साउनको पहिलो सोमबार
साउनको पहिलो सोमबार पशुपतिमा घुइँचो लागेको छ। चन्द्रमा अनुसार साउनको व्रत असारको अन्तिम सोमबारबाटै शुरू भए पनि साउनको पहिलो सोमबार पशुपतिमा दर्शालु भक्तजनहरूको भिड लागेको छ।
आर्थिक वर्ष २०७९/८० मा सरकारले १४ खर्ब ३ अर्ब १४ करोड रुपैयाँ राजस्व संलकनको लक्ष्य राखेकोमा लक्ष्यको ७२ प्रतिशत अर्थात् १० खर्ब १० अर्ब ३९ करोड मात्रै संकलन गर्न सकेको छ।
दुईपांग्रे सवारीसाधान एक घण्टा पार्किङ गरेको २५ रुपैयाँ र एक घण्टाभन्दा बढी थप हुँदै गए हरेक १५ मिनेटमा ५/५ रुपैयाँ शुल्क थप गर्ने व्यवस्था गरिएको छ।
शरणार्थी प्रकरणमा नाम जोडेर सामाजिक सञ्जालमा भाइरल बनेको टेपबारे छानबिन गर्न साइबर ब्युरोमा उजुरी दिएकी आरजुले प्रहरीलाई सत्यतथ्यबारे लिखित जानकारी दिन दबाब दिएकी थिइन्, जवाफबाट आफैँ खुशी छैनन्।
भाडामा संसद् भवन चलाउन उचित नहुने भनेर सरकारले सिंहदरबारस्थित पुतली बगैँचाको १७३ रोपनी ८ आना जग्गामा २०७६ सालदेखि नयाँ संसद् भवन निर्माण गरिरहेको छ।
नयाँ भाडादर लागू भए/नभएको अनुगमन यातायात व्यवस्था कार्यालय र ट्राफिक प्रहरी महाशाखाले गर्नेछन्।
प्रशिक्षक अनन्तराज थापाले साफको च्याम्पियन टोलीविरुद्ध आफ्नो टोलीले गरेको जुझारु प्रदर्शनले आगामी खेलमा नेपाली खेलाडीको आत्मबल बढाउने विश्वास व्यक्त गरे।
बैंककमा भएको बिम्स्टेकका विदेशमन्त्रीहरूको दुई दिने बैठकका क्रममा भएको ‘साइडलाइन’ वार्ता उपलब्धिमूलक भएको दुवै पक्षले दाबी गरेका छन्।
नेपाल एयरलाइन्सको ग्राउन्डेड दुई न्यारोबडी जहाजमध्ये एउटा मर्मतपछि सोमबार साँझदेखि नियमित उडानमा आउने भएको छ।
काठमाडौँ महानगरले यस वर्ष फोहोर व्यवस्थापनमा समस्या हुँदैन भने पनि साउन लागेसँगै फोहोर रोकिन थालेको छ। काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनमा सोमबारदेखि ककनी र धुनीबेँसीका स्थानीयले अवरोध गरेका छन्।
प्रज्ञा प्रतिष्ठानमा २०२७ सालमा राखिएको राजा महेन्द्रको शालिक दोस्रो जनआन्दोलनमा तोडफोड भएपछि ‘पुनर्निर्माण’का नाममा त्यसबेलाको ताम्रपत्र नै हटाइएको छ। नयाँमा शालिक मर्मतसम्बन्धी गलत सूचना राखिएको छ।
बिम्स्टेक सदस्य मुलुकका परराष्ट्र (विदेश) मन्त्रीहरूबीच आपसमा सहयोग सुदृढ पार्ने उपायबारे छलफल भएको छ।
राजनीतिक दलहरूले आपसी समझदारीमा समिति सभापतिको भागबन्डा गरिसकिएको नेताहरूले बताउँदै आए पनि हालसम्म संसदीय समितिले सभापति पाउन सकेको छैन।
सामाजिक सुरक्षा कोषबाट योगदानकर्ताले लिने विशेष सापटीमा वार्षिक ८.६० प्रतिशत र धितोमा आधारित घर सापटी तथा शैक्षिक सापटीमा वार्षिक ९.२५ प्रतिशत व्याज लाग्नेछ।
पारस खड्काले १० ओडीआई खेल्दा आठ वटामा तेस्रो स्थानमा ब्याटिङ गरेका थिए। मन्टी देसाईले प्रशिक्षण सम्हाले यता पाँच ब्याटरलाई तेस्रो स्थानमा प्रयोग गरेका छन्। तर कोही पनि सफल भएका छैनन्।
जंगली च्याउ खाँदा लुंग्री गाउँपालिका–५ कालापोखराका आमा र दुई छोराको मृत्यु भएको छ। च्याउ खाएर बिरामी परेका लुंग्रीकै विभिन्न ठाउँका ११ जनाको अहिले पनि उपचार भइरहेको छ।
मेहेन्दी मौसम
हिन्दु महिलाहरू साउन महिना शुरू भएपछि हातमा मेहेन्दी र गलामा हरियो पोते लगाउने गर्दछन्। भगवान् शिवको महिना मानेर शिवको आराधना गरिने साउन महिनाभर हातमा मेहेन्दी लगाउनुका साथै विवाहित महिलाहरूले रातो, हरियो र पहेँलो चुरा अनि पोते लगाउँदछन् भने अविवाहितहरूले हरियो र पहेँलो चुरा लगाउने गर्दछन्। विवाहित महिलाले हरियो–पहेँलो पोते र मेहेन्दी लगायो भने श्रीमान्को दीर्घायु हुन्छ भन्ने धार्मिक विश्वास रहिआएको छ। यसैगरी अविवाहितहरूले भने शिवजस्तै पति पाऊँ भनेर साउनको सोमबार व्रत बस्ने गर्दछन्। महिलाहरूमा मेहेन्दी जति गाढा बस्यो त्यति नै पतिको माया पाइन्छ भन्ने जनविश्वास पनि रहिआएको छ। काठमाडौँ न्युरोडकाे विशाल बजार क्षेत्र र इन्द्रचोकमा रहेका पोते पसलमा महिलाहरूको भिड लाग्ने गर्दछ। सडक छेउछाउ मेहेन्दी लगाइदिनेहरू भेटिन्छन्। तस्वीर : फोटो लाइब्रेरी
इमर्जिङ कपमा भारत 'ए'विरुद्ध मैदान उत्रिन लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले पाँचौँपटक डे नाइट क्रिकेटको अनुभव लिँदैछ। तर यो खेललाई ओडीआई मान्यता छैन।
फोहोर र मान्छे एकै ठाउँ बस्न नसक्ने भन्दै नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेँसी नगरपालिकाका स्थानीयले फोहोर बोकेर बञ्चरेडाँडातर्फ गएका गाडीलाई अवरोध गरेका छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले अनधिकृतरुपमा मेडिकल पसल हटाउने अभियान चलाएको छ। प्रहरीले एक महिनामा अवैध पसल चलाउने १५ जनालाई पक्राउ गरेर मुद्दा चलाएको छ।