AnonymousUser

Logout

२२ जना डीएसपी एसपीमा बढुवाका लागि सिफारिस

शुक्रबार बसेको बढुवा समितिको बैठकले २२ जना डीएसपीलाई बढुवाका लागि सिफारिस गरेको हो। डीएसपी गौतमकुमार केसी पहिलो नम्बरमा सिफारिस भएका छन्। 

लिन्डा याकारिनो बनिन् ट्विटरको सीईओ

फोर्ब्सको प्रभावशाली महिलाको सूचीमा रहेकी लिन्डा एनबीसी युनिभर्सलको विज्ञापन प्रमुख थिइन्। उनी एप्पल, गुगलजस्ता ग्लोबल ब्रान्डसँगको व्यावसायिक साझेदारीका लागि पनि परिचित छिन्।

को हुन् साहित्यको उन्नयनका अवरोधक?

धेरैतिरबाट साहित्यिक संस्थाहरूका बारेमा तीखा टिप्पणीहरू हुने गरेका छन्। पूर्वाग्रह र निहित उद्देश्य राखेर गरिएकाबाहेक अन्य टिप्पणीहरू महत्त्वपूर्ण छन्।

गुजरातलाई हराउँदै मुम्बई तेस्रो स्थानमा 

मुम्बईले दिएको २१९ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १९१ रन मात्र बनायो।

मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना तयार गरिने

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले मनसुन पूर्वतयारी योजना तयार गर्ने, २०७८ जेठयताका भूकम्पपीडितलाई अस्थायी आवास निर्माण गर्न ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ।

आगामी निर्वाचनमा पहिलो शक्ति बन्न एमालेले वार्षिक योजना बनाउने

एमालेको जारी केन्द्रीय कमिटीको बैठकमा पार्टीको वार्षिक कार्ययोजना तयार पार्नका लागि महासचिव शंकर पोखरेलले मार्गदर्शन प्रस्तुत गरेका छन्।

राज्यप्रायोजित मानवतस्करी उद्योगका एक अभियुक्त

सत्तामा पहुँच हुने स्रोतअनुसार टेकनारायण देउवाका नातेदार भूषणका सहयोगीमार्फत देउवा परिवारमा पहुँच पुर्‍याइ गृहमा पुगेका थिए। यसैले राज्यप्रायोजित मानवतस्करीको जालो कताकता फैलिएको छ अनुमान गर्न सकिन्छ।

एभरेस्ट जीपीटीसँग रेफ्यूजीगेट, ‘ट्रोइका अफ इन्कम्पिटेन्स्’का कुरा

पृष्ठभूमि र ढाँचा फरक भए पनि लोकल राजनीतिमा जीएम–केपी–जीपी पछि स्मरणयोग्य ट्रोइका भनेकै ओली–देउवा–दाहाल हो। आफ्नो कुरा मनाउन जुनसुकै हदसम्म जानसक्ने उनीहरू रेसिलियन्सका अनुपम उदाहरण हुन्।

मौद्रिक नीतिको समीक्षाः राष्ट्र बैंक लचिलो, वित्तीय संस्था र ऋणीलाई सहुलियत

चालु आर्थिक वर्षको अन्तिम त्रैमासिक समीक्षामा केन्द्रीय बैंकले अपनाएको लचकताले आगामी आर्थिक वर्षको मौद्रिक नीति खुकुलो हुने संकेत गरेको छ। 

‘ए’ डिभिजन लिग : पुलिससँग संकटा पराजित, मनाङ र शेर्पाले अंक बाँडे

संकटालाई २–१ गोल अन्तरले पराजित गर्दै पुलिस ‘ए’ डिभिजन लिगमा रेलिगेसन क्षेत्रबाट माथि उक्लिएको छ।

गण्डकीमा सुरेन्द्र पाण्डे नेतृत्वको सरकारले पायो पूर्णता

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन्।

नक्कली शरणार्थी प्रकरणमा दोषी नछुटोस्, निर्दोष नपरोस् भन्नेमा स्पष्ट छौँ : प्रधानमन्त्री

प्रधानमन्त्री दाहालले नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको छानबिनमा कुनै प्रभाव र दबाब पर्न नदिने प्रतिबद्धता जनाएका छन्।

कांग्रेसभित्र खाँणप्रति सहानुभूतिको मत बलियो

​​​​​​​खाँणले हिरासतमा बसेर प्रहरीलाई अनुसन्धानका लागि सघाएकाले उनलाई निर्दोष मान्नुपर्ने तर्क कांग्रेसका केही नेताहरूले गरिरहेका छन्।

बीबीएलमा घटाइयो १६ खेल

अब बीबीएलमा ५६ खेलको सट्टा जम्मा ४० खेल हुने छन्। योसँगै अब प्रत्येक टोलीले १० खेल मात्र खेल्ने छन्।

शिक्षासचिवको गुनासो : मन्त्रिपरिषद्ले चासो नदिँदा संघीय शिक्षा ऐन बन्न सकेन

संसदीय समितिको बैठकमा शिक्षासचिव रामकृष्ण सुवेदीले मन्त्रालयबाट प्रक्रिया पूरा गरेर पठाइएको मस्यौदालाई मन्त्रिपरिषद्ले चासो नदिँदा पुनः शून्यमा झरेको बताएका छन्।

बग्गीखानामा थन्किएका सवारीलाई कवाडीमा परिणत हुन नदिने गृहमन्त्रीको प्रतिबद्धता

गृहमन्त्री नारायणकाजी श्रेष्ठले काठमाडौँको रामशाहपथस्थित बग्गीखानामा थन्किएका सवारी सधानलाई कवाडीमा परिणत हुन नदिने आश्वासन दिएका छन्।

सरकारको ध्यान परियोजनालाई नाफामुखी बनाउनेतर्फ केन्द्रित छ : अर्थमन्त्री

अर्थमन्त्री डा. प्रकाशशरण महतले परियोजनाहरूलाई नाफामुखी बनाउनेतर्फ केन्द्रित गर्दा निजी र विकास क्षेत्रलाई सामेल गर्ने अवसर मिल्ने बताए।

विज्ञापनजन्य सामग्री बाँड्ने ६१ जनालाई काठमाडौँ महानगरले तिरायो जरिबाना

काठमाडौँ महानगरपालिकाले विभिन्न क्षेत्रमा क्याम्पसका विज्ञापनजन्य सामग्रीहरू बाँड्दै हिँड्ने ६१ जनालाई कारबाही गरेको छ।

नागरिकता विधेयकमा राष्ट्रपतिको ‘अग्रसरता’ विवादमा, कानूनविद्‍कै दुईथरि राय

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले आठ महिनाअघि प्रमाणीकरण नगरेको नागरिकता विधेयक प्रमाणीकरणका लागि भन्दै राष्ट्रपति रामचन्द्र पौडेलले देखाएको अग्रसरता विवादमा परेको छ।

गण्डकीमा कांग्रेस र माओवादीबाट ३ मन्त्री नियुक्त, सपथ ४ बजे

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कांग्रेसबाट महेन्द्रध्वज जिसी र दीपेन्द्रबहादुर थापा तथा माओवादीका रेशमबहादुर जुग्जालीलाई मन्त्री नियुक्त गरेका छन्।