AnonymousUser

Logout

म्यानचेस्टर सिटीले जित्यो च्याम्पियन्स लिगको उपाधि

दोस्रोपटक च्याम्पियन्स लिगको फाइनल खेलेको सिटीले पहिलो उपाधि जित्न सफल भएको हो। सिटीलाई च्याम्पियन बनाउन रोड्रीले गरेको गोल नै निर्णायक बन्यो। 

काठमाडौँमा यौनिक अल्पसंख्यकको गौरवयात्रा

विश्वभर ‘जुन’ महिनालाई गौरव महिना (प्राइड मन्थ)का रूपमा मनाइने गरिन्छ। लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका लागि यो महिना विशेष हुने गरेको छ।

दोस्रो अभ्यास खेलमा नेपाल नेदरल्यान्ड्ससँग पराजित

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ३६.५ ओभरमा अलआउट हुँदै १५६ रन बनाएको थियो। नेपालका कप्तान रोहित पौडेलले सर्वाधिक ३० रन बनाए। 

प्रधानमन्त्रीले पशुपतिमा चढाए भारतको महाकालेश्वरबाट ल्याएको जल 

शनिबार पशुपतिनाथको दर्शन गर्न गएका प्रधानमन्त्री दाहालले भारत भ्रमणका क्रममा उज्जैनस्थित ज्योतिर्लिंग महाकालेश्वरबाट ल्याएको जलसमेत चढाएका छन्।

एनसेल कर विवाद: नागरिक दबाबदेखि अन्तर्राष्ट्रिय निकायसम्म 

ठूला करदाताले २०७३ को वैशाख ५ गते पुनः चिठी लेखेर एनसेलको ड्युडिलिजेन्स अडिट (डीडीए), टेलियासोनेरा र आजियाटाबीच भएको खरिदबिक्री सम्झौता (एसपीए) पेस गर्न भन्यो, जुन एनसेलले आजसम्म पेस गरेको छैन। 

माधव नेपालले भने– नेकपा ब्युँताउन तयार छु

नेपालमा राजावादीहरूले टाउको उठाउने कोसिस गरे पनि सफल हुन नदिने अध्यक्ष नेपालले बताएका छन्। 

श्रीलंकाले हटायो थप ३०० वस्तुको आयातमा लगाएको प्रतिबन्ध 

श्रीलंका सरकारले सन् २०२२ अगस्टमा एक हजार ४६५ वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो। 

प्रम दाहालको त्यो लज्जाबोध मुहार

भैँसीको नश्ल सुधार किसानको जीवनस्तर उकास्ने आधार बन्न सक्थ्यो। तर ‘भैँसीराँगा’ शब्द उच्चारण गर्दा प्रमको अनुहारमा देखिएको हीनभावले किसानको शिर निहुरेको छ।

भारत भ्रमणमा नेपालको पक्षमा चुइँक्क पनि बोलिएन: ओली

प्रधानमन्त्री दाहालले भारतसँग आफ्नो देशको पिरमर्का राख्नै नसकेको ओलीको दाबी छ। 

‘शब्दविम्बमा सत्यमोहन’ लोकार्पण

पुस्तकमा वांमय शताब्दी पुरुष स्व. सत्यमोहन जोशीबारे लेख, सम्पादकीय, अन्तर्वार्ता, परिशिष्टाङ्‌क, समाचार र कविता समेटिएका छन्। 

मछिन्द्रले मनाङ मर्स्याङ्दीलाई हरायो, संकटा र एनआरटीको बराबरी

मछिन्द्रको जितमा मछिन्द्रको जितमा आफिज ओलावाले २ तथा विमल घर्ति मगरले १ गोल गरे। मनाङका विजय श्रेष्ठले १ गोल फर्काए।

कोलम्बियाको जंगलमा हराएका ४ बालबालिकाको ४० दिनपछि उद्धार

बालबालिकालाई जंगलबाट उद्धार गरी अस्पताल भर्ना गरिएको छ। गत मे १ मा भएको विमान दुर्घटनामा उनीहरू बेपत्ता भएका थिए। 

कांग्रेस बलियो नभए प्रजातन्त्र संकटमा पर्छ: देउवा

पार्टीमा योग्य, जुझारु र गतिशील नेता, कार्यकर्तालाई उचित जिम्मेवारी दिन आफू प्रतिबद्ध रहेको सभापति देउवाको भनाइ छ।

इन्द्रध्वजको चस्मा, चन्द्रध्वजको टिसर्ट

युवती रहिछन् स्थानीयवासी, प्रधानपञ्चकी भतिजी। ‘भर्खरै हजुरआमाको निधन भएकाले उनको मुहार अझ केही मलिन भएको हो’ भन्ने सुन्दा त्यहाँ उपस्थित पर्यटक दोस्रो पटक आश्चर्यचकित भए।

लोप हुँदै मिथिलाका ऐतिहासिक लोकनाच, संरक्षणमा सरकारले चासो नदिएको गुनासो 

संरक्षण अभावमा सातौँ र आठौँ शताब्दीदेखि मिथिला क्षेत्रमा प्रचलनमा रहेका मिथिला क्षेत्रका ऐतिहासिक, प्रचीन लोकनाच लोप हुने अवस्थामा पुगेका छन्। यी नाचमा आश्रित कलाकार पलायन भएका छन्।

रास्वपामाथि घेराबन्दी भइरहेको छ: रवि लामिछाने

रास्वपा सभापति रवि लामिछानले अबको बाटो सहज हुन्छ भन्ने जनताले देखाइदिए पनि विभिन्न ठाउँबाट आफ्नो पार्टीप्रति घेराबन्दी भइरहेको बताएका छन्।

सत्ता टिकाउन रेशम चौधरीलाई आममाफी दिइयो: शेखर कोइराला

कांग्रेस न‍ेता शेखर कोइरालाले दण्डहीनतालाई प्रश्रय दिने गरी राष्ट्रपतिबाट तीन वटै तहको अदालतको आदेश विपरीत रेशम चौधरीलाई आममाफी दिइएको बताएका छन्।

यात्रा अनुभवः युद्धमा रहेको रुस पुग्दा

रुसी बजारमा यतिबेला अमेरिकी डलर कार्ड वा नगद कहीँकतै पनि चल्ने अवस्था छैन। बरु, युरो र भारतीय रूपैयाँको कारोबार सहज देखियो। कतिपय साथीहरूले अमेरिकी डलर बोकेकै भरमा बेखर्ची हुनुपर्ने अवस्था आयो।

गौरव महिना

काठमाडौँमा मनाइयो गौरवयात्रा

विश्वभरी ‘जुन’ महिनालाई गौरव महिना प्राइड मन्थका रूपमा मनाइने गरिन्छ। लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका लागि यस महिना विशेष हुने गरेको छ। काठमाडौँमा शनिबार गौरवयात्राको आयोजना गरिएको छ। सबै समुहका युवायुवतीहरू शान्तिबाटिकामा भेला भई यात्रानारायण चौरमा पुगेका थिए। समाजले विभिन्न पहिचानयुक्त समूहलाई अवहेलना गरी लाञ्छित तुल्याउने चलन छ। लैंगिक पहिचान तथा यौनिक पहिचान लज्जाको विषय नभएको र त्यसमा गौरव गर्ने नारासहित यसको शुरूआत भएको हो। \n

सांसद पदबाट राजीनामा घोषणा गर्दै बोरिस जोन्सनले भने– पार्टीगेट अध्ययन प्रतिवेदन पूर्वाग्रही

विशेषाधिकार समितिले डाउनिङ स्ट्रिटमा कोरोनाकालमा लागू गरिएको लकडाउन तोड्दै पार्टी गरिएको विषयमा तत्कालीन प्रधानमन्त्री जोन्सनले संसद्लाई भ्रममा राखेको विषयमा अध्ययन गरेको थियो।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।