पर्व
तिहार लाग्न करिब दुई हप्ता अघिदेखि नै संघीय राजधानीवासीले घरलाई झिलिमिली बत्तीले सिँगारेका छन्। सधैँ पैसाको कुरा र कारोबार गर्ने व्यावसायिक घराना, बैंक र बीमा कम्पनी लक्ष्मीलाई आकर्षित गर्न बिजुलीको उज्यालोले झिलिमिली बनेका छन्। धनमाथि धन कमाइयोस् भन्ने उद्देश्यका साथ तिहारमा लक्ष्मीलाई पुजेर झिलिमिली बत्ती बाल्ने गरिन्छ। तिहारलाई फूल, रङ र उज्यालोको पर्वको रूपमा लिइन्छ। आपसमा खुशी बाँड्दै रमाइलो गरी देउसी भैलो खेल्दै मनाइने चाड हो तिहार। दियो, बत्ती बालेर घरलाई झिलिमिली पारिन्छ। फूलको मालाले सिँगारिन्छ। लक्ष्मीपूजाको साँझमा हरेक घरमा उज्यालो हुन्छ। परम्परागत दियो बाल्ने चलन हिजोआज लोप भएर आधुनिक झिलिमिली बत्तीले ठाउँ पाएको छ। जसले यतिबेला काठमाडौँ उपत्यकाका बजारहरू रङिन छन्। यो क्रम छठ पर्वसम्म नै हुन्छ। तस्वीर : न्युज एजेन्सी नेपाल
अमेरिकी सैन्य एकेडेमी वेस्ट प्वाइन्टको मोर्डन वार इन्स्टिच्युटका जोन स्पेन्सरले ‘गाजाको सतहका वास्तविक शहरहरूमुनि एउटा अर्को शहर’ रहेको र इजरायली सेनाको आक्रमण अहिले यसैमा लक्षित गरिएको बताए।
अस्ट्रेलियाले दिएको ३८९ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले ५० ओभरमा ९ विकेट गुमाउँदै ३८३ रन मात्र बनाउन सक्यो।
राष्ट्रसंघका महासचिव गुटेरेसले आइतबार शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलसँग र प्रधानमन्त्री दाहालसँग उनको कार्यालयमा शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
बंगलादेशका दुई प्रमुख विपक्षी दलका एक लाखभन्दा बढी समर्थकले प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गर्दै प्रदर्शन गरेका छन्।
कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीभित्र मेलमिलाप छैन भन्ने कुरा सत्य नभएको दाबी गरेका छन्।
३० वर्षअघि नेपालीबाट प्रतिव्यक्ति २५ र विदेशी पर्यटकबाट ५० रुपैयाँ लिएर गुरुङ पोशाक लगाइदिने गरेकी हरिमायाको सिको गर्दै अहिले पूरै घान्द्रुकका होमस्टेले यसैलाई यहाँको चिनारी बनाएका छन्।
रास्वपा सभापति रवि लामिछानेले जनताले गरेको विश्वासलाई पुष्टि गर्नु, पार्टी निर्माण गर्नु र दस्ताबेज निर्माण गर्नु पार्टीको आगामी चुनौतीका रूपमा व्याख्या गर्दै प्राप्त जिम्मेवारी पूरा गर्ने दाबी गरे।
एकीकृत समाजवादी अध्यक्ष नेपाल संक्रमणकालीन न्याय प्रक्रियालाई टंग्याउने विषयमा दलहरूले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणका क्रममा सकारात्मक सन्देश दिन सक्नुपर्ने बताउँछन्।
नेपाली कांग्रेसले केन्द्रीय कार्यालय सानेपामा दशैँ, तिहार, छठ पर्वका अवसरमा आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान समारोहमा राजनीतिक दलका शीर्ष नेताहरू सहभागी भएका छन्।
प्रधानमन्त्री दाहालले अराजकता सृष्टि गर्ने उद्देश्यसाथ राजनीतिक दलहरूमाथि प्रश्न उठाउनेहरूलाई मिलेर गतिलो जवाफ दिने तयारी भइरहेको बताए।
उमेरले नेटो काट्दै गर्दा सत्यमोहनले आफ्नो निवास बखुंबहालमा निर्माणाधीन संग्रहालयमा एउटा अलौकिक चित्रकला (चक्रसंवर पौभा भित्तेचित्र) रच्न लगाए। त्यो भित्ते चित्रकला पूरा नहुँदै संसारबाट बिदा लिए।
कांग्रेसले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुन सानेपा पुगेका एमाले अध्यक्ष ओलीले ठूलो दलमाथि प्रश्न उठेको नभई उठाउने कोशिश मात्रै भएको टिप्पणी गर्दै यसको यथोचित ढंगले जवाफ दिइने बताएका छन्।
मिटर रिडिङ भएको मितिले ६०औँ दिनसम्म पनि बक्यौता महसुल भुक्तान नगर्ने उपभोक्ताको लाइन काटी असुलउपर गर्ने नीति तय गरेको प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए।
एमाले महासचिव शंकर पोखरेलले आधारभूत विश्वव्यापी मान्यताअनुरूप शान्तिप्रक्रियाका बाँकी काम टुंग्याउनुपर्ने बताए।
मुम्बई प्रहरीका अनुसार शुक्रबार इमेलमार्फत उनलाई उक्त धम्की आएको हो।
उनले नयाँ दलका रूपमा २१ जना सांसदहरू सदनमा आउँदासमेत कुनै पनि राजनीतिक दलहरूले जनताको लागि काम नगरेको बताए
विश्वप्रख्यात पदयात्री एरिक सिप्टनले अन्नपूर्ण आधार शिविरको पदयात्रा गरेसँगै यो क्षेत्र पदयात्राका लागि आकर्षक गन्तव्य बन्दै गएको छ।
दक्षिणकाली–हेटौंडा सडक भएर, थानकोट चित्लाङबाट वा त्रिभुवन राजपथको कुन्छाल–कुलेखानी सडकबाट यहाँ पुग्न सकिन्छ।
परापूर्वकालदेखि चलिरहेको यो पर्व बीचमा २५ वर्ष रोकिएपछि अहिले पुनः शुरू गरिएको सम्पदा संरक्षण समाज नेपालका अध्यक्ष सुरज सायमीले बताए।