AnonymousUser

Logout

देशभर मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

देशभर आंशिकदेखि सामान्य बदली रही बागमती र गण्डकीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। 

भारत र पाकिस्तानको खेल रद्द, नेपाललाई फाइदा

पाकिस्तानले जितको लागि २६७ रनको लक्ष्य पाएको थियो। तर, दोस्रो इनिङमा वर्षाको कारण ब्याटिङ गर्न पाएन।

सुजन ओलीको नेतृत्वमा सेजनको नयाँ कार्यसमिति निर्वाचित

सेजनको शनिबार सप्पन्न २५औँ वार्षिक साधारणसभा तथा अधिवेशनबाट सुजन ओलीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ।

डेंगी संक्रमितको संख्या २१ हजार नाघ्यो, सुनसरीमा मात्र ११ हजार बिरामी

महाशाखाका निर्देशक डा. रुद्रप्रसाद मरासनी पानी परिरहेकाले डेंगी संक्रमण दैनिक रूपमा बढिरहेको बताउँछन्।

लुम्बिनीका नेताहरूलाई ओलीको निर्देशन : प्रदेशको नेतृत्वमा सबैलाई चित्त बुझ्ने समाधान निकाल्नुहोस्

एमाले अध्यक्ष ओलीले विरोधीलाई देखाउनका लागि भए पनि लुम्बिनी प्रदेशको नेतृत्वका लागि उच्चस्तरीय समझदारी आवश्यक रहेको बताए।

प्रज्वल पराजुलीको ‘चित्रलेखाको चौरासी’ विमोचित

लेखक प्रज्वलले दक्षिण एशियाली क्षेत्रमा विशेषगरी भारतीय उपमहाद्वीपभित्र समाजले वर्जित गरेका विषयलाई लेखनको प्राथमिकतामा राख्छन्। 

पथरी ११ ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा

ताप्लेजुङ गोल्डकपमा फिदिम स्पोटिङ क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै पथरी ११ फुटबल क्लबले सेमिफाइनलको यात्रा तय गरेको छ।

यस्तो छ हवाई सेवा सञ्चालनसम्बन्धी नयाँ मापदण्ड

नयाँ मापदण्डअनुसार वायु सेवा सञ्चालन गर्न इच्छुक नयाँ कम्पनीसँग अब न्यूनतम तीन वटा जहाज अनिवार्य हुनुपर्ने छ।

एमालेमा गुटबन्दी नभएको उपाध्यक्ष पौडेल र महासचिव पोखरेलको दाबी

अध्यक्ष केपी शर्मा ओली नेतृत्वको एमाले राजनीतिक, वैचारिक र सांगठानिक रूपले एकताबद्ध रहेको र यसलाई कसैले कमजोर पार्न नसक्ने उनीहरूको भनाइ थियो।

भुंग्रोमा देश, घिउ थप्दै ‘राजनीति’

१९ वर्षअघि भदौ १६ मा भएको वितण्डा धेरैले सम्भवतः बिर्सिइसके। ‘मास फ्रस्ट्रेसन’को अवस्थामा देखिनथालेको समाज र त्यसमै घिउ थपिरहेको राजनीतिले देशलाई त्योभन्दा भयावह वितण्डातर्फ उन्मुख गराउँदैछ।

साइकल लेन छुट्याउन कन्जुस्याइँ गरिँदै छ: हरिवंश आचार्य

वरिष्ठ कलाकार हरिवंश आचार्य सरकारले नीति निर्माण गर्दा साइकल, ह्विलचियर र पैदलयात्रीमैत्री सडकलाई प्राथमिकतामा पारिनुपर्ने बताउँछन्।

रूपान्तरण अभियानपछि माओवादी केन्द्र ‘ट्र्याक’मा आउँछ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष दाहालले पार्टीले बीचमा बाटो बिराएको र जनतासँग सम्बन्ध कमजोर भएको जस्तो महसुस भएकाले त्यसलाई ट्र्याकमा ल्याउने उद्देश्यले अभियान थालिएको बताएका छन्।

आसकोटे बकुल्ला

नागदहमा आसकोटे बकुल्ला

आसकोटे, बकुल्ला प्रजातिको सानो चरा हो। आसकोटे बकुल्लाको बासस्थान दलदली सिमसार क्षेत्र हो। यी चराहरू गर्मीयाममा जल नजिककै प्रजनन र चर्ने गरेको पाइन्छ। सुख्खा मौसममा, पानीले भरिएको घाँस खोज्दै हिड्ने गर्छन्। नेपालको पूर्वदेखि पश्चिमसम्म यी चराहरू फैलिएर बसेको पाइन्छ। ललितपुरको नागदह आसपास नेपाल फोटो लाइब्रेरीका स्कन्द गौतमले खिचेका आसकोटे बकुल्लाका तस्वीरहरू। \r\n

जनतामा ठूलो छटपटी र आक्रोश छ : गगन थापा

आफू वरिपरि डुलिरहने र नजिकमा बसेर चाकरी गर्नेलाई मात्रै चुनावमा उम्मेदवारको टिकट दिने पुरानो प्रणालीले कांग्रेसका सदस्य तथा मतदातामा निराशा बढेको महामन्त्री थापाको आरोप छ।

माओवादी नेतृत्वको सरकार छ अपराध गरे पनि बचिन्छ भन्ने भ्रममा नपर्न गृहमन्त्री श्रेष्ठको चेतावनी

गृहमन्त्री नारायणकाजी श्रेष्ठले ६० किलो र ९ किलो सुनको तस्करी प्रकरणको अनुसन्धान जारी रहेको बताए। उनले माओवादी नेतृत्वको सरकार छ बचिन्छ भन्ने भ्रममा नपर्न पनि नेता–कार्यकर्तालाई चेतावनी दिए।

बीआरआईलाई राष्ट्रको हितमा कसरी प्रयोग गर्ने सोच्नुपर्ने बेला आएको छ : सभामुख

दुई ठूला देशबाट नेपालले फाइदा उठाएर अघि बढ्न जरुरी रहेको सभामुख देवराज घिमिरेको भनाइ छ।

बाफिलो वीरगन्जमा स्वादसँग सयर

वीरगन्जको बाँकी परिवेशबारे बिस्तारै थप बुझ्दै गइएला। तर त्यहाँको खानपिनको यात्रा मेरो लागि मस्तिष्कमा ‘डोपामिन हर्मोन’ जगाउने सम्झना बनेको छ।

अर्थतन्त्रलाई लयमा ल्याउने कोशिश भइरहेको छ: अर्थमन्त्री

राज्यका विभिन्न निकायले लिने निर्णयका कारण आर्थिक गतिविधिमा प्रभाव परेको उल्लेख गर्दै अर्थमन्त्री डा. महतले सहजीकरण गर्न सरकार तयार रहेको बताएका छन्। 

विरोध

मूल्यवृद्धिको विरोधमा मसाल जुलुस

एलपी ग्यास, पेट्रोलियम पदार्थ, खाद्यान्न लगायत अन्य उपभोग्य वस्तुहरूमा भइरहेको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध प्रमुख प्रतिपक्षी दल नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ, नेपालले शनिबार काठमाडौँको बानेश्वरमा मसाल जुलुससहित विरोध प्रदर्शन गरेका छ। प्रदर्शनकारीले राष्ट्रिय युवा संघ नेपालको कार्यालयदेखि मसाल बाल्दै मुख्य सडकमा प्रवेश गरेर सडक एकछिन अवरोध गरेका थिए। राष्ट्रिय युवा संघले शनिबार ७७ जिल्लामै एकसाथ विरोध प्रदर्शन गरेको हो।

जोहानेसवर्ग आगलागी: १२ बालबालिकासहित ७६ जनाको मृत्यु

दक्षिण अफ्रिकाको संसद्ले घटनाको अनुसन्धान गर्न निर्देशन दिएको छ। प्रहरीले पनि आपराधिक मुद्दा दर्ताको तयारी गरेको छ। यद्यपि कुन निकायलाई विपक्षी बनाइयो भन्नेबारेमा स्पष्ट भएको छैन। 

यो ब्लक वेबसाइटबाट हटाइएको छ।