शुल्क घटाउन माग
इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक इन्जिनियरिङ बीईको शुल्क मनोमानी ढंगले वृद्धि गरेको भन्दै विद्यार्थीहरूले प्रदर्शन गरेका छन्। स्वतन्त्र विद्यार्थी युनियन पुल्चोक इन्जिनियरिङ क्याम्पसको अगुवाइमा शुक्रबार डिन कार्यालय पुल्चोकदेखि माइतीघरसम्म प्रदर्शन गरिएको हो। डिन कार्यालयले हालै शिक्षण शुल्क तीन लाख १८ हजारबाट वृद्धि गरेर सात लाख ७७ हजार पुर्याएको थियो।
चितवनको सफारी पर्यटनलाई जोगाउन सौराहामा २० वर्षअघि हात्ती पाल्न थालिएको थियो। तर, यहाँ आउने पर्यटक घटेसँगै व्यावसायीले हात्ती बेच्न थालेका छन्।
अहिले चन्द्रयान अवतरण गरेको ठाउँको अक्षांश झन्डै ७० डिग्री दक्षिण हो। दक्षिणी ध्रुवबाट करिब ६०० किलोमिटर उत्तरमा अवस्थित यसलाई दक्षिणी ध्रुव भन्नु पोखरालाई नयाँ दिल्ली भन्नुजस्तै हो।
पूर्वपश्चिम राजमार्गस्थित झापाको झरना खोलानजिक नियमित सवारी जाँचका क्रममा प्रहरी निरीक्षक युवराज कटुवालमाथि बन्चरो प्रहार भएको छ। उनको टाउको र हातमा गम्भीर चोट लागेको छ।
कोशी, बागमती, गण्डकी, मधेश र लुम्बिनीका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने महाशाखाले जनाएको छ।
बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणले अदालत पुग्दासम्म कस्तो रूप लिन्छ भन्ने त प्रष्ट हुन बाँकी नै छ, तर यो प्रकरणमा सीआईबीले गरेको अनुसन्धान भने प्रश्नहरूको घेरामा परेको छ।
सुदूरपश्चिम प्रदेशका नागरिकको भावनालाई सम्बोधन गर्दै यस पर्वलाई राष्ट्रिय पर्वका रूपमा घोषणा गर्ने प्रस्ताव लिएर जाने प्रधानमन्त्री दाहालको भनाइ थियो।
एकीकृत समाजवादीले एमसीसी सम्झौताको कार्यान्वयनको अनुगमन गर्न र जनतालाई सुसूचित गर्न समिति बनाउने निर्णय गरेको छ।
‘बुङमती–खोकना भएर फास्ट ट्र्याक अब जाँदैन, हामी जान दिँदैनौँ। बोर्ड बैठकले पारित गरेपछि सिंगो ललितपुर महानगरपालिकाको आधिकारिक धारणा यही हुनेछ।’
न्यायाधीश खतिवडाको इजलासले विवादित विषय छिटोछरितो रूपमा निरूपण गर्न वाञ्छनीय देखिएको भन्दै पूर्ण सुनुवाइका लागि भदौ १५ गते रिटलाई अग्राधिकार दिई पेश गर्न भनेको छ।
मन्त्रिपरिषद् बैठकले काठमाडौँ–तराई/मधेश द्रुतमार्ग सडक आयोजनाको विस्तृत आयोजना प्रतिवेदन परिमार्जन गर्न स्वीकृति दिने लगायतका निर्णय गरेको छ।
सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीलाई सोध्ने प्रश्न शुक्रबार दिउँसो ३ बजेभित्रमा प्रतिनिधिसभाका सचिवसमक्ष लिखित रूपमा पेश गर्न आग्रह गरेका छन्।
भौतिक योजना तथा निर्माण मन्त्रालयको कानून शाखामा रहँदा गौतमले आफ्नो कार्य क्षेत्रबाहिर गएर काम गरेको सीआईबीको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।
मानिसको बसोबास घट्दै गएपछि खेतयोग्य जमिन बाँझो हुन थालेको छ। पशुपालन र कृषि कर्म पनि घट्दै गएको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करी प्रकरणमा अहिले नै उच्चस्तरीय आयोग गठन गरेर अनुसन्धान थाल्न सरकार तयार हुन नसकेको टिप्पणी गरेका छन्।
सांसदहरूले श्रमिकको बढेको पारिश्रमिक पाउने वातावरण बनाउनुपर्ने, त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ कलेजको शुल्क बढाउने निर्णय फिर्ता लिनुपर्ने लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
पर्यटकलाई चाहिने र लोभ्याउने हरेक सामान पाइने ‘पर्फेक्ट गन्तव्य’लाई प्रवेशद्वारमै बसेर गिज्याइरहेको सञ्चय कोष भवनको दृश्यले टुरिस्ट गाइडहरूलाई पनि लाजैमर्नु बनाइदिएको छ।
अध्यागमन विभागका महानिर्देशक अधिकारी गृह मन्त्रालयमा तानिए पनि उनको ठाउँमा कसलाई पठाउने भन्नेबारे तत्काल निर्णय भइसकेको छैन।
सभामुख देवराज घिमिरेको कार्यकक्षमा भएको प्रमुख चार राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरूको बैठकले भदौ ११ गते १० वटै विषयगत समिति सभापतिको निर्वाचन गर्ने निर्णय गरेको छ।
छिनछिनमा सडक अवरुद्ध हुँदा मनाङका स्थानीयलाई आवतजावतमा समस्या भएको छ। उनीहरूले स्याउ, आलुलगायत उत्पादन बिक्रीका लागि बजारसम्म पुर्याउन पनि पाएका छैनन्।