AnonymousUser

Logout

हेलिकप्टर दुर्घटना अपडेट : घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर

हेलिकप्टरमा सवार पाँच जनामध्ये तीन गम्भीर र बाँकी दुई जना सामान्य रहेको नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए।

आगामी वर्ष खाद्यान्न संकट हुने विज्ञको चेतावनी, सरकार भन्छ– गम्भीर छौँ

विज्ञले नेपालमा यो वर्षा कम भई खाद्य संकट निम्तिन सक्ने भन्दै पूर्वतयारीमा लाग्न सरकारलाई सुझाव दिएका छन्।

नयाँ स्टक एक्सचेन्जले एक महिनाभित्र अनुमति पाउँदै, कम्पनीहरूले दुईतिरै कारोबार गर्न पाउने

आवेदन दिएका तीनमध्ये एक कम्पनीले स्टक एक्सचेन्ज सञ्चालन अनुमति पाउनेछ। अहिले नेप्सेमा सूचीकृत शेयर कारोबार कम्पनी तथा ब्रोकरहरूले हालको नेप्से र नयाँ एक्सचेन्ज दुबैमा कारोबार गर्न सक्नेछन्।

सिम्रिक एयरको हेलिकप्टर संखुवासभामा दुर्घटना

माथिल्लो अरुण जलविद्युत् आयोजनाको सामान बोकेर गएको हेलिकप्टर भोटखोला गाउँपालिका क्षेत्रमा दुर्घटनामा परेको हो।

रास्वपाको संयुक्त बैठक बस्दै, सरकारमा सहभागिताबारे निर्णय गर्ने

रास्वपाले अपराह्न पाँच बजे केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ। बैठकले सरकारमा सहभागिताबारे निर्णय गर्ने बताइएको छ।

सूचनाको हक प्रजातन्त्रको प्राण हो : सभामुख

राष्ट्रिय सूचना आयोगको १६औँ स्थापना दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा सभामुख घिमिरेले सूचनाबिना मुलुक र जनताको विकास हुन नसक्ने बताएका छन्।

बजेटमा सरकारले चाहेर पनि चमत्कार गर्न सक्ने अवस्था छैन

वार्षिक बजेटको सिलिङ १७ खर्ब बराबरको हो। त्यसमध्ये सवा १० खर्ब रुपैयाँ जुनसुकै सरकार आए पनि कर्मचारीको तलब भत्ता, नियमित, प्रशासनिक, सामाजिक सुरक्षा भत्तालगायतका अनिवार्य दायित्वमा जान्छ।

आयोगको टोली फर्केपछि अनन्तमायालाई जग्गा र घर पनि ‘अंशबन्डा गर्न’ न्यायाधीश छोराको दबाब 

बिहीबार आयोगको टोली अनन्तमायाको घरमा पुगेको थियो। टोली फर्केलगत्तै पुगेका कान्छा छोरा जगदीशले अनन्तमायालाई उनको नाममा रहेको जग्गा र घर पनि अंशबन्डा गर्न दबाब दिएका छन्।

किरात राई समुदायले उँभौली पर्व मनाउँदै

मंसिर शुक्ल पूर्णिमाका दिन बाली भित्र्याएर जाडो छल्न बेँसी झरेकाहरू आजदेखि लेकतिर लाग्ने चलन छ। 

पर्व

गोकर्णमा मनाइयो उँभौली पर्व

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व शुक्रबार देशभर भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ। यसै अवसरमा राजधानीको गोकर्णमा किराँतीहरूले उँभौली मनाएका छन्।

पाकिस्तानको कुराममा गोली प्रहार, ५ शिक्षकसहित ८ जनाको मृत्यु

​​​​​​​शिक्षक युनियनका प्रतिनिधिले अपराधी पक्राउ नपर्दासम्म विद्यालय बन्द गर्ने निर्णय गरेका छन्। आन्तरिक मन्त्री राना सानाउल्लाह खानले अपराधमा संलग्नलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका छन्।

२५६७औँ बुद्ध जयन्ती मनाइँदै, लुम्बिनीमा विशेष कार्यक्रम

बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण (मृत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले श्रद्धा र भक्तिपूर्वक बुद्ध जयन्ती मनाउने गर्दछन्।

साइबेरियामा २० हजार वर्ष पुरानो पेन्डेन्ट भेटियो, डीएनएबाट पत्ता लाग्यो मालिक

प्रागऐतिहासिक कलाकृति एक विशेष व्यक्तिको अनुवांशिकसँग मिलेको यो अहिलेसम्मकै पहिलो खोज भएको बताइएको छ।

एक दशकपछिको नेपाल : सामूहिक पलायनको त्रास 

नेपालीहरू विदेशमा स्थायी रूपले बस्न थालेपछिको पहिलो पुस्ताले बल्ल राम्रोसँग पाइला टेक्न थालेका छन्। उनीहरूले नेपालको सम्पत्ति बेचेर विभिन्न गैरकानूनी माध्यमबाट धमाधम आफू बस्ने देशमा लान थालेका छन्।

कोलकत्तासँग हैदराबाद ५ रनले पराजित

जितसँगै कोलकत्ता आठौँ स्थानमा उक्लिएको छ। पराजित हैदराबाद नवौँ स्थानमा छ।

माओवादी पदाधिकारीको बैठक : नक्कली शरणार्थी प्रकरणमा जोडिएकालाई उन्मुक्ति नदिइने

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको माओवादी केन्द्रका पदाधिकारीको अनौपचारिक बैठकमा प्रधानमन्त्री दाहालले नक्कली शरणार्थी प्रकरणमा जोडिएका कोही कसैले पनि उन्मुक्ति नपाउने बताएका छन्

आउँदो मनसुनमा सरदरभन्दा कम पानी पर्ने पूर्वानुमान

जल तथा मौसम विज्ञान विभागले आगामी मनसुनी सिजनको हावापानीको पूर्वानुमान सार्वजनिक गर्दै सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत औँल्याएको छ।

मेचीपारि जग्गा नेपालको, खेतीपाती भारतीयको

एक दशकमा लगभग आधा बस्ती बसाइँ हिँडेपछि खेतमा भारतीयहरू आउन थालेको स्थानीयवासी बताउँछन्। नेपालतिर आएर भारतीयले खेतीपाती गर्ने क्रम बर्सेनि बढ्दै गएको छ।

सर्वोच्चको परमादेश : ‘विदेशबाट आउने तरकारी र फलफूलको विषादी परीक्षण प्रतिवेदन पेस गर्नू’

आदेशमा २०७६ सालमा पैठारी हुने तरकारी र ताजा फलफूलमा विषादीको अवशेष परीक्षण गरेर मात्र नेपाल भित्र्याइने भनी गरिएको निर्णय के–कति अवधिमा पूर्णरूपमा कार्यान्वयन हुने हो? भनी सरकारलाई प्रश्न गरिएको छ।

संकटा र एनआरटीलाई रेलिगेशनको डर यथावत्, मछिन्द्र उपाधि होडमा फर्कियो

बिहीबार सम्पन्न १४औँ चरणको खेलमा संकटा क्लबलाई ३-१ गोल अन्तरले पराजित गर्दै मछिन्द्रले उपाधि होडमा पुनरागमन गरेको छ।