AnonymousUser

Logout

प्रधानमन्त्रीको अभिव्यक्तिले सबैलाई अप्ठ्यारो महसुस गरायो: गगन थापा

कांग्रेस महामन्त्री थापाले पुस्तक विमोचनका क्रममा दिएको अभिव्यक्तिको प्रधानमन्त्री स्वयंले संसद्मा स्पष्टीकरण दिएपछि अन्यौलता हट्ने बताएका छन्।

मिटरब्याजसम्बन्धी ऐन संशोधन विधेयक तत्काल संसद्मा पेश नगरे आन्दोलन थाल्ने चेतावनी

मिटरब्याजविरुद्धको संघर्ष समिति नेपालले मिटरब्याजसम्बन्धी ऐन संशोधन विधेयक तत्काल संसद्मा पेश गरी पारित नगरे पुनः सशक्त आन्दोलन शुरू गर्ने चेतावनी दिएको छ।

जर्मनीमा आईएसबाट प्रेरित भई आक्रमणको योजना बनाएको आरोपमा ७ जना पक्राउ

जर्मन प्रहरीले आईएस समूहबाट प्रेरित भई जर्मनीमा आतंकवादी हमलाको योजना बनाएको आरोपमा सात जनालाई पक्राउ गरेको छ।

हाना बनिन् इंग्लिस फुटबलमा पहिलो महिला मुख्य प्रशिक्षक

हाना पहिले नै क्लब एकेडेमीको इन्चार्ज थिइन् र प्रशिक्षक डंकन फर्गुसनको बिदाइपछि कार्यवाहक प्रशिक्षकको जिम्मेवारी सम्हाल्दै आएकी थिइन्।

कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त

कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका उद्धव थापालाई नियुक्त गरेका छन्।

वित्तीय समानीकरण अनुदानको ४० प्रतिशत रकम स्थानीय तहलाई हस्तान्तरण गर्ने सरकारको निर्णय

सरकारले स्थानीय तहमा कटौती गरेको वित्तीय समानीकरण अनुदानको रकममध्ये ४० प्रतिशत हस्तान्तरण गने निर्णय गरेको छ।

प्रधानमन्त्रीले अन्यथा बोल्नु भएको छैन, राजीनामा दिनुहुन्न: सञ्चारमन्त्री

पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्तिकै आधारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदबाट राजीनामा नदिने सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री रेखा शर्माले स्पष्ट पारेकी छन्।

एक दिवसीय विश्वकपको ३ महिनाअघि बंगलादेशका कप्तानको संन्यास घोषणा

तमिमले फेब्रुअरी २००७ मा एकदिवसीय खेलमार्फत अन्तर्राष्ट्रिय डेब्यू गरेका थिए। उनले आफ्नो देशका लागि एक दिवसीयमा सबैभन्दा धेरै ८ हजार ३१३ रन बनाएका छन्।

संघीयतालाई चलायमान हुन नदिन दलहरूकै छेकबार

असान्दर्भिक बहसको माध्यमबाट संघीय शासन पद्धति कमजोर बनाउने र संविधान कार्यान्वयनमा अवरोध गर्ने प्रयास भइरहेको छ। यसलाई चिर्न संविधानको मूल मर्म र भावना अनुरूप संघीय प्रणालीलाई चलायमान बनाउन आवश्यक छ।

एसईईमा २.०० देखि २.४० जीपीए ल्याउने विद्यार्थी सबैभन्दा धेरै 

राष्ट्रिय परीक्षा बोर्डका अनुसार कुल परीक्षार्थीमध्ये २.०० देखि २.४० जीपीए ल्याउने विद्यार्थी सबैभन्दा धेरै छन्।

एसईई परीक्षाफल प्रकाशित, यसरी हेर्न सकिन्छ नतिजा

राष्ट्रिय परीक्षा बोर्ड मातहतको परीक्षा नियन्त्रण कार्यालयले विसं २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० को परीक्षाफल प्रकाशित गरेको छ।

माओवादी केन्द्रले भन्यो– प्रतिपक्षले प्रधानमन्त्रीको सदाशयतालाई दुराशयमा बदल्न खोज्यो

माओवादी केन्द्रले प्रधानमन्त्रीको सदाशयतालाई दुराशयमा बदल्न खोज्नु प्रमुख प्रतिपक्षको गलत चाहना पूरा गर्ने अभीष्टताबाहेक केही नभएको जनाएको छ।

रासायनिक मल खरिदको टेन्डर प्रक्रिया ४५ दिनबाट १५ दिनमा झार्न कृषिमन्त्रीको प्रस्ताव

कृषि तथा पशुपक्षी विकासमन्त्री डा. वेदुराम भुसालले रासायनिक मल खरिद प्रक्रियाको टेन्डर ४५ दिन रहेकोमा अब १५ दिन राख्नेगरी मन्त्रालयले प्रस्ताव अघि बढाइएको बताएका छन्।

एपीएफका ११ खेलाडी प्रशिक्षणमा फर्किए

असोजबाट शुरू हुने १९औँ को तयारीका लागि नेपालले आगामी जुलाई १३ र जुलाई १६ मा बंगलादेशसँग ढाकामा दुई मैत्रीपूर्ण फुटबल खेल्दैछ।

प्रधानमन्त्रीको राजीनामा माग गर्दै राष्ट्रियसभामा एमालेको अवरोध

प्रितम सिंहबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रमुख प्रतिपक्षी दल एमालेले उनको राजीनामा माग्दै राष्ट्रियसभामा अवरोध सिर्जना गरेको छ।

आठ युवाको स्टार्टअप ‘बिजनेस्ट बजार’: अनलाइनबाटै हुन्छ कम्पनी र फर्मको किनबेच

कम्पनी वा फर्म बन्द गर्न चाहनेलाई बिजनेस्टले व्यवसायबाट बहिर्गमनको विकल्प दिएको छ। व्यवसाय थाल्न चाहनेलाई चलिरहेको कम्पनी वा फर्म किन्न सहयोग गरेको छ। यस्तो खरिदबिक्री बिनाकमिसन हुने संचालक बताउँछन्।

गुडिरहेको बसमा करेन्ट लाग्दा सल्यानमा ३ जनाको मृत्यु

दाङ–सल्यान सडकखण्डको कपुरकोट–३ चोरखोला छेउमा लत्रिएको विद्युत् तारले बसलाई छुँदा करेन्ट प्रवाह भएको वडाध्यक्ष प्रदीप खड्काले जानकारी दिए।

सत्ता गठबन्धनको ठहर: एमालेको व्यवहार असंसदीय

बैठकले मिटरब्याजबाट आहत भएका नागरिकलाई राहत दिन सरकारले ल्याएको ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ असफल बनाई प्रतिपक्ष पीडितविरुद्ध उभिएकोसमेत निष्कर्ष निकालेको छ।

‘ट्विटर किलर’ भनिएको मेटाको माइक्रो ब्लगिङ एप ‘थ्रेड्स’ शुरू

झट्ट हेर्दा थ्रेड्स धेरै हिसाबमा ट्विटर समान देखिन्छ। प्रयोगकर्ताले सन्देशहरू स्क्रोलिङ फिडमा पोस्ट गर्न सक्छन्, जहाँ उनीहरूलाई फलो गर्ने र उनीहरूले फलो गर्ने व्यक्तिले जवाफ दिन सक्छन्।

असार २१ गते वर्षकै लामो दिन: पृथ्वी सूर्यबाट सबैभन्दा टाढा पुग्दै, गर्मी अत्यधिक हुने

पृथ्वी र सूर्यको सालाखाला दुरी १५ करोड किलोमिटर छ। पृथ्वी सूर्यबाट सबभन्दा टाढाको बिन्दुमा पुगेको समय (असार/साउनमा) नै अत्यधिक बढी गर्मी हुन्छ।