AnonymousUser

Logout

आरती साह मृत्यु प्रकरण: माग पूरा गर्नुको सट्टा माइतीघर छोड्न गृहमन्त्रीको दबाब

गृहमन्त्री नारायणकाजी श्रेष्ठले मंगलबार आरती साहका परिवारलाई मन्त्रालयमै बोलाएर अढाई महिनादेखि धर्ना दिइरहेको स्थल माइतीघर छाडेर घर फर्किन दबाब दिएका थिए।

बालसुधार गृहको घटना लापरबाही र उदासीनताका कारण : इन्सेक

बालसुधार गृहमा न्यूनतम सुविधाविहीन बालबालिकाका लागि शैक्षिक कार्यक्रम (यूसेप)को लापरबाही र प्रशासनको उदासीनताका कारण घटना भएको इन्सेकको अध्ययनको निष्कर्ष छ।

चीनले जारी गरेको नक्साबारे प्रधानमन्त्रीको भ्रमणमा कुराकानी हुन्छ : अग्नि सापकोटा

माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले चीनले जारी गरेको नयाँ नक्साका सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका बेला कुराकानी हुने बताएका छन्।

जनतासँग माओवादी कार्यक्रमअन्तर्गत अध्यक्ष दाहाल चन्द्रागिरि–२ मा खटिँदै, अरू पदाधिकारी को कहाँ?

पार्टीलाई सबल र सुदृढ बनाउनका लागि जनतासँग माओवादी अभियान लिएर जनताका घर–घरमा जाने लागेको प्रवक्ता अग्निप्रसाद सापकोटाको भनाइ छ।

कांग्रेसमाथि चौतर्फी आक्रमण भइरहेको छ : शेखर कोइराला

आगामी निर्वाचनमा नेपाली कांग्रेस एक्लै चुनावी मैदान उत्रने गरी नेतृत्वले भूमिका निर्वाह गर्नुपर्ने पार्टी केन्द्रीय सदस्य डा. शेखर कोइरालाको भनाइ छ।

सिमेन्ट उद्योगको प्रदूषणबाट स्थानीय बिरामी, खेतीबालीमा समेत देखिँदै असर

सिमेन्ट उद्योगको प्रदूषणका कारण जुगेडीका करिब २३० जना प्रत्यक्ष मारमा छन्। उद्योग सञ्चालन गर्दा मापदण्ड पूरा नगरेर प्रदूषण बाहिरिएकै कारण मानव स्वास्थ्यमा त्यसको प्रत्यक्ष असर परेको स्थानीयको भनाइ छ।

आजदेखि तीन दिनसम्म कलिङ साहित्य महोत्सव

होटल हिमालयमा सञ्चालन भइरहेकाे याे महाेत्सव भदाै १७ गतेसम्म तीन दिन चल्नेछ।

बाँच्न पाउने अधिकार रक्षा गरिदिन वन्यजन्तुबाट पीडित स्थानीयको माग

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. सिन्धु ढुंगानाले नीतिगतभन्दा पनि कतिपय व्यावहारिक समस्या भएको र त्यसलाई सम्बोधन गर्न विभाग तयार रहेको बताएका छन्।

बहराइनमाथि नेपालको १० विकेटको जित

बहराइनले दिएको ३२ रनको विजयी लक्ष्य नेपालले २.५ ओभरमा कुनै पनि विकेट नगुमाइ पूरा गर्‍यो।

सर्वोच्चका प्रस्तावित न्यायाधीश विनोद शर्माविरुद्ध उजुरी आव्हान

भदौ १० गते बसेको न्याय परिषद् बैठकले शर्मालाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो। 

आइसीसी महिला टी–२० विश्वकप छनोट: नेपालद्वारा बहराइन ३१ रनमा अलआउट

बहराइनका कप्तान दीपिका रसांगिकाले सर्वाधिक ११ रन बनाइन्।  नेपालका इन्दु बर्माले ३ र खुशी डंगोलले २ विकेट लिए।

पर्व

बौद्धमा मनाइयो रोपाइँजात्रा

प्रत्येक वर्ष गाईजात्राको भोलिपल्ट हुने रोपाइँजात्रा काठमाडौँस्थित बौद्धमा मनाइएको छ। विश्वसम्पदा सूचीमा सूचीकृत बौद्ध क्षेत्रमा मनाइने ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्त्वको जात्राको विधि मात्र पूरा गरेर सम्पन्न गरिएको हो। जात्रामा ६० केजी सुन प्रकरण, महानगरपालिकाले ठेला व्यापारीहरूलाई गरेको ज्याजतीको व्यंग्यात्मक रूपमा प्रस्तुत गरिएको थियो। विशेष गरी नेवार समुदायले मनाउन शुरू गरेको रोपाइँजात्रा अहिले देशैभरका विभिन्न स्थानमा मनाउने गरिन्छ। धान रोप्ने काम सकिएको खुशियालीमा जात्रा मनाइने गरिन्छ।

तातोपानी नाकाबाट ८ वर्षपछि आवतजावत

२०७२ वैशाख १२ गतेको महाभूकम्पपछि नेपाल र चीन दुवैतर्फ ठूलो मानवीय र भौतिक क्षति भएका कारण नाका बन्द गरिएको थियो।

अस्पतालमा आँखा पाकेका बिरामीको अझै भीड, चिकित्सकको सल्लाहबिना औषधि चलाउँदा झनै समस्या

चिकित्सकको परामर्शबिना औषधि प्रयोग गर्दा आँखा पाक्ने संक्रमण झनै बढेपछि अस्पताल पुग्नेहरू बढेका छन्। यसरी औषधि चलाउँदा आँखालाई दीर्घकालीन असर पुग्ने चिकित्सकको भनाइ छ। 

कोशी सरकारविरुद्धको रिट न्यायाधीशद्वय खतिवडा र माथेमाको इजलासमा

थापा नेतृत्वको सरकारलाई दीर्घकालीन असर गर्ने निर्णय नगर्न भन्दै सर्वोच्चले यसअघि नै अन्तरिम आदेश दिइसकेको छ।

कंगोमा राष्ट्रसंघविरुद्ध प्रदर्शन, ५० जनाको मृत्यु

आक्रमणका क्रममा धेरै धारिला हतियार जफत गरेको र धार्मिक सम्प्रदायका नेतासहित १६८ जनालाई गिरफ्तार गरेको सैनिक अधिकारीले बताएका छन्।

इन्जिनियरिङ शैक्षिक शुल्कवृद्धि खारेज गर्ने सहमति भए पनि विद्यार्थीमाझ असन्तुष्टि कायमै

अध्ययन शुल्क बढाउने आईओईका पदाधिकारीको सहभागिताबिना त्रिवि पदाधिकारी र केही विद्यार्थी संगठनका प्रमुख नेताहरूको एकलौटी सहमति भएको उनीहरुको आरोप छ।

मेस्सीलाई पछि पार्दै हालान्ड बने वर्ष खेलाडी, महिलातर्फ स्पेनकी बोनमाटी उत्कृष्ट 

सिटीका मुख्य प्रशिक्षक पेप गार्डिओला र लायोनेसेसका मुख्य प्रशिक्षक सरिना विग्म्यानले सर्वोत्कृष्ट प्रशिक्षकको अवार्ड जितेका छन्। 

पहिरोले गोरखा–आँबुखैरेनी सडक अवरुद्ध

गोरखा नगरपालिका–१४ को मझुवा देउरालीस्थित प्रहरी चौकी नजिकैको उकालोमा शुक्रबार बिहान सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।

सामाजिक सचेतना र जागरणको सेतु बन्दै पुस्तकालय

पोखरा–२९ स्थित दीपशिखा सामुदायिक पुस्तकालयमा विभिन्न क्षेत्र र विषयका आठ हजार ५०० भन्दा बढी पुस्तक छन्। एकैपटक ४० जनाले शान्त वातावरणमा अध्ययन गर्न सक्ने व्यवस्था मिलाइएको छ।