महान्यायाधिवक्ताको कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोग कसुरमा मुद्दा नचलाउने निर्णय गरेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत पाएका छन्।
एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सत्ता गठबन्धन आगामी पाँच वर्ष नै टिकेर देशलाई समृद्धितर्फ अग्रसर बनाउने बताएका छन्।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसदीय प्रणालीलाई चलाउन नसक्ने अवस्थामा पुगिएको बताएका छन्।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसदीय प्रणालीलाई स्वीकार गर्दै जाँदा अहिलेकै प्रणाली चलाउन नसक्ने अवस्थामा पुगिएको बताएका छन्।
प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर र उपविजेताले ३ हजार डलर पुरस्कार प्राप्त गर्ने भएका छन्।
निर्वाचन आयोगले प्रतिनिधिसभामा रिक्त तनहुँ-१ र बारा-२ मा आगामी वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ। चितवन-२ मा वैशाख १० मा निर्वाचन हुने घोषणा यसअघि नै भइसकेको छ।
रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दा नचल्ने तल्ला निकायबाट सिफारिस भएको प्रतिवेदन महान्यायाधिवक्ताको कार्यालयले अध्ययन गरिरहेको छ।
माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले नेकपा एमाले राष्ट्रिय सहमतिबाट भागेको आरोप लगाएका छन्।
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँग दुई महिना नबित्दै एमालेसँग सहयात्रा टुंग्याउनुको कारण माग गरेका छन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभामा कुनै एक दलको बहुमत नभएकाले गठबन्धनको संस्कार आत्मसात् गर्दै अघि बढ्नुको विकल्प नहरेको बताएका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीले मित्र राष्ट्रहरूसँग नेपालको सम्बन्ध बिग्रिनुको कारण प्रधानमन्त्री रहेकाले उनलाई संसद्मा विश्वास गर्न नसकिने बताएका छन्।
अर्थविद् डाक्टर गोविन्दराज पोखरेलले देशको अर्थतन्त्र बिग्रिँदै गएको बताएका छन्।
चिनियाँ राष्ट्रपति सी चिनफिङले इतिहासमा चीन र रुसबीचको सम्बन्ध कठिन परिस्थितिबाट गुज्रिएको भएपनि समयक्रमसँगै दुई देशबीचको सम्बन्ध मजबुत बनेको बताएका छन्।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीका पाँच डीआईजीहरूलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो।
सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले रासायनिक मलमा दिइँदै आएको अनुदान कटौती नगर्ने निर्णय गरेको छ।
हामीले भारतका सबै बन्दरगाहबाट व्यापार गर्न पाउने गरी पहल गर्नुपर्छ। त्यसो हुँदा भारतका महत्वाकांक्षी परियोजनाहरू सागरमाला र गतिशक्तिको समेत लाभ लिन सक्छौँ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका छन्।
कोरोनाका कारण पर्यटकीय गतिविधि घटेको लुम्बिनीमा अहिले उल्लेख्य रूपमा पर्यटकहरू आउने गरेका छन्।
नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँले अनियमित नापतौल यन्त्र प्रयोग गरी ठगी गर्ने व्यापारीहरूलाई कारबाही गरेको छ।