बुधबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ।
ताप्लेजुङबाट काठमाडौँ उडान भरेको निगमको विमानमा क्षमताभन्दा बढी सामान र पुरुषलाई महिला यात्रुका रूपमा यात्रा गराएको पाइएपछि चालकसहित ७ जना निलम्बनमा परेका छन्।
खेलाडीहरूको विदेश पलायनले सन्तुलन बिग्रिएको नेपाली फुटबल टोली सम्हाल्न आइपुगेका इटालियन प्रशिक्षक एनिससामु नयाँ खेलाडीलाई प्रशिक्षित गर्दै फुटबलको पुरानै लय समात्ने चुनौती छ।
आईएमएफले नेपाललाई विस्तारित कर्जा सुविधाअन्तर्गत करिब ३९ करोड ५९ लाख अमेरिकी डलर (४७ अर्ब रुपैयाँ) शून्य व्याजदरमा ऋण सहयोग गर्ने प्रतिबद्धता जनाए पनि अब उसको शर्त पूरा गर्नुपर्नेछ।
एमालेसहितको गठबन्धन गरी प्रचण्ड प्रधानमन्त्री भएपछि आईजीपी धीरजप्रताप र उत्तराधिकारी ब्याच एन्ड कम्पनीका अधिकृतहरूले पनि गठबन्धन गरेर सेवा अवधिको वर्तमान प्रावधान खारेजीको लागि देउसी–भैलो थालेका थिए।
जापानका प्रधानमन्त्री फुमियो किशिदा भारतको औपचारिक भ्रमण सकेलगत्तै युक्रेनको राजधानी किभ पुगेका छन्।
कांग्रेस महामन्त्री गगन थापाले शान्ति प्रक्रियाका बाँकी काम 'यो या त्यो' बहानामा लम्ब्याउँदा भविष्यमा जटिल बन्दै जाने बताएका छन्।
पेन्टागनले गरेको अध्ययनले अमेरिकी वायुसेनाका पाइलटमा क्यान्सरको दर उच्च रहेको देखाएको छ। चालक दलका सदस्यमा छालाको क्यान्सरको दर ८७ प्रतिशत र थाइरोइड क्यान्सरको ३९ प्रतिशत पाइएको छ।
एकीकृत समाजवादीले सरकारमा सहभागी हुनेबारे छलफल गर्न पार्टी अध्यक्ष माधव नेपालको नेतृत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारलाई पूर्णता दिन नेपाली कांग्रेसलगायत अन्य दलसँग छलफल भइरहेको बताएका छन्।
उत्तरगंगा जलशययुक्त जलविद्युत् आयोजनाको डीपीआर बनाउने विदेशी कम्पनीले काम नगरेपछि ठेक्का सम्झौता तोडिँदा आयोजना निर्माणमा अन्योल थपिएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'विरुद्ध बानेश्वरमा नाराबाजी गर्ने युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संवैधानिक आयोगहरूलाई जागिर खाने थलोको रूपमा विकास गर्न नहुनेतर्फ सचेत गराएका छन्।
उपसभामुख इन्दिरा रानाले नेपालमा आणविक कानूनको आवश्यकता रहेको बताएकी छन्।
विश्व पानी दिवसको अवसरमा आयोजित बर्सातको पानी संकलनसम्बन्धी दुई दिवसीय राष्ट्रिय सम्मेलन ५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा आएको राजनीतिक परिवर्तनको आभास विपन्न नागरिकले गर्नसक्नुपर्ने बताएका छन्।
दशरथ रंगशालामा हुने प्रतियोगितामा नेपालसहित भुटान र लाओसको सहभागिता छ। फाइनल खेल चैत १७ गते हुनेछ।
प्रधानमन्त्री दाहालले गोरखा– २ स्थित पन्थहिटी–कटहरे–हर्मी हुँदै साहिलटार जोड्ने २० मिलोमिटर सडक स्तरोन्नती कार्यको शिलान्यास गरेका हुन्।
घोडेजात्रा
नेपाली सेनाले औपचारिक कार्यक्रम गरेर घोडेजात्रा मनाएको छ। नेपाली सेनाले काठमाडौँस्थित सैनिक मञ्च टुँडिखेलमा औपचारिक कार्यक्रम गरेर घोडेजात्रा मनाएको हो। घोडेजात्रा समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेपाल सरकारका मन्त्रीहरू, कर्मचारी प्रशासनका पदाधिकारीहरू, विभिन्न सुरक्षा निकायका प्रमुखहरू लगायत राज्यका विभिन्न निकायका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको थियो। समारोहमा नेपाली सेनाले विभिन्न खेल तथा कला, कौशल प्रस्तुत गरेको थियो। साथै समारोहमा नृत्यसमेत प्रस्तुत गरिएको थियो।
राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा सांसदहरूले सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धिको पुनरावलोकन गर्नुपर्ने माग राखेका छन्।