विरोध
चिकित्सकमाथि कुटपिट भएको भन्दै काठमाडौंको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा कार्यरत चिकित्सकहरू आन्दोलित बनेका छन्। अस्पतालमा कार्यरत डा. मनिष खड्कामाथि आइतबार दिउँसो ओपिडीमा आएका एक बिरामीका आफन्तले कुटपिट गरेको बताइएको छ। त्यसपछि त्यहाँ कार्यरत सम्पूर्ण चिकित्सकहरू अस्पतालको सेवा बन्द गरी अस्पताल परिसरमा नाराबाजी गर्दै प्रदर्शन गरिरहेका छन्।
गाउँमा रहेका खाली जमिनको सदुपयोग गरी स्थानीयस्तरमा व्यावसायिक जडीबुटी उत्पादन गर्ने प्रयासमा लागेको दाहालले बताए।
विमानस्थल हुँदै ल्याएको सुन र विभिन्न क्षेत्रमा बरामद भएको सुन प्रकरणको सम्बन्ध के छ भनेर अहिले प्रहरीको सीआईबीले अनुसन्धान गरिरहेको छ।
एमाले सचिव योगेश भट्टराईले प्रधानमन्त्री दाहालले चीनसँग गम्भीरताका साथ ‘डिलिङ’ गर्न नसकेको बताएका छन्।
वडाअध्यक्षले पहिल्यै नागरिकता पाइसकेका व्यक्तिलाई पैसा लिएर उमेर बढाउँदै प्रतिलिपि नागरिकताको सिफारिस दिने गरेको नगरप्रमुख यादव स्विकार्छन्। यस्तो काम जिल्लाभर भइरहेको आरोपित वडाअध्यक्षको भनाइ छ।
नेपाल वायुसेवा निगम पुँजी अभाव, ऋण र जहाज अभावको चर्को दबाबमा रहेको निष्कर्ष अध्ययन समितिले निकालेको छ।
कांग्रेस महामन्त्री गगन थापाले समाजवादी मोर्चालाई सहमतिअनुसारको समय दिएर बाँकी कार्यकाल कांग्रेसले मात्रै सरकार चलाउने सहमति गर्नुपर्ने बताए।
ओडारमा लुकाइ राखेको अवस्थामा चार किलो सुन बरामद भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख, डीएसपी दीपक खड्काले जानकारी दिए।
प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति सभापति मायाप्रसाद शर्माले हालसम्म सरकारलाई समितिले २९ वटा निर्देशन दिए पनि कार्यान्वयन आधा मात्रै भएको बताए।
यस वर्षको मनसुन सरदरभन्दा चारपाँच दिन बढी रहने भएको छ। तर मनसुनमा समयमै पर्याप्त पानी नपर्दा तराईमा कतिपय खेत बाँझै छन्। काठमाडौँ र हिमाली क्षेत्रमा भने बढी पानी परेको छ।
आइतबार सयपत्री हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने पाँच वटा कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।
जलहरी राख्दा सुन हिनामिना गरेको आरोपमा पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिव मिलनकुमार थापा, तत्कालीन सदस्य–सचिव प्रदीप ढकालसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा तयार भएको छ।
शिक्षामन्त्री अशोककुमार राईले सदनमा प्रस्तुत गरिएको विद्यालय शिक्षा विधेयकमा शिक्षकहरूलाई राजनीतिबाट टाढा राख्ने विषय समावेश गरिएको बताएका छन्।
माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले जनताको जीवनस्तर परिवर्तनका लागि प्रधानमन्त्री दाहाल गम्भीरतापूर्वक लागेको दाबी गरे।
प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा नेपालको शान्तिप्रक्रियालाई ठोस निष्कर्षमा पुर्याउन आवश्यक सहयोगका लागि विश्व समुदायसँग आग्रह गरेको बताएका छन्।
पर्यटकलाई सहज रूपमा ढोरपाटन ल्याउने उद्देश्यले सडक स्तरोन्नति थालिए पनि काम नसकिँदा यातायातका साधन गुड्न नसकेका स्थानीय बताउँछन्।
आयल निगमले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिएको छ।
प्रधानमन्त्री दाहालले चाडपर्व र आमउपभोक्ताको हितलाई ध्यानमा राखेर पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिने निर्णय लिइएको बताएका छन्।
रास्वपाका सभापति रवि लामिछानेले कर्मचारीलाई सधैँ बोनस बाँड्ने निगम कसरी घाटामा जान्छ भन्दै प्रश्न गरे।
आइतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा चार सदस्यीय छानबिन आयोग गठन गरेको छ।