शनिबार राति बढाएको मूल्य फिर्ता लिन र पहिले कै मूल्य कायम प्रधानमन्त्री दाहालले निगमलाई निर्देशन दिएका हुन्।
२०८८ असोज १५ गते साँवा भुक्तानी हुने यो ऋणपत्रको ब्याजदर पनि बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ।
बैठकमा सुन तस्करी छानबिन आयोग गठन, मूल्यवृद्धिलगायत विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
आइतबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री दाहालले सम्बोधन गर्ने र बैठक अगावै आयोगको घोषणा गर्ने सहमति भएको एमालेका सचेतक महेश बर्तौलाले बताए।
प्रदेशहरूलाई हेरेर ‘संघीयता समस्या बन्यो’ भन्ने जस्तो भाष्य बनिरहेछ, संविधानलाई चलायमान बनाउन राजनीतिक नेतृत्व इमान्दार बनेको र प्रदेशलाई हेर्ने संघको नजर फेरिएको भए परिस्थिति भिन्नै हुन्थ्यो।
मदन पुरस्कार गुठीको आइतबार बसेको बैठकले ऐँठनलाई मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।
पाल्पामा भिण्डीको मूल्य प्रतिकिलो ५० देखि ५५ रुपैयाँ छ। यसले लागत पनि नउठ्ने किसानको गुनासो छ।
नेपालको जितमा अभिनाश बोहराले सर्वाधिक ६ विकेट लिए। ३.४ ओभर बलिङ गरेका उनले ११ रन मात्र खर्चिए। अविनाश टी–२० आईमा ६ विकेट लिने पहिलो नेपाली बलर बनेका छन्।
७३ वर्षीय खनालको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारका क्रममा शनिबार राति निधन भएको हो। उनी दुई वर्षदेखि आमाशयको क्यान्सरबाट पीडित थिए।
नेपालका कप्तान रोहित पौडेलले अर्धशतकीय इनिङ्स खेले। उनले २७ बलमा ३ चौका र ३ छक्काको मद्दतमा ५२ रन जोडे।
विद्यालय शिक्षा विधेयक संसद्मा दर्ता भएसँगै शिक्षकहरू आन्दोलित भएका थिए। सरकारले वार्ता गरी उनीहरूका माग सम्बोधन गर्ने भएपछि विधेयक अघि बढाउन लागिएको हो।
कुशलका पिता रोमन्त वैदेशिक रोजगारीमा छन्। परिवारका एकमात्र सन्तान कुशलको प्रदर्शनले विदेशमा रहेका उनी झनै खुशी छन्।
प्रत्येक रूख प्राकृतिक स्रोत र जैविक विविधताको सानो अंशका मात्र नभई आफैँ ‘एक सिंगो जैविक विविधताको संसार’ हो। त्यसैले रूख चिनौँ। संरक्षणसँगै उपयोग पनि गरौँ।
नेपाल र माल्दिभ्सबीच हालसम्म दुई टी–२० आई खेल भएको छ। दुवै खेलमा नेपाल विजयी भएको थियो।
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ।
जिपमा सवार अन्य दुई यात्रुको अवस्था अज्ञात रहेको र उनीहरूको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।
सुन र सुन ल्याउने फिलिपिन्सकी महिलालाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयलाई बुझाएको प्रहरी नायब महानिरीक्षक चन्दले बताए।
पाकिस्तानलाई हराउँदै यू–१९ साफ च्याम्पियनसिपको उपाधि भारतले जितेको छ।
निगमले खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर २१५ रुपैयाँ मूल्यवृद्धि गरेको छ। मूल्यवृद्धिसँगै ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार ११० रुपैयाँ पुगेको छ।
सरकार र आन्दोलनरत चिकित्सकबीच ६ बुँदै सहमति भएको छ। सरकारसँग सहमति भएसँगै चिकित्सकहरूले आन्दोलन अन्त्य गर्ने भएका छन्।