अवैध रूपमा रासायनिक मल खरिद गर्ने र सरकारले अनुदानमा किसानलाई उपलब्ध गराएको मल निजी एग्रोभेटलाई बेच्ने काम बढिरहेको छ भने किसान महँगो मूल्यमा मल खरिद गर्न बाध्य छन्।
आगामी आवको नीति तथा कार्यक्रमहरू कार्यान्वयन गर्न ३६ अर्ब २४ करोड ३५ लाख १० हजार विनियोजन भएको छ।
महानगर प्रहरी प्रमुख राजु अर्यालले उपयुक्त स्थानमा व्यवस्थित टिकट बुकिङ कार्यालय स्थापना गर्न, यात्रु चढाउने र ओराल्ने स्थानबारे अध्ययन गर्न कार्यदल बनेको बताएका छन्।
मुख्य सचिव नियुक्तिमा स्वाभाविक प्रक्रियाको अवसान र ‘सेटिङ’ हाबी हुनुमा आकांक्षीको चलखेलसँगै अख्तियारको अनुसन्धान छल्न क्याबिनेटबाट ‘अनुकूल’ निर्णय गराउने राजनीतिक नेतृत्वको चाहना प्रमुख जिम्मेवार छ।
महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेको नेतृत्वमा प्रहरी र अधिकारी मेलास्थलमा गएर मेला बन्द गराएका थिए।
प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिमा निर्वाचित सभापति नहुँदा कामकारबाही आफ्नो ढंगबाट अगाडि बढ्न नसकेको बताउँदै सांसदहरूले यथाशीघ्र सभापति चयन गर्न माग गरेका छन्।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफ्नो कार्यकक्षमा राखेको ‘ग्रेटर नेपाल’को नक्सालाई लिएर सत्ता पक्ष र प्रतिपक्षी दलका सांसदले फरक फरक धारणा राखेका छन्।
अस्ट्रेलियाको संसद्मा यौन उत्पीडनका घटना बढेपछि सरकारीस्तरमा गरिएको एक अनुसन्धानले पनि सांसद र कर्मचारी यौन हिंसामा परेको पुष्टि गरेको थियो।
युट्युबमा प्रोमो कोड प्रयोग गरी वानएक्स बेटिङमा छुट प्राप्त गर्न सकिने भन्दै विज्ञापन गरेको देखिएकाले उनीहरूलाई पक्राउ गरिएको प्रहरी वरिष्ठ उपरीक्षक डा. मनोजकुमार केसीले बताए।
अस्ट्रेलियाको संसद्मा यौन उत्पीडनका घटना बढेपछि सरकारीस्तरमा गरिएको एक अनुसन्धानले पनि सांसद र कर्मचारी यौन हिंसामा पुष्टि गरेको थियो।
ऐनमा सार्वजनिक सवारीसाधन, सार्वजनिक कार्य, स्वास्थ्य सेवा धार्मिक तथा सार्वजनिक स्थलमा ज्येष्ठ नागरिकलाई आवश्यक सेवा सुविधा र सहयोग प्रदान गर्नु गराउनु सबैको कर्तव्य हुने उल्लेख छ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न आयातित आलु, प्याज लगायतका वस्तुमा कर लगाउनुको विकल्प नभएको बताएका छन्।
बिहीबार २७० वटा कम्पनीका ७८ लाख ९६ हजार कित्ता शेयर ५२ हजार ८१४ पटक किनबेच हुँदा ३ अर्ब १६ करोड २८ लाख रुपैयाँको कारोबार भयो।
प्रतिनिधिसभाको शून्य समयमा सांसदहरूले सरकारले बजेटमार्फत अघि सारेको कृषि अनुदानदेखि ढुंगा, गिट्टी, बालुवा उत्खनन गरी भारतलाई निकासी गर्ने योजनाका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
हङकङस्थित मोंग कोकमा लगातार वर्षाको कारण आउट फिल्ड ओसिलो भएपछि नेपाल र भारतबीचको खेल रद्द भएको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तले नाम लिएका शीर्ष नेताहरूलाई पनि कारबाहीको दायरमा ल्याउन माग गर्दै काठमाडौँमा प्रदर्शन गरिएको छ।
कर्मचारीहरू कार्यालय समय शुरू हुँदा हाजिर गर्ने, व्यक्तिगत कामका लागि दिनभर हराउने र कार्यालय समय सकिने बेला फेरि हाजिर गरेर हिँड्ने गरेको गुनासो बढेपछि केन्द्रले अनुगमन गरेको छ।
सांसद पन्तले भारतका लागि नेपाली राजदूत शंकर शर्माले धर्मनिरपेक्षता र भारतसँगको कूटनीतिक सम्बन्धबारे हालै दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।
नेपालका मुख्य नदीका जलाधार क्षेत्रमा भएकामध्ये तिब्बतमा पर्ने २५ वटा हिमताल विष्फोटको जोखिममा छन्, जसकारण नेपालस्थित तल्लो तटीय क्षेत्रमा जुनसुकै बेला ठूलो क्षति पुग्नसक्छ।
नेपालमा ड्रागनखेती गर्ने कृषकको संख्या बढ्दै गएको छ। तर, यसको बजार सुनिश्चितता नहुँदा बिक्री नहुने समस्याले पिरोल्न थालेको उनीहरू बताउँछन्।