AnonymousUser

Logout

काँकडभिट्टाबाट ९ महिनामा १७ करोडको बन्दागोभी निर्यात

चालु आवको नौ महिनामा काँकडभिट्टा नाकाबाट १६ अर्ब १९ करोड १७ लाख रुपैयाँको खाद्यान्न तथा कृषिउपज निर्यात र नौ अर्ब ३० करोड ५८ लाख ८० हजार रुपैयाँको आयात भएको छ।

पश्चिमी रुवान्डामा बाढी, कम्तीमा १३० जनाको मृत्यु

मंगलबार रातिदेखि परेको भारी वर्षाले रुवान्डाको उत्तरी र पश्चिमी प्रान्तमा ठूलो क्षति पुर्‍याएको छ। वर्षा नरोकिएकाले बाढी प्रभावितको उद्धारमा कठिनाइ भइरहेको स्थानीय सञ्चारमाध्यम आरबीएले जनाएको छ।

नेपाली क्रिकेटको विकास : पूर्वाधार नै पूर्वसर्त

टीयु क्रिकेट मैदानका अतिरिक्त माथिल्लो र तल्लो मूलपानी क्रिकेट मैदानको काम सकेर अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता गराउन सकिन्छ।

म्यानचेस्टर सिटीले वेस्ट हामलाई हरायो, हालान्डको कीर्तिमानी गोल

हालान्डले प्रिमियर लिगको एकै सिजनमा सर्वाधिक ३५ गोल गर्ने कीर्तिमान बनाएका छन्। उनले ३३औँ खेलमा यो कीर्तिमान बनाएका हुन्।

टोपबहादुर रायमाझीका छोरा सन्दीप बुटवलबाट पक्राउ

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउन भूमिका खेलेको आरोपमा प्रहरीले पूर्वमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई बुटवलबाट पक्राउ गरेको छ।

सचिव पाण्डेलाई तीन दिन हिरासतमा राख्न अनुमति

जिल्ला अदालत काठमाडौँले नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलाई ठगी र संगठित अपराधसम्बन्धी कसूरमा अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

सातदोबाटोले शीर्ष स्थानमा उक्लिने मौका गुमायो, चर्च ब्वाइज दोस्रो स्थानमा

हिमालयन शेर्पासँग १-० ले हारेर 'ए' डिभिजन लिगको अंक तालिकामा शीर्ष स्थानमा उक्लिने मौका गुमाएको सातदोबाटो चौँथो स्थानमा खुम्चिएको छ।

बहालवाला सचिव पक्राउदेखि पूर्वमन्त्रीलाई पूर्जी काटिएको नक्कली शरणार्थी प्रकरण के हो?

भुटानी शरणार्थी समस्या सुल्झाउन गृह मन्त्रालयद्वारा गठित कार्यदलले बुझाएको प्रतिवेदनमा नक्कली अनुसूची घुसाउँदै मोटो रकम लिएर नेपाली नागरिकलाई ‘भुटानी शरणार्थी’मा सूचीकृत गरिएको थियो।

अनन्तमायालाई उद्धार गर्न मानवअधिकार आयोगमा उजुरी, बिहीबार आयोगको टोली पुग्ने

आफ्नै घरभित्र बन्धक बनाइएकी भक्तपुरको सूर्यविनायक नगरपालिका–३, बालकोटकी ७४ वर्षीया अनन्तमाया घिमिरेलाई तत्काल उद्धार गर्न माग गर्दै राष्ट्रिय मानवअधिकार आयोगमा निवेदन परेको छ।

एमाले सचिव टोपबहादुर रायमाझीलाई पक्राउ गर्न ‘समन्वय गर्दै’ प्रहरी

गैरभुटानीलाई शरणार्थीका रूपमा अमेरिका लैजाने घटनामा संलग्न देखिएको भन्दै प्रहरीले एमाले सचिव एवं पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई पक्राउ गर्ने तयारी गरेको छ।

कुवेतले साफ च्याम्पियनसिप खेल्ने

भारतमा आगामी जुन-जुलाईमा हुने साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा कुवेतले पनि सहभागिता जनाउने भएको छ। प्रतियोगितामा कुवेतसँगै भारत, नेपाल, भुटान, माल्दिभ्स र बंगलादेश सहभागी हुनेछन्।

कांग्रेसबाट थपिए तीन मन्त्री : कानून मन्त्रालयमा गुरुङ, स्वास्थ्यमा बस्नेत

नेपाली कांग्रेसका तीन जनालाई समेटेर प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद् विस्तार गरेका छन्। मन्त्री बन्नेमा उपसभापति धनराज गुरुङ, मोहनबहादुर बस्नेत र डिगबहादुर लिम्बू छन्।

नक्कली शरणार्थी प्रकरणमा उपराष्ट्रपति कार्यालयका सचिव टेक नारायण पाण्डे पक्राउ

नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर विदेश पठाउने काममा संलग्न रहेको आरोपमा नेपाल सरकारका सचिव टेकनारायण पाण्डे काठमाडौँको जडिबुटीबाट पक्राउ परेका छन्।

३ इरानी महिला पत्रकारलाई प्रेस स्वतन्त्रता पुरस्कार प्रदान गर्ने राष्ट्रसंघको घोषणा

पुरस्कृत तीनै जना पत्रकार जेलमा छन्। आक्रमण, धम्की र असुरक्षाकाबीच पेशाप्रति प्रतिबद्ध भएर लागेका कारण उनीहरूलाई पुरस्कार प्रदान गरिएको राष्ट्रसंघले जनाएको छ।

३ इरानी महिला पत्रकारलाई प्रेस स्वतन्त्रता पुरस्कार प्रदान गर्ने राष्ट्रसंघको घोषणा

पुरस्कृत तीनै जना पत्रकार जेलमा छन्। आक्रमण, धम्की र असुरक्षाकाबीच पेशाप्रति प्रतिबद्ध भएर लागेका कारण उनीहरूलाई पुरस्कार प्रदान गरिएको राष्ट्रसंघले जनाएको छ।

राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई जनही ६ लाख रुपैयाँ दिने सरकारको निर्णय

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले खेलाडीलाई जनही ६ लाख र अफिसियललाई जनही ३ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरेको छ।

पृथ्वी राजमार्ग : गणेशखोला पुलमा फेरि जमिन भासियो, सवारी आवागमन बन्द

नयाँ पुल निर्माणका लागि फाउन्डेसन खन्ने क्रममा पुरानो पुलको फाउन्डेसन भएको जमिन भासिएको हो। पुलको मुखमा सडक भ्वाङ परेपछि सवारी आवागमन बन्द भएको छ।

पैसाले तानातानमा परेको अन्नपूर्ण संरक्षण क्षेत्र

पदयात्राका लागि संसारभर प्रसिद्ध अन्नपूर्ण संरक्षण क्षेत्र व्यवस्थापनको जिम्मा समुदायलाई दिने घोषणाविपरीत सरकारले फेरि राष्ट्रिय प्रकृति संरक्षण कोषलाई ७ वर्षका लागि जिम्मा लगाउने तयारी गरेको छ।

उम्मेदवारको डाटा हराएपछि लोकसेवा आयोगद्वारा पुनः दरखास्त आह्वान

२०७९ साल मंसिर, पुस र माघ महिनामा प्रकाशित विज्ञापनमा दरखास्त दिएर दस्तुर बुझाइसकेका उम्मेदवारलाई पुनः दरखास्तका लागि आह्वान गरिएको लोकसेवा आयोगले जनाएको छ। 

नेपालमा १ वर्षमा प्रेस स्वतन्त्रता हननका ५५ वटा घटना

इन्टरनेटको विकाससँगै शुरू भएको डिजिटल पत्रकारिता चुनौती र अवसरको बीचमा रहेको पत्रकार महासंघको भनाइ छ।