AnonymousUser

Logout

यूएईले ‘अन्यायपूर्ण तरिका’ले जेलमा राखेका आलोचकलाई रिहा गर्नुपर्छ : एम्नेस्टी

एम्नेस्टीले ‘अन्यायपूर्ण तरिका’ले थुनामा राखिएका ६० जना नागरिकलाई तत्काल रिहा नगरे कोप–२८ को बैठक ‘दमनले कलंकित’ हुने चेतावनी दिएको छ।

विश्वकप क्रिकेट छनोटको प्ले अफमा नेपालसँग यूएई पराजित

नेपालले आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताअन्तर्गत आइतबार भएको प्लेअफ खेलमा यूएईलाई पराजित गरेको छ।

ललिता निवास जग्गा प्रकरणमा थप तीन जना पक्राउ

ललिता निवास जग्गा प्रकरणको अनुसन्धानका लागि आइतबार तीन जनालाई नियन्त्रणमा लिइएको ब्युरोका एसएसपी दिनेश आचार्यले जानकारी दिए।

वर्षात‍्को थालनीसँगै किन अवरुद्ध भइरहन्छन् नेपालका राजमार्गहरू? 

भौगर्भिक अध्ययन तथा जोखिम विश्लेषण नगरी कमजोर पहाडलाई जथाभाबी काटेर सडक खन्ने र सम्भावित प्रकोपको समयमै पूर्वतयारी नगर्ने प्रवृत्तिले महत्त्वपूर्ण राजमार्गहरू मनसुनभर ठप्पप्रायः हुने गरेका छन्।

सोमबार देशभरका अदालतमा कानून व्यवसायीले बहस नगर्ने

नेपाल बार एसोसिएसनले अदालतको सीसीटीभी फुटेज सार्वजनिक गर्नुपर्ने, घटनाको सत्यतथ्य छानबिन गर्न समिति गठन गर्नुपर्ने लगायत ६ बुँदे माग राखेको छ।

श्रीलंका एक दिवसीय विश्वकपमा छनोट

‘सुपर सिक्स’को खेलमा जिम्बावेलाई ९ विकेटले पराजित गर्दै श्रीलंका विश्वकपमा छनोट भएको छ।

सीके राउतले खोलेको जनमत पार्टी उनकै कारण कलहमा

पछिल्लो समय आन्तरिक विवाद बढेर पार्टी नै फुट्नेसम्मको स्थिति आएकोमा फुटको खतरा भने टरेको पार्टीका नेताहरूले दाबी गरेका छन्।

बजेट संशोधनको माग गर्दै प्रतिपक्षद्वारा बागमती प्रदेशसभा अवरुद्ध

बागमती प्रदेशसभाको बैठक प्रतिपक्षी दलका सांसदहरूले अवरुद्ध पारेका छन्। उनीहरूले बजेट संशोधन नगरेसम्म संसद् अवरुद्ध पार्ने चेतावनी दिएका छन्।

अर्थमन्त्री भन्छन्– केही वस्तु तथा सेवामाथिको कर गरिबलाई होइन, हुनेखानेलाई हो

सरकारले ल्याएको बजेट र आर्थिक विधेयक गरिबको पक्षमा नभएको सांसदहरूले भने पनि मन्त्री महतले वर्तमान अवस्था हेरी सन्तुलन कायम गरेर बजेट ल्याएको तर्क गरेका छन्।

नेप्सेमा उच्च अंकको गिरावट

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५३.७० अंकले ओरालो लागेर २०९७.२९ मा सीमित भएको छ।

सर्वोच्चको फैसला- सभा, जुलुस र विरोध प्रदर्शन गर्ने स्थान तोक्न मिल्दैन

जिल्ला प्रशासनले करिब साढे ५ वर्षअघि सूचना प्रकाशन गरेर 'अर्को आदेश नभएसम्मको लागि' माइतीघर मण्डल, शीतल निवास, बालुवाटारलगायत स्थलमा प्रदर्शनका लागि लगाएको रोकलाई सर्वोच्चले गैरकानूनी ठहर गरेको छ।

प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित

आइतबारको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘आर्थिक विधेयक, २०८०’ पारित गरियोस् भनी राखेको प्रस्ताव बहुमतले स्वीकृत भएको छ।

सरकारले अवैध सम्पत्ति नियन्त्रण गर्ने विषयमा हेलचेक्र्याइँ गरेको छैन: कानूनमन्त्री

कानूनमन्त्री धनराज गुरुङले कालो धन, अवैध सम्पत्तिलाई नियन्त्रण गर्ने विषयमा सरकारले ठूलोसानो, दायाँबायाँ केही पनि नहेर्ने दाबी गरेका छन्।

जुम्लाको विद्यालयलाई सहयोग जुटाएका १८ वर्षीय शुभम, जसले जितायो ‘द डायना अवार्ड’

काठमाडौँ ढुंगेधाराका शुभमले तीन वर्षअघि नेपालका लागि स्वीस राजदूतसँग डिनरको अवसर पाएका थिए। राजदूतको व्यस्तताले त्यो अवसरको बदला च्यारिटीका लागि पैसा दिइयो, जसबाट उनको सामाजिक कार्य शुरू भएको थियो।

ललिता निवासको जग्गा खाली गराउन काठमाडौँ महानगरको ७ दिने ‘अल्टिमेटम’

काठमाडौँ महानगरपालिकाले ललिता निवासको सार्वजनिक जग्गा खाली गराउन सातदिने ‘अल्टिमेटम’ दिएको छ।

चिनियाँ पक्षले गृहमन्त्रीलाई सोध्यो– बीआरआईबाट कस्तो लाभ लिने तयारी छ?

गृहमन्त्री नारायणकाजी श्रेष्ठले बीआरआईमा २०७० मै सम्झौता गरेकाले मोडालिटी बनाएर कार्यान्वयन प्रक्रिया टुंगो लगाउने विषयमा चीनले चासो राखेको बताए।

मिटरब्याज पीडितका समस्या सम्बोधन गर्ने विधेयकमाथि प्रतिनिधिसभा छलफल

सांसदहरूले सर्वसाधारणलाई वित्तीय पहुँचमा सहजता बनाउँदै मिटरब्याज पीडकलाई कारबाहीको दायरामा ल्याउने गरी कानून व्यवस्था गर्न माग गरेका छन्।

विश्वकप छनोट:  प्रारम्भिक टोलीमा ३० खेलाडी, दीपक र पुजन परेनन्

मुख्य प्रशिक्षक एनिसले ३० खेलाडीलाई समेटेर प्रारम्भिक टोली घोषणा गरेका छन्। टोलीको बन्द प्रशिक्षण साउन १६ गतेदेखि हुनेछ।

मुग्लिन–नारायणगढ खण्डको पहिरोले सम्झाउँछ घुमाउनेको अलपत्र पुल

पुल बनेको भए मुग्लिन–नारायणगढ खण्डको विकल्पका रूपमा सर्वसाधारणले उक्त पुल तरेर बुद्धसिंह मार्ग हुँदै दमौली निस्केर गन्तव्यसम्म पुग्न हुन्थ्यो। पहिरोका कारण अलपत्र भएर बस्नुपर्ने अवस्था आउँदैनथ्यो।

प्रयोगकर्ताको ट्विट हेर्ने ‘लिमिट’मा मस्कको अस्थायी प्रतिबन्ध

मस्कले डाटा स्क्रेपिङ र ट्विटरको सिस्टममा देखिएका हस्तक्षेपलाई नियन्त्रण गर्न अस्थायी सीमा तोकिएको बताएका छन्।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।