AnonymousUser

Logout

देशभर हल्का वर्षाको सम्भावना

देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, गण्डकी र कर्णालीका पहाडी भूभागमा हल्का वर्षा भइरहेको छ। 

अनावश्यक दायित्व सिर्जना गर्ने आयोजनाको ठेक्का तोडिन्छ : अर्थमन्त्री

सरकारलाई अनावश्यक दायित्व सिर्जना हुने गरी अब आयोजनाको समय थप नगर्ने बरु हालसम्म भएको कामको भुक्तानी गरेर ठेक्का तोड्ने अर्थमन्त्री महतको भनाइ छ।

ललिता निवास प्रकरणमा पूर्वमुख्यसचिव लीलामणि पौड्यालसँग सीआईबीले लियो बयान

ललिता निवास जग्गा हिनामिना प्रकरणमा सीआईबीले पूर्वमुख्यसचिव लीलामणि पौड्यालसँग बयान लिएको छ।

भुटानी शरणार्थी प्रकरण : थप १८ जना पीडितले दिए उजुरी

नक्कली भुटानी शरणार्थीमा थप १८ जना पीडितले प्रहरीमा जाहेरी दिएका छन्। यसअघि ११५ जना व्यक्तिले जाहेरी दिएका थिए।

कागबेनीका बाढीपीडितलाई तत्काल सहयोग पठाइने

गण्डकी प्रदेश सरकारले मुस्ताङको कागबेनीमा भेलबाढीबाट विस्थापित एवं प्रभावित नागरिकलाई तत्काल सहयोग पठाउने भएको छ।

बाल संगठनका पदाधिकारीहरूले गुहारे सरकार– बृहस्पतिलाई जग्गा दिने सम्झौता खारेज गरिदेऊ

विभिन्न व्यापारिक घराना र स्वार्थ समूहले एकपछि अर्को गर्दै राजधानीलगायत देशैभरको नेपाल बाल संगठनको सम्पत्ति कब्जा गर्न थालेपछि संगठनका पदाधिकारीले सरकार गुहारेका छन्।

सुन तस्करी प्रकरण छानबिन गर्न उच्चस्तरीय आयोग नबनाउने गठबन्धनको निर्णय

सत्तारुढ गठबन्धनले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आयोग नबनाइ सीआईबीलाई नै अनुसन्धान निष्कर्षमा पुर्‍याउन दिने निर्णय गरेको छ।

विमानस्थलबाट बरामद सुनको तौल ६०.७८९ किलो मात्र

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भन्सार कार्यालयबाहिर बरामद सुनको तौल ६०.७८९ किलोग्राम मात्र भएको छ।

किन दोहोरिँदैछन् मुस्ताङमा बाढी र क्षतिका घटना ?

सरदरभन्दा बढी वर्षा र कमजोर भूबनोटका कारण पहिले पानी नै नपर्ने हिमाली जिल्ला मुस्ताङ लगातार बाढी पहिरोको चपेटामा पर्न थालेको छ।

सरकार संसद्को भूमिकालाई निस्तेज पार्न चाहन्छ : एमाले

एमाले सचेतक महेश बर्तौलाले आफ्नो पार्टीका मागका सम्बोधन नगरी सरकारले जबरजस्ती अनुचित अडान लिएका कारण संसद् बैठक चल्न नसकेको बताएका छन्।

सभामुखले प्रतिनिधिसभा बैठक आफूअनुकूल चलाएको रास्वपाको आरोप

रास्वपा सभापति रवि लामिछानेले बन्द कोठामा बनाइएको योजनाअनुरूप सभामुखले संसद् बैठक चलाएको बताएका छन्।

डा. रञ्जितकुमार यादव भन्छन्, ‘मलाई नक्कली डाक्टर भन्न थाले, कतिलाई स्पष्ट पार्दै हिँडौँ?’

‘राज्यले नक्कली चिकित्सक पक्राउ गर्न चलाएको अभियानलाई म उत्कृष्ट भन्छु। तर अनुसन्धान नगरिकन सक्कली चिकित्सकलाई पनि नक्कली भनेर पक्राउ गर्दा म मानसिक पीडामा छु। थप पढ्न नसक्ने अवस्था भएको छ।’

सुन तस्करी प्रकरणको अनुसन्धानमा ढिलाइले नै सरकारको संलग्नता पुष्टिः एमाले

सुन तस्करी प्रकरणको उच्चस्तरीय न्यायिक समिति बनाइ जरैसम्म पुगेर अनुसन्धान नभए अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि नराम्रो हुनुका साथै भूराजनीतिमा समेत असर पर्ने एमालेको भनाइ छ।

सम्पदास्थलमा बस्न ललितपुर महानगरले लगाएको बन्देज कति उचित? 

पाटन दरबार क्षेत्रका मन्दिरहरूको माथिल्लो पेटीमा बस्न ललितपुर महानगरले लगाएको प्रतिबन्धको पक्ष र विपक्षमा बहस भइरहेको छ। स्थानीय बासिन्दा यसको समर्थनमा देखिएका छन् भने विज्ञहरूले प्रश्न उठाएका छन्।

सरकारका कदमले प्रतिक्रियावादीमा आतंक सिर्जना भएको छ: प्रधानमन्त्री

माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचारसम्बन्धी कामले सरकार अप्ठ्यारोमा पर्दै छ भन्ने हल्ला सही नभएको दाबी गरे।

किशोर, श्याम र सन्दीप जोरालाई समेट्दै एशिया कप खेल्ने टोली घोषणा

क्यानले एसीसी एशिया कपका लागि रोहितकुमार पौडेलको कप्तानीमा १७ सदस्यीय टोली घोषणा गरेको छ।

सुन तस्करी प्रकरणको अनुसन्धान सीआईबीबाट गर्नुपर्छ : कांग्रेस

कांग्रेसले सुन तस्करी प्रकरणको सीआईबीलगायत सरकारी निकायमार्फत निष्पक्ष छानबिन गराई घटनामा संलग्न जोसुकै भए पनि कानूनी दायरामा ल्याउन सरकारसँग माग गरेको छ।

कार्यसूचीमा प्रवेश नगरी प्रनिनिधिसभाको बैठक आइतबारसम्म स्थगित

कार्यसूचीमा प्रवेश नगरी प्रतिनिधिसभाको बैठक आइतबार १ बजेसम्मका लागि स्थगित भएको छ।

कांग्रेसले अवरुद्ध संसद् खुलाउन पहल गर्ने

सत्तारूढ दल कांग्रेसले लामो समयदेखि अवरुद्ध संघीय संसद्का दुवै सदन सञ्चालन गर्न पहल गर्ने भएको छ।

टक्सार महाशाखाले थाल्यो विमानस्थलबाट बरामद सुन जोख्ने प्रक्रिया

राष्ट्र बैंकको टक्सार महाशाखामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाहिर बरामद भएको सुन जोख्न थालिएको छ।