पक्राउ पर्नेमा सिरहा नगरपालिका–१७ माडरका प्रेमकुमार यादव र ७ नम्बर वडाका सञ्जयकुमार साह छन्।
'गिद्धले मरेको र सडेगलेको सिनो खाने भएकाले यसलाई अशुभ मान्ने चलन छ। गिद्ध घरमा बस्यो भने स्वस्तिशान्ति गर्ने प्रचलन विद्यमान छ। गिद्धप्रतिको यो गलत बुझाइ चिर्नुपर्ने आवश्यकता छ।'
माओवादीले शनिबार तीन महिने रूपान्तरण अभियान शुरू गरेको छ। सो क्रममा २५ लाख मतदाताको घरमा पुग्ने जनाएको छ।
आगलागीबाट मिलको दुईतले पक्की भवनमा पूर्ण रूपमा क्षति पुगेको र दाल पिस्ने मेसिनमा पनि क्षति पुगेको छ।
कास्कीका एसपी अजय केसीलाई प्रहरी अंगरक्षक गण नक्साल सरुवा गरिएको छ। अंगरक्षक गणका काजीकुमार आचार्यलाई जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासी पठाइएको छ।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहान नौ बजे पार्टी मुख्यालय पेरिसडाँडाबाट अभियानको उद्घाटन गर्ने तयारी छ।
हापोएल रानानाबाट इजरायलको शीर्ष लिगमा डेब्यु गरेकी सावित्राले शुक्रबार राति रमाट हाशोरोनविरुद्ध ४ गोल गरेकी हुन्।
खेल मैदान छाडेको दुई वर्षपछि पारस खड्का प्रदेशको क्रिकेट हाँक्ने ठाउँमा पुगेका छन्। उनको लक्ष्य क्यान नेतृत्वमै पुग्ने छ। तर यसैपालि या अर्कोपटक, टुंगो लागिसकेको छैन।
केन्द्रीय समितिको पछिल्लो बैठकले पास गरेको कार्यतालिकाअनुसार विभाग गठन गर्ने समयसीमाको अन्तिम दिन शुक्रबार देउवाले १५ विभागको प्रमुख तोकेका छन्।
लुम्बिनी र गण्डकीका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
सौर्य ऊर्जा उत्पादनमा मुख्य समस्या जग्गा उपभोगको रहेको भन्दै इप्पानले समयाअनुकूल सरकारले नीतिहरू परिमार्जन गर्नुपर्ने माग गरेको छ।
प्रादेशिक क्रिकेट संघ बागमती प्रदेशको अध्यक्षमा निर्वाचित पारस खड्का यसअघि आफैँले उठाउँदै आएको परिवर्तनको प्रश्न अब आफैँमाथि आउने बताउँछन्।
सभामुख देवराज घिमिरेले विधायिका संस्थामा सांसदहरूले खेल्ने भूमिका प्रभावकारी हुनुपर्ने बताएका छन्।
परराष्ट्र मन्त्रालयले संसद्ले सर्वसम्मतिले स्वीकृत गरेको नेपालको राजनीतिक तथा प्रशासनिक नक्सालाई छिमेकी दुवै मुलुक र अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्ने स्पष्ट पारेको छ।
बागमती प्रदेश सञ्चार रजिस्ट्रार कार्यालयले प्रकाशित गरेको ‘विधागत पत्रकारिता हाते पुस्तक’ सार्वजनिक गरिएको छ।
अदालतमा अभियोग दर्तासँगै ललितानिवास जग्गा प्रकरण मत्थर भएको छ भने अहिले चीनले हालै जारी गरेको नक्सामा नेपालको ‘चुच्चे नक्सा’ले समेटेको भूभाग नपरेको विषय चर्चामा छ।
एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टीलाई बलियो बनाउँदै समाजवादी मोर्चालाई पनि गतिशील बनाउन नेता–कार्यकर्तालाई निर्देशन दिएका छन्।
पारस खड्का २३ मत ल्याएर बागमती प्रादेशिक क्रिकेट संघको अध्यक्षमा निर्वाचित भएका छन्।
प्रधानमन्त्री दाहालले ललितानिवास प्रकरणबारे नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालमाथि अब प्रश्न उठाउने ठाउँ नरहेको बताएका छन्।
देशको औपचारिक अर्थतन्त्र र बैंकिङ कारोबारलाई चुनौती दिने गरी निरन्तर फष्टाउँदो अदृश्य अर्थतन्त्रले वित्तीय अपराधका अनेक धन्दाको जालो फिँजाउँदै गएको छ।