शनिबार राति दोहामा १९२ रनको बलियो विजयी लक्ष्य पछ्याएको ओमानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६९ रन मात्र बनायो।
विश्वविद्यालयहरूमा प्राध्यापकको मूल मान्यताभन्दा भिन्न प्रश्नहरू गर्न मनाही छ। बजारभन्दा पर वस्तु उत्पादन गर्ने ठाउँ अर्थात् कार्यस्थल, समाजको गरिबी, आयको असमानता आदिबारे प्रश्न गर्न पाइँदैन।
सुदूरपश्चिम, कर्णाली प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ।
हेटौँडामा चिकित्सकमाथि कुटपिट गर्नेविरुद्ध कारबाहीको प्रक्रिया नथालिएको भन्दै चिकित्सक संघले आइतबार देशभर स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा ठप्प पार्नेसहितका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ
मृतक दुवै जना अनेरास्ववियु सचिवालय बैठकका लागि बाह्रबिसे जाने क्रममा दुर्घटना भएको प्रहरीको भनाइ छ।
कांग्रेस महामन्त्री गगन थापा बीपीको विचारलाई मूर्ति–पूजा गरेको जस्तो पूजा गर्ने कुराले उनीमाथिको ठूलो अन्याय हुने बताउँछन्।
झरना
काठमाडौँमा उपत्यकाका काँठ क्षेत्रमा अझै स्वच्छ पानीका मुहान प्रशस्त भेटिन्छन्। ती मुहान शहरी बस्तीमा पाइने पानी भन्दा सफा र स्वच्छ छन्। तर, त्यहाँ पनि घुम्न जाने पर्यटकका कारण प्रदूषण बढिरहेको छ। काठमाडौँको सुन्दरीजलस्थित बागमती नदीको मुहान, टोखास्थित झरनाको मुहान, बैडेश्वर झरनाकलकल पानी बगेको देख्न सकिन्छ। त्यसैगरी ललितपुरको कर्मनासा झरनाको मुहान, बाँडेगाँउको झरना तथा भक्तपुरको मुहान पोखरी र खरिपाटीस्थित झरना पनि स्वच्छ पानीको मुहान हुन्।\n\n
सन् २०१२ मा अक्षय कुमार र परेश रावलको ‘ओ माई गड’ रिलिज भएपछि 'बोइकट बलिउड'को झिल्को सल्केको थियो। त्यसपछि धार्मिक र राष्ट्रियताको मुद्दा उठाएर खास फिल्मको विरोधमा बहिष्कारको अभियान छेड्ने गरिएको छ।
प्रधानमन्त्री दाहालले आगामी असोज ४ गते संयुक्त राष्ट्रसंघको ७८औँ महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
बाँचुन्जेलसम्म पद छोड्न नखोज्ने, पदमै टाँसिन खोज्ने प्रवृत्तिलाई आफूले आफ्नो व्यवहारबाट तोड्न चाहेको एमाले अध्यक्ष केपी शर्मा ओलीको भनाइ छ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले १६औँ पञ्चवर्षीय योजनामा बाहिर भएका युवालाई नेपाल फर्काउने गरी कार्यक्रम बनाइरहेको बताए।
भरतपुरमा आयोजित एकल कविता वाचन कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति, कवि भूपाल राई आफ्नो ‘यारी’ कविता संग्रहमा संगृहीत करिब एक दर्जन कविता सुनाए।
मन्त्री शर्माले नेपालमा तीजको दर खाने प्रचलनमा पनि विकृति बढिरहेको टिप्पणी गरिन्।
माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले प्रधानमन्त्रीको अमेरिका भ्रमणमा शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन विदेशी निकायहरूको सहयोग माग्ने विषय पहिलो प्राथमिकतामा रहेको बताए।
शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारीले अटिजम भएकाहरूको विशेष किसिमको सीप र दक्षता प्रष्फुटन गर्न सरकारले उपयुक्त वातावरण सिर्जना गर्ने बताए।
युवालाई स्वदेशमा भविष्य देखाउनका लागि सहुलियतपूर्ण कर्जा सहजीकरण, युवामैत्री लगानी वातावरण निर्माण र उद्यमशीलतालाई प्राथमिकतामा राखिएको प्रधानमन्त्री दाहालको भनाइ छ।
यो जिन्दगी पनि त कसैले लेखेको फिल्म हो, नाटक हो। कसैले निर्देशन गरिरहेको छ। र, अन्तिममा भन्नेछ, “इट्स टाइम टु गो।” तर ‘क्लाइम्याक्स’ कहिले आउँछ, थाहा छैन।
तीनकुने हत्या प्रकरणको अनुसन्धानका लागि अपराध अनुसन्धान कार्यालय काठमाडौँका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरको नेतृत्वमा पाँच सदस्यीय समिति गठन भएको छ।
पश्चिम बागलुङको निसीखोला, तमानखोला र भुजीखोलामा दुई दशकअघिसम्म मगर भाषा बोलिने गरिए पनि पछिल्लो समय तमानखोला र भुजीखोलामा यो भाषा लोप भइसकेको छ।
धेरैजसो घटना रिसिइबी र सामान्य कुरा सहन नसक्दा भएको पाइएको प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतको भनाइ छ। शनिबारको तीनकुनेको घटना पनि रिसिइबीले भएको हुनसक्ने उनले बताए।