिंहदरबारमा बिहान ८:३० बजे शुरू भएको सुनुवाइमा कार्कीले आफ्ना कार्ययोजना प्रस्तुत गरिरहेका छन्। यसपछि समितिका सदस्यले उनीमाथि प्रश्न सोध्नेछन्। 

क्रोएशिया नेसन्स लिगको फाइनलमा, नेदरल्यान्ड्स पराजित 

क्रोएशियाले उपाधिका लागि इटाली वा स्पेनसँग खेल्नेछ। फाइल खेल सोमबार हुनेछ। 

अवैध रूपमा औषधि पसल सञ्चालन गर्ने ९ भारतीय पक्राउ

पक्राउ परेका भारतीय नागरिकलाई अनुसन्धान गरी कारबाहीका लागि स्वास्थ्य विभाग पठाइने प्रहरीले जनाएको छ।

माफी मिनाहा: बदल्नुपर्छ संवैधानिक प्रावधान

माफीको प्रयोगलाई सत्ता समीकरण मिलाउन प्रयोग गर्दै जाने हो भने यसले न्यायप्राप्तिको लडाइँ तथा न्यायको प्रत्याभूति गर्ने संवैधानिक व्यवस्थासमेत निस्तेज पार्न सक्छ। 

मनसुनी प्रणालीको प्रभाव, कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना 

देशका मध्य तथा पश्चिम तराईका भूभागमा अत्यधिक गर्मी यथावत् रहेको महाशाखाले जनाएको छ। 

बोराभित्र भेटियो महिलाको शव, श्रीमान् पक्राउ

मनोज र रंगिलाबीच गत वैशाख १ गते प्रेम विवाह भएको थियो। मृतक रंगिलाले दुई वटा सिम प्रयोग गर्ने गरेको र सोही कारण मनमुटाव हुने गरेको पाइएको छ।

ग्रीसमा ४०० यात्रु सवार डुंगा डुब्दा कम्तीमा ७८ आप्रवासीको मृत्यु, १०० जनाको उद्धार

मृत्यु हुनेमा प्राय: सबै अफगानिस्तान र पाकिस्तानका पुरुषहरू रहेको द गार्डियनले जनाएको छ। तर, इटाली जाँदै गरेका ती आप्रवासी कसैले पनि तत्काल आफ्नो राष्ट्रियता खुलाउन नचाहेको बताइएको छ।

घरेलु कामदारमा समेत नेपालीलाई लैजान यूएई इच्छुक, नेपालबाट न्यूनतम तलब सुनिश्चितताको प्रस्ताव

नेपालले यूएईको प्रतिनिधिमण्डलसँग नेपाली श्रमिकलाई यूएईमा न्यूनतम तलबको सुनिश्चितता, मृत्यु हुने नेपाली श्रमिकको शव सहजरूपमा नेपाल ल्याउने व्यवस्थालगायत विषयमा प्रस्ताव राखेको थियो।

कसले गर्दैछ रास्वपालाई घेराबन्दी?

एक महिना सत्तामा रहेर ‘रचनात्मक प्रतिपक्ष’ बन्नपुगेको रास्वपालाई ‘सबै लागेर घेराबन्दी गर्न थालेको’ सभापति रवि लामिछानेको टिप्पणी स्वाभाविक हो या अरु केही रणनीति?

लेबनानको संसद् राष्ट्रपति चुन्न १२औँ पटकसम्म असफल

लेबनानमा भएको शक्ति बाँडफाँटअनुसार त्यहाँ राष्ट्रपति क्रिश्चियन समुदायको हुनुपर्छ। तर, संसद्‍मा अनेक समूह हुँदा राष्ट्रपति निर्वाचन जटिल बन्दै गएको छ।

लंका प्रिमियर लिगमा बिकेनन् सन्दीप

एलपीएल इतिहासमा पहिलोपटक भइरहेको अक्सनमा सन्दीपले स्थान बनाए पनि उनलाई कुनै पनि टोलीले अनुबन्ध गरेनन्। उनी अघिल्लो संस्करणको एलपीएलमा डम्बुला जायन्ट्ससँग अनुबन्ध भएका थिए।

रियल पुगे बेलिङघम

बेलिङघम सन् २०२० मा बर्मिङ्घम सिटीबाट डर्टमन्ड पुगेका थिए। १७ वर्षको उमेरमै देखाएको परिपक्कताबाट प्रभावित भएर डर्टमन्डले उनलाई अनुबन्ध गरेको थियो।

६३ वटा बैंक खाता खोलेर करोडौँ सट्टेबाजी गरेको आरोपमा पाँच जना पक्राउ

प्रहरीका अनुसार पाँच जनाले कुल ७४ करोड १३ लाखको कारोबार गर्दा मुख्य एजेन्ट दिनेश खड्काले मात्र ६४ करोड रुपैयाँको कारोबार गरेको पाइएको छ।

अस्पतालबाट मृत घोषित महिला पाँच घण्टापछि बौरिइन्

इक्वेडरमा चिकित्सकले मृत घोषणा गरेको पाँच घण्टापछि अन्त्येष्टिको ठीकअघि ७६ वर्षीया सेवानिवृत्त नर्स बेला मोन्टोयाले बायाँ हात हल्लाएर आफू जीवित भएको जनाउ दिएकी थिइन्।

सर्वोच्चमा विचाराधीन मुद्दाले रोकिएको वीरगन्ज महानगरको विकास

अदालतमा विचाराधीन मुद्दाका कारण चार वर्षयता वीरगन्जको विकास अवरुद्ध भएको महानगरपालिकाको भनाइ छ। महानगरले निवेदन दिएर यसबारे जानकारी गराए प्राथमिकतापूर्वक सुनुवाइ गर्न सकिने सर्वोच्चले जवाफ दिएको छ।  

हुँदै नभएको वडा तोकेर बजेट विनियोजन

चितवनको माडी नगरपालिकाले बाँदरझुलालाई वडा नं. १० बनाउन सिफारिस गरे पनि संघीय सरकारले त्यसबारे निर्णय गरेको छैन। हुँदै नभएको वडा नं. १० मा स्यालोट्युवेल जडानका लागि संघीय सरकारले बजेट पठाएको छ।