AnonymousUser

Logout

एसीसी प्रिमियर कप: उपाधिका लागि नेपालले यूएईसँग खेल्दै, वर्षा बाधक बन्ने सम्भावना

एसीसी प्रिमियर कपको उपाधि विजेता टोलीले भारत र पाकिस्तानसमेत सहभागी हुने एशिया कपमा स्थान बनाउने छ। तर, वर्षाले 'रिजर्भ डे'मा समेत खेल नहुने अवस्था आए वरीयतामा अगाडि रहेको नेपाल एशिया कपमा पुग्नेछ।

कांग्रेस सुधारको खाका: गठबन्धनलाई 'गुडबाई' र विशेष महाधिवेशन

संगठन सुदृढ पार्ने र गठबन्धनबाट बाहिरिने अजेन्डालाई मूर्तरूप दिन नेपाली कांग्रेस यथाशक्य चाँडो वैधानिक प्रक्रियामा जानै पर्छ। त्यसका लागि सबैभन्दा उपयुक्त मञ्च हो केन्द्रीय महाधिवेशन।

भारतमा उपचारपछि फर्किए राष्ट्रपति

भारतको नयाँ दिल्लीस्थित एम्समा उपचार गराएर राष्ट्रपति रामचन्द्र पौडेल आइतबार राति नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्किएका छन्।

काठमाडौँको नीरा हत्याकाण्ड : क्यासिनो–जुवाको लतले डुबेपछि लुटपाटमा लागेका थिए विनोद

काठमाडौँमा १० दिन पहिले व्यवसायी नीरा पाण्डे आचार्यलाई पसलमै लुटपाट गर्ने क्रममा हत्या गरेको आरोपमा पक्राउ परेका विनोद विश्वकर्मा क्यासिनो र जुवाको लतले ऋणमा डुबेको अनुसन्धानबाट खुलेको छ।

रोल्पामा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु, ९ घाइते 

जिप ओरालो कच्ची बाटोमा अचानक ब्रेक फेल र स्टेरिङले काम नगरी सडकबाट करिब तीन सय मिटर तल खसेर दुर्घटना भएको प्रहरी प्रमुख सारुमगरले बताए।

अदालतमा ‘अटोमेसन’को दबाब : बारको पटक–पटक ‘अल्टिमेटम’, सर्वोच्चमा छैन सुरसार

मुद्दाको पेसीलाई ‘अटोमेसन’ प्रणालीमा लैजान नेपाल बार एसोसिएसनले आन्दोलनको चेतावनीसहित कामु प्रधानन्यायाधीशलाई पटक–पटक समयसीमा तोके पनि सर्वोच्च अदालतमा त्यस्तो कुनै तयारी छैन।

अढाई महिनाको उपचारपछि फर्किए चन्द्र भण्डारी, भन्छन्– आगलागीबाट हुने मृत्युदर कम गर्न पैरवी गर्छु

मुम्बईमा अढाई महिनाको उपचारपछि आइतबार काठमाडौँ आइपुगेका कांग्रेस नेता भण्डारीले सातै प्रदेशमा १/१ वटा बर्नस् अस्पताल बनाउन र जनशक्ति तयार गर्न आवश्यक बजेटको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन्।

कृषिमन्त्रीको गुनासो : कृषि क्षेत्रलाई प्रधानमन्त्रीले चासो दिनुभएन

कृषिमन्त्री भुसालले कृषि क्षेत्र अर्थतन्त्रको मेरुदण्ड भए पनि लगानी गर्न सरकारले कन्जुस्याइँ गरेको बताएका छन्।

कहालीलाग्दो रोल्पा : सन्तान जोगाउनै गाह्रो

शक्तिशाली ओहोदामा आफ्ना प्रतिनिधि निरन्तर पुर्‍याइरहेको रोल्पामा नवजात शिशुको मृत्युदर बढ्दो छ। निर्वाचनका बेला सुधारका ठूल्ठूला वाचा गर्ने दल र नेताले यसप्रति पटक्कै जबाफदेही हुनु परेको छैन।

नेपाल र यूएईसँगै ओमान इमर्जिङ कपमा छनोट

इमर्जिङ कप जुलाईमा हुनेछ। उक्त प्रतियोगितामा नेपाल, ओमान र यूएईसँगै भारत, पाकिस्तान, श्रीलंका, अफगानिस्तान र बंगलादेशको ए टोलीले भाग लिने छन्।

सुडान द्वन्द्वको १५औँ दिन : ५२८ को मृत्यु,  भिडन्त थप चर्कियो

१५ दिनदेखि जारी युद्धमा सैनिक र सर्वसाधारण गरी ५२८ जनाको मृत्यु भएको र चार हजार ५०० सय घाइते भएको सुडानको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

वीर अस्पतालको पर्खाल भत्किँदा बिरामी कुरुवा ४ जना घाइते

घाइते सबैको वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको र उनीहरूको अवस्था सामान्य रहेको वीर अस्पताल प्रशासनले बताएको छ।

प्लास्टिक झोला प्रतिबन्धः पटकपटक घोषणा, किन हुँदैन कार्यान्वयन?

सरकारले विगत १२ वर्षमा तीनपटक ४० माइक्रोनभन्दा पातला प्लास्टिकका झोला प्रयोगमा प्रतिबन्ध लगाउने घोषणा गरिसकेको छ। पछिल्लोपटक आर्थिक वर्ष २०७८/७९ को बजेटमा यस्तो घोषणा गरेको थियो।

बार्सिलोनाको सिनियर टोलीबाट यामलको 'ड्रिम डेब्यू'

बार्सिलोना यामलले क्लबमा निरन्तरता दिनेमा विश्वस्त छ, उनलाई व्यावसायिक सम्झौता प्रस्ताव गर्ने र उनको भविष्य सुरक्षित गर्दिने बचन पनि दिएको छ। यद्यपि, यामलसँग जमाल मुसियालाजस्तै अरू क्लब जाने विकल्प छ।

सेयर बजार १९.११ अंकले घट्यो, ९५ करोडको कारोबार

आइतबार २७१ कम्पनीको ३२ लाख ६ हजार ४५० कित्ता सेयर २६ हजार ८०१ पटक किनबेच हुँदा ९५ करोड ४३ लाख २२ हजार ३७७ बराबरको कारोबार भयो।

राष्ट्र बैंकले बढायो अमेरिकी डलर सटहीको सीमा

राष्ट्र बैंकले एकीकृत परिपत्रमा संशोधनमार्फत विदेश पढ्न जाने विद्यार्थीका लागि दिइने सटही सुविधासम्बन्धी व्यवस्था थप गरेको छ।

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थामा सुधार, आइतबार स्वदेश फर्किँदै

राष्ट्रपति पौडेल आइतबार राति नेपाल एयरलाइन्सको नियमित उडानमार्फत नेपाल फर्किन लागेका छन्।

होटल तथा पर्यटन व्यवसायलाई उद्योगको मान्यता दिन माग

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाललाई भेटेर व्यवसायीले होटल तथा पर्यटन व्यवसायलाई उद्योगको मान्यता दिन माग गरेका छन्।

राजनीतिक पहुँचका आधारमा मिटरब्याजीले उन्मुक्ति पाउँदैनन् : गृहमन्त्री

गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजीको पक्षमा रहेका जो कोही राजनीतिक पार्टी र पहुँचवालालाई सरकारले कारबाही गर्ने चेतावनी दिएका छन्।

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

भिजिबिलिटी कमजोर हुँदा विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय उडान सामान्य रूपमा प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ।