AnonymousUser

Logout

‘चिकित्सकको आन्दोलन बिरामीविरुद्ध होइन, राज्यको गैरजिम्मेवार प्रवृत्तिविरुद्ध हो’

‘डाक्टरले कानून हातमा लिए भने डाक्टर पनि दोषी हो। तर डाक्टरलाई कसैले हात हाले त्यसमा हात हाल्ने मान्छे नै दोषी हुन्छ। त्यसमा ‘इफ बट’ हुनुहुँदैन।’

किन अराजकतामा रमाउँदैछ समाज? 

जघन्य अपराधमा जेलसजाय काटिरहेका व्यक्तिहरू सरकारबाट माफी मिनाहा पाएर छुट्ने हद्सम्मको दण्डहीनता, सरकारी सेवाप्रवाहको दुरवस्था र कतैबाट पनि आशा गर्ने ठाउँ देखिनछाड्नुको नतिजा समाजमा छरपस्ट हुँदैछ। 

एमाले कर्णाली प्रदेश अध्यक्षमा तीन जनाबीच प्रतिस्पर्धा

एमाले कर्णाली प्रदेश अध्यक्षमा कालीकोटका प्रकाश रोकाया, सल्यानका गुलाबजंग शाह र कालीकोटका मीनबहादुर शाहीबीच प्रतिस्पर्धा हुने भएको छ।

पितृको सम्झना

पशुपतिनाथमा पितृको सम्झना

सोह्रश्राद्ध अर्थात् पितृपक्ष शनिबार शुरू भएको छ। चाडपर्व, यज्ञ तथा ठूलाकार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो। यस अवसरमा काठमाडौँको पशुपतिनाथ क्षेत्रमा श्राद्ध गर्नेहरूको भीड लागेको छ।

देशमा भएका सकारात्मक काम माओवादीको अग्रसरतामा: गृहमन्त्री श्रेष्ठ

गृहमन्त्री श्रेष्ठ भन्छन्, ‘परिवर्तन र संविधान ल्याउन अजेन्डा प्रस्तुत गर्नेदेखि लिएर स्थापित गर्ने जनआन्दोलन सञ्चालन गर्नेदेखि संविधान जारी गर्नेसम्म मुख्य भूमिका खेल्ने पार्टी माओवादी नै हो।’

एशियाली खेलकुद : भारत्तोलनको ५५ केजी प्रतिस्पर्धाबाट बाहिरिइन् टीकामाया

१९औँ एशियाली खेलकुदअन्तर्गत भारोत्तोलनतर्फ ५५ केजीको प्रतिस्पर्धाबाट टीकामाया गुरुङ बाहिरिएकी छन्।

नीति निर्माणसँगै कार्यान्वयन पक्ष झनै कमजोर छ : चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी राजनीतिक दल, सरकार, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सरकारी वकिल कार्यालयबाट भएका निर्णयले सुशासन कायम गर्ने सिलसिलामा चुनौती खडा गरेको बताउँछन्।

एमाले कर्णाली प्रदेश अधिवेशनः शाही र सिंहले लिए उम्मेदवारी फिर्ता

एमाले कर्णाली प्रदेश अध्यक्ष पदका लागि उम्मेदवारी दिएका राजबहादुर शाही र प्रेमबहादुर सिंहले उम्मेदवारी फिर्ता लिएका छन्।

मनसुन बाहिरिन अझै केही दिन लाग्ने

मौसमविद्का अनुसार अहिले देशको पूर्वी क्षेत्रबाट न्यूनचापीय क्षेत्रको विकास भइरहेकाले अबको दुई/चार दिन देशका कतिपय स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

तामा पिटेर टिप्ली टल्काइरहेका ज्ञानेन्द्र (भिडियो कथा)

ज्ञानेन्द्रका अधिकांश ग्राहक विदेशी नागरिक नै हुन्। उनका अनुसार बौद्ध धर्म मान्ने नेपालीले पनि किन्छन्। तर उनले बनाएका धेरैजसो टिप्ली भारत र चीन जान्छन्।

बन्द हुँदै दिल्लीस्थित अफगानी दूतावास

भारत सरकारको असहयोग र अपमानजनक व्यवहारका कारण दूतावास बन्द गर्न लागिएको अफगानिस्तानले जनाएको छ। 

नेपाल र चीनबीचका सबै नाका खोल्ने सहमति भएको छ: प्रधानमन्त्री

चीनको छेन्दुबाट सहजै द्विपक्षीय उडान हुने र अन्य शहरबाट पनि प्रक्रिया पूरा गरेर हवाई उडानलाई नियमित गर्नेबारे छलफल भएको प्रधानमन्त्रीको भनाइ छ।

नेपाललाई भारतको रियल टाइम मार्केटमा विद्युत् बेच्न अनुमति, ४४ मेगावाट बिक्री गर्न पाउने

भारतको केन्द्रीय विद्युत् प्राधिकरणले १९.४ मेगावाटको तल्लो मोदी र २४.२५ मेगावाटको काबेली बी–१ जलविद्युत् आयोजनाबाट उत्पादित करिब ४४ मेगावाट विद्युत् रियल टाइम मार्केटमा बिक्रीको अनुमति दिएको छ।

अमेरिका र चीनको भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, रक्षामन्त्री पूर्णबहादुर खड्का, गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायतले स्वागत गरेका छन्। 

बुबाआमाले अधियाँ कमाएर हुर्काएका क्रिकेटर ‘भीम’

थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिसकेका भीमले पाएका पदक र प्रमाणपत्र बुबा वीरभानले कोठाभरि सजाएर राखेका छन्।

भाडा नउठ्दा बाल मन्दिरलाई खर्च धान्न मुस्किल, निजी क्याम्पसले ३४ लाख तिर्न बाँकी

कुनै बेला जनकपुर क्षेत्रमा प्रसिद्ध बाल मन्दिर पछिल्लो समय भने समस्याले घेरिँदै छ। आर्थिक अभावले शैक्षिक सुधारका क्रियाकलाप सञ्चालन गर्न नसक्दा विद्यार्थी घट्दो क्रममा छन्।

न्युयोर्कमा शक्तिशाली आँधी: आपत्कालीन अवस्था घोषणा

बाढीका कारण न्युयोर्क शहरका सबैजसो सबवे प्रणाली, सडक र राजमार्ग डुबानमा परेका छन्। 

१४ दिनको विदेश भ्रमणपछि आज स्वदेश फर्किँदै प्रधानमन्त्री

प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्र संघको ७८औँ महासभामा भाग लिन भदौ ३० गते अमेरिका प्रस्थान गरेका थिए। उनी उतैबाट असोज ५ गते चीन गएका थिए।

एमाले बागमतीको अध्यक्षमा कैलाश ढुंगेल निर्वाचित

सचिवमा नवराज सिलवाल निर्वाचित भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी हस्त पण्डितलाई एक मतले पराजित गरेका हुन्।

जब विज्ञहरू नै अफवाह फैलाउँछन्

गलत काम भइरहेको देख्दादेख्दै पनि जब कोही बोल्दैन तब बौद्धिक मान्छेहरूको खडेरी परिरहेझैँ लाग्छ। अज्ञानता, गल्ती र  अन्यायविरुद्ध नबोल्नु त्यस्ता कामको समर्थन गर्नुजत्तिकै गलत हो।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।