AnonymousUser

Logout

प्रधानमन्त्री दाहाल छेन्दुमा, शनिबार स्वदेश फर्किने

प्रधानमन्त्री दाहालले शुक्रबार साँझ चिनियाँ कम्युनिस्ट पार्टीको सिचुआन प्रान्तीय कमिटीका सचिव वाङ सियाओसँग भेटवार्ता गर्ने कार्यक्रम छ।  

४ लाख आप्रवासी ‘ड्यारियन ग्याप’को बाटो हुँदै अमेरिकातर्फ

आप्रवासीका लागि २६५ किलोमिटर लामो जोखिमपूर्ण ड्यारियन ग्यापको बाटो मेक्सिको हुँदै अमेरिका पुग्ने प्रमुख करिडोर बनेको छ।

विद्युत् खम्बाको बत्ती निभाउने क्रममा करेन्ट लागेर मृत्यु

शुक्रबार बिहान रामग्राम नगरपालिका–७ का जयप्रकाश यादव खम्बाको बत्ती निभाउन गएका थिए। सोही क्रममा उनलाई करेन्ट लागेको थियो।   

एउटा धर्मशाला जसले खुट्टा गुमाएर घिस्रिन बाध्य भएका हजारौँलाई हिँडाइरहेको छ  (भिडियो कथा)

गौशालामा रहेको मारवाडी सेवा समितिको धर्मशालाले खुट्टा नहुनेहरूका लागि कृत्रिम खुट्टा निःशुल्क वितरण गर्दे आएको छ। २०५९ सालदेखि हालसम्म करिब ६ हजार जनाले यो सेवा लिइसकेका छन्।

म्याग्दीको महभीर गाउँ पहिरोको जोखिममा, खानेपानी अवरुद्ध

बस्तीमाथिको पाखोबाट खसेको पहिरोले दुई घर भत्किनुका साथै खानेपानी र सडक आयोजनामा क्षति पुगेको छ। १३ घर जोखिममा छन्।

एमालेको कोशी प्रदेश अधिवेशन शुरू हुँदै, अध्यक्षमा ३ आकांक्षी

प्रदेश अध्यक्षमा नेताहरू विनोद ढकाल, घनश्याम खतिवडा र टीकाराम चेम्जोङको दाबी रहेको छ। 

नेदरल्यान्ड्समा गोली प्रहारबाट ३ जनाको हत्या, बन्दुकधारी पक्राउ 

प्रहरीका अनुसार बन्दुरधारीले पहिले एउटा घरमा आगजनी गरेका थिए। त्यसपछि शहरको मध्यभागमा रहेको मेडिकल सेन्टरमा आक्रमण गरेका थिए। 

हिमाली गाउँमा घाँसको जोहो गर्ने चटारो

ताप्लेजुङको फक्ताङलुङ–७ ओलाङचुगोलाका स्थानीयले असोज ३ गतेलाई ‘घाँस काट्ने पर्व’कै रूपमा लिने गरेका छन्।  

एशियाली खेलकुद: ९१ स्वर्णसहित चीन शीर्ष स्थानमा

नेपालले कुनै पनि खेलमा राम्रो खेल प्रदर्शन गर्न सकेको छैन। सबैभन्दा आश गरेको जुडो, तेक्वान्दो, बक्सिङलगायत खेलमा नेपाल पदकविहीन रहँदै प्रतियोगिताबाट बाहिरिएको छ।

उच्च आर्थिक वृद्धिमा हाम्रा तगारा  

समाजका प्रत्येक क्षेत्रमा बिस्तार हुँदै गएको 'सानालाई ऐन ठूलालाई चैन' अर्थतन्त्रमा हाबी भएको छ। प्रमुख खेलाडी कानूनभन्दा माथि छन्। तिनले गरेको गैरकानूनी कार्यलाई समेत जायज ठान्ने संस्कार हाबी हुँदैछ।

बिरामीको उपचारमा लापरबाही गर्ने २ जना मेडिकल सञ्चालक पक्राउ

व्यास नगरपालिका–३ पराशर टोलस्थित प्रजुन थापा मेडिकल हल सञ्चालक विष्णुकुमारी गरौजा र अनसनचौतारास्थित मित्रता स्वास्थ्य क्लिनिकका सञ्चालक चन्द्रबहादुर चौधरी पक्राउ परेका छन्। 

पहाडी भूभागमा चट्याङहित हल्का वर्षाको सम्भावना

देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहेको छ।

मलमा ‘माफिया’: इरानबाट झुक्याएर आयातित ३० हजार टन युरियाको प्रमाणपत्र नै नक्कली, बन्दरगाहबाटै जहाज फिर्ता

एफएटीएफले कालो सूचीमा राखेको र अमेरिकी प्रतिबन्धका कारण इरानसँग नेपालले सोझै वित्तीय कारोबार गर्न नसक्ने भएपछि भारतीय कम्पनीलाई उभ्याएर नेपालकै केही माफियाहरूले यस्तो खेल रचेको देखिन्छ। 

हुम्ला हुँदै मानसरोवर यात्राका लागि चीनसँग सैद्धान्तिक सहमति : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको हुम्लाको बाटो भएर कैलाश पर्वत र मानसरोवर तालको सजिलै भ्रमण गर्न सकिने व्यवस्था मिलाइने बताएका छन्।

विरोध

सुरक्षाको माग गर्दै स्वास्थ्यकर्मी सडकमा

स्वास्थ्यकर्मीहरू तेस्रो दिन बिहीबार माइतीघरदेखि बानेश्वरसम्म विरोध प्रदर्शनसहित शान्तिपूर्ण र्‍याली गरेका छन्। विभिन्न बहानामा स्वास्थ्यकर्मीहरूमाथि आक्रमण, दुर्व्यवहार एवं कुटपिट भएको भन्दै उनीहरू त्यसको विरोधमा विगत तीन दिनदेखि आन्दोलनमा छन्। दोषीलाई कारबाही नहुँदासम्म आन्दोलन जारी राख्ने उनीहरूको अडान छ। उनीहरूले चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षा प्रत्याभूति गर्नुपर्ने लगायतका माग राखेका छन्।

१९औँ एशियाली खेलकुद : नेपालको पब्जी टोली दोस्रो चरणमा

हाङझाउ स्पोर्टस् सेन्टरमा बिहीबार भएको समूह ‘सी’को पहिलो चरणमा नेपाल दोस्रो स्थान हासिल गर्दै दोस्रो चरणमा प्रवेश गर्न सफल भएको छ।

सत्तासँग आमनागरिक रुष्ट छन् – पूर्वप्रधानन्यायाधीश कार्की 

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले देशमा सुशासन, विकास र समृद्धिको खाँचो रहेको तर सत्तामा बस्नेहरूले त्यसतर्फ ध्यान नै नदिएको बताइन्।

संघीयताविरोधीहरू सामाजिक सद्भाव बिगार्न सक्रिय भए: मुख्यमन्त्री यादव

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशमा सामाजिक सद्भाव बिथोल्ने क्रियाकलापमा संघीयताविरोधीहरू सक्रिय रहेका दाबी गरेका छन्।

एमाले बागमती अधिवेशन : शुक्रबारका लागि सारियो मतदान

सहमतिको प्रयास जारी रहेकाले शुक्रबारसम्मका लागि मतदानको कार्यक्रम स्थगित गरिएको प्रमुख निर्वाचन अधिकृत डिल्ली मैनालीले जानकारी दिए। 

एनआरएनए अध्यक्षमा रविना थापाको उम्मेदवारी घोषणा

एनआरएनएको अध्यक्षका लागि रविना थापाले उम्मेदवारी घोषणा गरेकी छन्। एनआरएनएको ११औँ महाधिवेशन आउँदो असोज ३० गते काठमाडौँमा शुरू हुँदैछ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।