एमाले कर्णाली प्रथम अधिवेशनबाट अध्यक्षमा गुलाबजंग शाह निर्वाचित भएका छन्।
तालिमको शंकास्पद प्रमाणपत्र पेस गरी श्रम स्वीकृति लिएको प्रारम्भिक अनुसन्धानमा देखिएपछि १४ म्यानपावर कम्पनीलाई निलम्बन गर्ने निर्णय गरिएको विभागले जनाएको छ।
अर्थशास्त्रीहरूको विश्लेषणअनुसार यस वर्ष पूर्वी एशिया र प्रशान्त क्षेत्रको आर्थिक वृद्धि दर अन्य सबै उदीयमान बजार र विकासशील अर्थतन्त्रको औसतभन्दा बढी छ।
उपचारका क्रममा आफन्त गुमाउनेहरू चिकित्सकमाथि जाइलाग्ने क्रम बढेको छ। यसबाट गम्भीर रोगका बिरामी अस्पताल पुगेर उपचार गर्न डराइरहेका छन् भने चिकित्सकले पनि त्यस्ता बिरामीको उपचारमा हात कमाउन थालेका छन्।
दुईचोटि म्याद थप्दा पनि निर्माणाधीन संसद् भवनको प्रगति उत्साहजनक छैन। निर्माण कम्पनी टुण्डी सेक ज्वाइन्ट भेञ्चरका अनुसार हाल भवन निर्माणको भौतिक प्रगति ७० प्रतिशत र वित्तीय प्रगति ६७ प्रतिशत मात्रै छ।
माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले शान्तिप्रक्रियाका बाँकी रहेका कामहरूलाई सबै राजनीतिक दलहरू मिलेर टुंग्याउनुपर्ने बताए।
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले विशेष बजेट ल्याएर भए पनि स्वास्थ्यकर्मीको दरबन्दी बढाउने बताएका छन्।
आयोगले आर्थिक वर्ष २०७९/८० मा १८ हजारभन्दा बढी उजुरीहरू फर्स्योट गरिएको जनाएको छ।
एमाले सचेतक महेश बर्तौलाले न्यायाधीश नियुक्तिको यथार्थताको सम्बन्धमा न्याय परिषद् र न्याय सेवा आयोगले संसदीय समितिसमक्ष स्पष्ट पार्नुपर्ने बताए।
यस वर्षको चिकित्सा विज्ञानतर्फको नोबेल पुरस्कार कोरोना भाइरसविरुद्धको एमआरएनए खोप विकासमा संलग्न दुई वैज्ञानिकले प्राप्त गरेका छन्।
संसदीय समितिहरूले छलफलका नाममा बोलाएर सन्दर्भभन्दा बाहिरका विषयमा समय लिने गरेको र उपलब्धिहीन काममा समय खर्चिनुपरेको छलफलमा सहभागी एक सहसचिव बताउँछन्।
समूह ‘बी’को ६४ केजीमा नेपालकी शारदा चौधरी पाँचौँ स्थानमा खुम्चिएसँगै भारोत्तोलनमा नेपाली महिला खेलाडीको यात्रा समाप्त भएको छ।
मिटरब्याजीविरुद्ध कडा दण्डसजाय हुने कानून आए पनि आममानिसले बैंक–वित्तीय संस्थाबाट सजिलै कर्जा नपाउने समस्यालाई बेवास्ता गरिँदा मधेशका गाउँ समाजमा गर्जो टार्ने बाटो नै अवरुद्ध हुन थालेको छ।
सोमबार सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र सयपत्री हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
भलिबलमा दक्षिण कोरियासँग पराजित हुँदै नेपाल १९औँ एशियाली खेलकुद प्रतियोगिताबाट बाहिरिएको छ।
राजनीतिक परिवर्तनको अभियान खाडीमा रगत पसिना चुहाउनेलाई देशमा फर्काउनु रहेको गृहमन्त्री नारायणकाजी श्रेष्ठको भनाइ छ।
१९औँ एशियाली खेलकुद प्रतियोगितामा सहभागी भएर राष्ट्रिय महिला फुटबल टोली स्वदेश फर्किएको छ।
संसदीय समितिले राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसका अवसरमा दिइएको कैद माफी मिनाहाका सम्बन्धमा गृहमन्त्रीसँग जवाफ माग्ने भएको छ।
मन्त्री गुरुङले बनेका शहरलाई व्यवस्थित गर्ने र बन्ने शहरको संरचनाबारे पहिल्यै ध्यान दिनुपर्ने आवश्यकता रहेको बताइन्।
‘पेमेन्ट गेटवे’ प्रकरणमा बहालवाला सचिवसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएकाे छ।