AnonymousUser

Logout

नेयमार साउदी क्लब अल–हिलालमा आबद्ध

अल–हिलालका अध्यक्ष फहाद बिन सादले नेयमारलाई क्लबमा स्वागत गर्दै ‘एक विश्वव्यापी आइकन र रोक्न नसक्ने आक्रमणकारी शक्ति’ भनेका छन्। 

पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सबै प्रदेशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। 

काठमाडौँ जिल्ला क्रिकेट संघको सदस्य निर्वाचित पारस भन्छन्– मैदान बाहिर खेल्न सहज छैन

काठमाडौँ जिल्ला क्रिकेट संघको सदस्य निर्वाचित राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का मैदानभित्र जस्तो बाहिर खेल्न सहज नहुने बताउँछन्।

पेट्रोल प्रतिलिटर ५ र डिजेल–मट्टितेलको मूल्य १४ रुपैयाँले बढ्यो

नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १४ रुपैयाँ बढाएको छ भने पेट्रोल प्रतिलिटर पाँच रुपैयाँ महँगो भएको छ।

ललितानिवास प्रकरण: माधव र बाबुरामको बयान लिएर शुक्रबारसम्म अनुसन्धान प्रतिवेदन बुझाउने तयारी

बालुवाटारको ललितानिवास जग्गा प्रकरण अनुसन्धान गरिरहेको सीआईबीले दुई पूर्वप्रधानमन्त्री र तीन पूर्वमन्त्रीको बयान लिएर शुक्रबारसम्म सरकारी वकिललाई अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको छ।

दोलखाका तत्कालीन सीडीओ रिजाल भ्रष्टाचारमा दोषी ठहर, एक वर्ष कैद सजायको आदेश

विशेष अदालतले रिजाललाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै एक वर्ष कैद, चार लाख बिगो र सोहीअनुरूप जरिबाना हुने आदेश गरेको छ।

संघर्षशील सरस्वती जसले सुदूरपश्चिमको माटोबाट उठेर देशकै शिर उँचो बनाइन् 

अमेरिकी विदेश मन्त्रालयले सामाजिक न्यायको क्षेत्रमा यसै वर्ष स्थापना गरेको ‘ग्लोबल एन्टी रेसिज्म च्याम्पियन्स अवार्ड’ पाउने संसारका ६ जनामा पर्न सफल सरस्वती नेपाली बाल्यकालदेखि नै संघर्षशील थिइन्।

जग्गासम्बन्धी रोकिएका सबै काम खुलाउन गरी भूउपयोग नियमावली पारित

भूउपयोग नियमावली पारित भएसँगै जग्गा कित्ताकाटबारे जनताले भोग्नुपरेको झमेला अबका दिनदेखि समाधान हुने भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको भनाइ छ।

कैदीबन्दी मृत्यु प्रकरण : सुरक्षा इञ्चार्जसहित १० प्रहरी र कैदीमाथि अनुसन्धान शुरू

कैदी मृत्यु प्रकरणमा मुछिएका कारागार सुरक्षा इञ्चार्ज प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरी र कैदीसँग अनुसन्धान शुरू गरिएको छ।

राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गर्‍यो कक्षा १२ को नतिजा

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ।

सुन तस्करी

यसरी गालिँदैछ ब्रेक शु’भित्रको सुन 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार परिसरबाट बरामद भएको ६० किलो सुन नेपाल राष्ट्र बैंकले गाल्न थालेको छ। राष्ट्र बैंकको टक्सार महाशाखाले मंगलबारदेखि सुन गाल्न थालेको हो। 

चार जिल्लाका सीडीओ हेरफेर

गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको सरुवा गरेको छ।

महराको दाबी– सुन प्रकरणमा जोडिएका चिनियाँ नागरिकलाई फलफूल व्यापारी भनेर चिनेको हुँ

माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले चिनियाँ नागरिकसँग फोनमा सुन तस्करीका विषयमा कुराकानी नभएको दाबी गरेका छन्।

७४ जिल्लामा फैलियो डेंगी, १३ हजार जना संक्रमित

देशभरि ७४ जिल्लामा डेंगीको संक्रमण फैलिँदा १३ हजार २९२ जना बिरामी परेका छन्।

फेवातालको सिमसार मास्ने निर्णयविरुद्धको रिटमा आदेश यथावत्, अदालतले माग्यो अध्ययन टोलीको प्रतिवेदन

उच्च अदालत पोखराले फेवातालको सिमसार मास्ने निर्णयविरुद्धको रिटमा अन्तरिम आदेशलाई निरन्तरता दिँदै विश्वप्रकाश लामिछाने आयोग र पुण्य पौडेल नेतृत्वको टोलीको प्रतिवेदन झिकाउन आदेश दिएको छ।

दलितसम्बन्धी मुद्दा हेर्ने छुट्टै मन्त्रालय तोक्न सरकारलाई संसदीय समितिको निर्देशन

दलित समुदायमाथिका विभेद र उत्पीडन अन्त्यका लागि समितिले तयार पारेका कार्ययोजना कार्यान्वयन गर्न पनि सरकारलाई सचेत गराएको छ।

नेप्से ३१.८० अंकले घटेर २०४५.४४ बिन्दुमा सीमित, २ अर्ब १५ करोडको कारोबार

मंगलबारको कारोबारपछि म्युचुअल फन्ड समूहको उपसूचक ४.२८ अंकले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ।

‘प्रतिवेदन नै कार्यान्वयन नहुने संसदीय छानबिन समितिको औचित्य छैन’

'हाम्रो व्यवस्थामा प्रधानमन्त्री मियो हुन्छ। संसदीय समितिबाट आएका रिपोर्टहरूमा प्रधानमन्त्रीको सचिवालयले चासो लिनुपर्छ। प्रधानमन्त्रीबाट चासो भए अन्य मन्त्रालयहरूले पनि कार्यान्वयनमा जोड दिन्छन्।'

स्वीडेनलाई पराजित गर्दै स्पेन पहिलोपल्ट महिला विश्वकपको फाइनलमा

स्पेनले उपाधिका लागि आयोजक अस्ट्रेलिया र इंग्ल्यान्डबीचको विजेतासँग खेल्ने छ।

संसद् विघटन नगरेको भए वामपन्थी आन्दोलन ध्वस्त हुन्थ्यो: ओली

प्रतिनिधिसभा विघटन त्यस बेलाको अपरिहार्यता भएकाले सो कदम राजनीतिक, संवैधानिक र संसदीय भएको एमाले अध्यक्ष ओलीको भनाइ छ।