AnonymousUser

Logout

गुर्जामा स्याउखेतीको परीक्षण सफल, व्यावसायिक रूपमा खेती गर्ने योजना

इटलीबाट ल्याएको उच्च घनत्व जातका स्याउका बिरुवाले फल दिन थालेका हुन्। यसअघि गुर्जामा स्थानीय जातको स्याउखेती गरिए पनि अपेक्षाकृत सफलता हासिल भएको थिएन। 

भोजपुरको तुङ्‌गेछा केन्द्रबिन्दु भएर भूकम्प

भोजपुरको तुङ्‌गेछा केन्द्रबिन्दु भएर शुक्रबार बिहान १ः११ मिनेट जाँदा चार म्याग्निच्यूडको भूकम्प गएको छ।

इलामको रोपाइँजात्रा : सहअस्तित्वको संस्कृति

इलामले रोपाइँ जात्रासँग यति याम बिताइसक्यो कि यदि रोपाइँजात्रा इलामबाट हराउने हो भने यहाँको इतिहासका धेरै कथाहरू बिर्सने डर हुन्छ।

च्याम्पियन्स लिग: म्यानचेस्टर युनाइटेड र बायर्न म्युनिख एकै समूहमा

सिजनको विजेता म्यानचेस्टर सिटी समूह ‘जी’मा परेको छ। सो समूहमा आरबी लाइपजिग, रेड स्टार बेलग्रेड र योङ ब्वाइज छन्। 

कस्तो रहनेछ शुक्रबारको मौसम?

कोशी, मधेश, बागमती र गण्डकीका थोरै स्थानमा हल्कादेखि मध्यम र बाँकी भूभागमा हल्का वर्षा हुनेछ। 

पेट्रोल प्रतिलिटर ४, डिजेल/मट्टितेलमा ३ रुपैयाँ बढ्यो, खाना पकाउने ग्यास प्रतिसिलिन्डर १८९५ पुग्यो

आयल निगमले इन्डियन आयल कर्पोरेसनबाट बिहीबार आएको नयाँ मूल्यसूचीअनुसार इन्धनको मूल्य समायोजन गरिएको जनाएको छ।

सुन तस्करी प्रकरण : सूचना संकलन गर्न सीआईबीको टोलीलाई भारत पठाइयो

बुधबार सुन प्रकरणबारे थप सूचना संकलन गर्न सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यलाई हङकङ पठाएको प्रहरीले बिहीबार भारतमा पनि टोली पठाएको छ।

राष्ट्रपति पौडेलसँग अमेरिकी संसदीय प्रतिनिधिमण्डलको भेटवार्ता

राष्ट्रपति रामचन्द्र पौडेलसँग मार्क पोकनको नेतृत्वमा आएको अमेरिकी सांसदहरूको प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गरेको छ।

रक्षामन्त्री खड्काको वीरेन्द्र सैनिक अस्पतालमा पोस्टेटको शल्यक्रिया

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार रक्षामन्त्री खड्कालाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

समाज बुझाउने इतिहास र भूगोलको पढाइ संकटमा, प्राध्यापकहरू भन्छन्– राज्यकै नीतिले विद्यार्थी आएनन्

इतिहास र भूगोललाई मानवजातिको संस्कृति, परम्परा, प्रकृति मात्र नभई देश नै बुझ्ने विषय मानिन्छ। तर त्रिविको केन्द्रीय विभागमा यी विषय पढ्नेको संख्या नगन्य छ। कतिपय क्याम्पसमा त पठनपाठनसमेत बन्द भएको छ।

सुशासन कायम गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी स्वार्थबाट माथि उठ्नुपर्छ : बालेन शाह

काठमाडौँ महानगर प्रमुख शाहले नेपाल प्रहरी, सशस्त्र प्रहरी, सीडीओले नातावाद, कृपावाद र राजनीतिक प्रभावमा नपरी इमानदारीपूर्वक काम गरे शहरमा सुशासन ल्याउन सफल भइने बताएका छन्।

विदेश जानैपर्छ भन्ने नेपालीको मानसिकता फेर्न आवश्यक छ: अर्थमन्त्री  

अर्थमन्त्री प्रकाशशरण महतले नेपालमा आईटी क्षेत्रमा ठूलो सम्भावना रहेकाले सरकारले प्रोत्साहन गरिरहेको दाबी गरेका छन्।

टिम डेभिड अस्ट्रेलियाको एक दिवसीय टोलीमा

अस्ट्रेलियाली क्रिकेट टोली छनोटकर्ता टोनी डोडामेडले टिम डेभिडको क्षमता हेर्न टोलीमा राखिएको जानकारी दिएका छन्।

शरणार्थीदेखि ललितानिवास र सुन प्रकरणसम्म : अपराधको ‘राष्ट्रिय जात्रा’ 

शरणार्थीदेखि सुन र ललितानिवास प्रकरणसम्मले उब्जाएको प्रश्न हो– भोलि माथिल्ला तहका राजनीतिज्ञहरू अपराधमा संलग्न देखिए त्यसको अनुसन्धानले सहज रूपमा आफ्नो बाटो तय गर्न सक्ला?

जोहानेसबर्गस्थित अवैधानिक आप्रवासी रहेको भवनमा आगलागी हुँदा ज्यान गुमाउनेको संख्या ६३ पुग्यो

स्थानीय बोलिचालीमा अवैधानिक आप्रवासीहरुले गैरकानूनी रुपमा प्रयोग गरेका भवनलाई ‘हाइज्याक्ड’ भवन भन्ने गरिन्छ।

सुन तस्करी प्रकरण: दावा छिरिङले निमा तामाङको नाममा नागरिकता लिएको पुष्टि

दावालाई साउन १३ गते राजश्व अनुसन्धान विभागले पक्राउ गरेको थियो। उनले २०७४ पुस २० गते नागरिकता लिएको खुलेको थियो। 

दक्षिण अफ्रिकास्थित आवासीय भवनमा आगलागी, २० जनाको मृत्यु

पाँचतले आवासीय भवनमा बिहीबार बिहान आगो लागेको हो। आगलागीको कारण खुल्न सकेको छैन।

पशुपतिमा दुनाटपरी गाँस्दा खुशी भेटिरहेकी गायत्री आमा (तस्वीर–कथा)

‘आफ्नै लगानी, आफ्नै पौरख र आफ्नै कमाइमा बाँच्न पाउनु जति रमाइलो जीवनमा अरू केही हुँदो रहेनछ।’

पर्व

मनाइयो प्राइड परेडसँगै गाईजात्रा

नीलहीरा समाजको आयोजनामा र अमेरिकी दूतावासको सहयोगमा योनिक तथा लैंगिक अल्पसंख्यक समूहले २०औँ नेपाल प्राइड परेड र गाईजात्राको अवसरमा बिहीबार प्राइड परेड र प्राइड कन्सर्ट आयोजना गरेको छ। परेड दिउँसो १ बजे कर्मचारी सञ्चय कोषबाट शुरू भई टुँडिखेल मैदानमा गएर सम्पन्न भएको छ। नेपालको विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्ने क्वियर समूहको नृत्य, कुटुम्ब ब्यान्ड, अभया एन्ड स्टिम इन्जिनस्, प्रकाश सपुत, सुबानी मोक्तान, एलिना चौहान, सुशान्त घिमिरे र वाङ्देन शेर्पालगायत कलाकारको प्रस्तुतिसहितको कार्यक्रम गरिएको थियो।

जुटको उत्पादन बढ्यो, मूल्यमा भने गिरावट

नेपालमा उत्पादित जुट सबै स्वदेशमै खपत हुन्छ। भारत र बंगलादेशबाट पनि आयत हुने गरेको छ।